बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

व्यवसायिक माछापालन गर्दा कुन जातका माछाहरु बाट बढी फाइदा लिन सकिन्छ ?

सोमबार, असार ११ २०८१
6 views
व्यवसायिक  माछापालन गर्दा कुन जातका माछाहरु बाट बढी फाइदा लिन सकिन्छ ?

समाचार शेयर गर्नुहोस्

Share this news

माछापालनमा उपयोग भएका जातहरु

व्यवसायिक माछापालनको प्रमुख ध्येय खानका साथै थप आम्दानी हासिल गर्नु हो । सबै जातका माछा पालेर फाइदा लिन सकिन्न, किनकि सबैजात पालनका लागि उपयुक्त हुंदैनन् । व्यवसाय लाई फाइदाजनक बनाउन पालिने माछामा निम्नानुसारको सबै वा आधिकाधिक गुण हुनु पर्दछ;

 छिटो बढ्ने,
 बाह्य दानालाई सजिलै ग्रहण गरि उपयोग गर्न सक्ने,
 रोग व्याधी तथा वातावरणिय परिवर्तनलाई आधिकाधिक खप्न सक्ने,
 भुरा सजिलै उपलव्ध हुने,
 उत्पादन लागतको तुलनामा बिक्री मुल्य अधिक, र
 उपभोक्ता द्वारा रुचाइने ।

क. विदेशी माछाहरु

१. कमन कार्प

नेपालमा पालिएका कमन कार्प दुई किसिमका छन् । एउटाको शरीर भरी कत्ला हुन्छ भने अर्काको शरीरमा कम कत्ला हुन्छ । पुरा कत्ला भएकोलाई जर्मन कार्प र कम कत्ला भएकोलाई इजरायली कार्प वा मिरर कार्प पनि भनिन्छ । यसको शरीर दायां बायां चेप्टिएको लाम्चो, ओटमा अगाडि (पछाडि गरी दुई जोडा जुंगा हुन्छन् । टाउको सानो, मुख बाहिर(भित्र तन्काउन सक्ने हुन्छ, शरीरमा जोडी पखेटा – २ (कान नजिक र पेटमा), एकल पखेटा–३ (ढाड, मलद्वार नजिक र पुच्छर) हुन्छन् । पखेटामा तिखा तिखा काडां हुन्छन् । यो माछा ५० से.मि. सम्म लामो र १८ किलो सम्म तौल भएको पाईएको छ । २०–२५० से. तापक्रममा यो माछा राम्रो फस्टाउछ र ६ महिना देखि १ वर्षमा यो माछा परिपक्व हुन्छ । प्राकृतिक वा अर्धकृत्रिम तरिकाले पोखरीमा फुल पारी बच्चा कोरल्छ । यो माछा सर्वभक्षी भएकोले सुक्ष्म जीवाणु, जलाशयको पिंधमा हुने
कीरा, कुहिएका झारपात आदि सबै बस्तु खान्छ र माछाको लागि तयार गरिएको कृत्रिम आहारा प्रशस्त खान सक्दछ । वर्षभरी पालन गर्दा यो माछा १–१.५ के.जी. सम्मको हुन्छ । यो माछा मिश्रित, एकिकृत अथवा एकजातिय मत्स्य पालन प्रविधिबाुट सबै किसिमका जलाशयहरुमा पाल्न सकिन्छ ।

Capture.JPG
कमन कार्प

 

२. ग्रास कार्प

ग्रास कार्प माछाको जीउ लाम्चो र डोलो खालको हुन्छ र टाउको चौडा हुन्छ । यसको माथिल्लो ओठ लामो हुन्छ, जुंगा हुंदैन र पुरै शरीर एकनासका ठुल्ठुला कत्लाले ढाकेको हुन्छ । शरीरको माथिल्लो भाग खैरो र हरियो रङ्गको हुन्छ र तल्लो भाग सेतो हुन्छ । यसले पोखरीको पानीमा फुल पार्दैन । कृत्रिम प्रविधि द्वारा प्रजनन् गराईन्छ । माछा भुराले वनस्पति र पोखरीको झारपात र घांस खान्छ । त्यसैले यस माछालाई घांस खाने माछा (ग्रास कार्प) भनिएको हो २५–३०० से. तापक्रममा राम्रो फस्ुटाउंछ र २–३ वर्षमा परिपक्व हुन्छ । यो माछा झण्डै १ मीटर लामो र ५० के.जी. सम्मको पनि हुन सक्दछ । एक वर्षसम्म राम्रो संग पाल्दा १.२–२ के.जी. सम्मको हुन्छ । यो माछालाई बढी घांस पात भएको जलाशयमा पाल्न उपयुक्त हुन्छ । खासगरी मिश्रीत माछा पालन गर्दा यसले माछा उत्पादन बढाउनमा बढी योगदान दिन्छ किनभने यसले घांस खाएर हरियो मल धेरै दिएर अरु माछाको लागि प्राकृतिक आहारा उत्पादन गर्न समेत सघाउ पुर्याउछ।

Capture.JPG
ग्रास कार्प


३. सिल्भर कार्प

यस माछाको टाउको सानो र गोलो जीउ लाम्चो, चेप्टो र पेट देखि मलद्वार अगाडि सम्म धारिलो हुन्छ। पुरै शरीर स–साना सेता चांदी जस्ता कत्लाले ढाकेको हुन्छ । यो
माछा चांदी जस्तै टल्कने भएकोले सिल्भर कार्प भनिएको हो । यो माछा २५–३०० से. तापक्रममा राम्ररी बढ्दछ । यसको गिलमा मसिनो जाली हुन्छ र यसले पोखरीमा उत्पन्न हुने स–साना
वनस्पतिजन्य जीवाणु खाएर चांडो बढ्ने गर्दछ । यो माछा २–३ वर्षमा परिपक्व हुन्छ र यसको प्रजनन पनि हर्मोन दिई कृत्रिम तरिकाले गराईन्छ । यो माछा ५०–६० से.मी. लामो र ४०–५० के.जी. सम्मको हुन सक्दछ । नेपालमा एक वर्षमा १.५–२ के.जी. सम्मको बनाउन सकिएको छ । रसायनिक मल भन्दा बढी प्राङ्गरिक मल प्रयोग गरेर अथवा मलिलो पुरानो पोखरीहरुमा पाल्दा यो माछाबाट बढी उत्पादन लिन सकिन्छ ।

Capture.JPG
सिल्भर कार्प

४. विगहेड कार्प

यस माछाको टाउको लाम्चो र ठूलो भएकोले यसको नाम विगहेड कार्प रहेको हो । शरीर सिल्भर कार्पको जस्तै चेप्टो र स–साना कत्लाले ढाकेको भएपनि माथिल्लो भागको रङ्ग चाहिं अलि कालो र खैरो देखिन्छ । छातीको भाग सेतो र धारि लोपन पेल्भिकफिन नजिकबाट शुरु भई मलद्वार सम्म पुगेको हुन्छ । छातीको पखेटा (पेक्टोरलफिन) शरीरमा सटाउंदा पेल्भिकफि भन्दा पछाडि पुग्छ । तर सिल्भर कार्पको पेल्भीकफिन सम्म मात्र पुग्दछ । ओठको तल्लो भाग लामो र माथितिर फर्केकोले मुख समेत माथि तिर फर्केको हुन्छ । यो माछा पनि २५–३००  से.तापक्रममा चांडो बढ्ने र २–३ वर्षमा परिपक्व हुन्छ । यो माछा एक वर्षमा १.५–२ के.जी. सम्मको हुन्छ । यसको गिलमा सिल्भर कार्पको भन्दा अलि ठूलो प्वाल भएको जाली भएको हुनाले वनस्पतिजन्य जीवाणुको साथै प्राणीजन्य जीवाणु बढी फिल्टर गरी खान्छ ।

Capture.JPG
विगहेड कार्प

५. टिलापिया

टिलापिया माछा धेरै समय अगाडि देखिनै तराईका पोखरीहरुमा कृषकहरुले भारतबाट ल्याई पाल्ने गरेको पाइएको छ । तर यो माछाले पोखरीमा नै वर्षमा ३ पटक सम्म बच्चा कोरल्ने भएको, माछा ज्यादै सानो र धेरै संख्यामा पाइने हुनाले पालन गर्न उपयुक्त देखिदैन । यसले अरु माछाको दाना–आहारा समेत खाने र विकासे जातका स–साना भुरा समेत खाने हुनाले धेरै नोक्सान पर्याएको  कृषकहरुको गुनासो छ। यसको पनि उन्नत नश्लको खास गरी नाइल टिलापिया भन्ने माछा तथा भाले मात्र पाल्न सकिएमा निकै राम्रो फाइदा लिन सकिने हुनाले हाल अध्ययनको रुपमा जनकपुर तथा
भण्डार मत्स्य विकास केन्द्रहरुमा पालन गरिएको छ । त्यस्तै गरी पुन्टियस जातको माछा पनि थोरै दिन मात्र पानी रहने सिजनल जलाशयहरुमा पालन गर्दा फाइदा हुने हुंदा यसको पनि अध्ययन भइरहेको छ।

Capture.JPG
टिलापिया

६. पंगास

पंगासियस ताजा पानीमा हुर्कने, छिटो बढ्ने, ठुलो साइज हुने भएकोले यो महत्वपुर्ण जातको माछा हो । यो माछाको शरिरमा कत्ला हुंदैन र हावाबाट पनि अक्सिजन लिने वर्गमा पर्दछ । यो माछाको शरि र लामो, कत्ला नभएको, टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठुला, ओठमा दुई जोडी जुँगा, पंखेटा खैरो रंगका र सानो हुदा ल्याटरल लाइनको साथमा कालो धर्सा देखिन्छ । नदीमा यो माछा १३० से.मि.र ४४ केजी सम्म वृद्घि भएको पाइएको छ । पोथी माछालाई परिपक्क हुन तिन बर्ष (३ केजी तौल) लाग्दछ भने भाले दोस्रो बर्षमा नै प्रजनन योग्य हुन्छ । तिन केजीको पोथीले तिन लाख गोटा सम्म अण्डा दिन सक्दछ र बर्षमा दुई पटक सम्म प्रजनन गराउन सकिन्छ । कमन कार्पको जस्तो फुलहरु एक आपसमा टाँसिने प्रकृतिको हुन्छ । प्रजनन समय जेठ देखि श्रावण सम्म हुन्छ । यो माछा भियतनाम र थाईल्याण्ड बिचको मेकन नदिको स्थानिय जाती हो । एकल जातीय प्रविधि अपनाई ब्यवसायिक स्तरमा पंगासियस माछाको उत्पादन भइरहेको छ |

Capture.JPG
पंगास

७. रेन्बो ट्राउट

रेन्बोट्राउट चिसो पानीमा हुने माछा खेतीको लागि एउटा उत्कृष्ट माछा हो । नेपालको हिमाली र पहाडी भेगका चिसो पानीको अपार भण्डारलाई उपयोग गरी यो माछाको उत्पादन गर्न सकिन्छ । रेन्बोट्राउट माछाको शरीरको छेउछेउमा चांदिको रंग र जीउमा गुलाबी तथा गाडा रातो रंगको लामो धर्सा र पछाडिको भाग तथा पुच्छरमा कालो थोप्लाहरुले ढाकेको हुन्छ । यसको दुई वटा पेक्टोरल, दुई वटा पेल्भीक, एक एक वटा डर्सल, एडिपोज, एनल र पुच्छरको पखेटा हुन्छ । यो माछाले प्राकृतिक वासस्थानमा ०–२५० से. ग्रे सम्म तापक्रम सहन गर्न सक्छ। यो माछा चिसो पानीमा हुर्कने भएकोले ज्यादै स्वादिलो हुन्छ र पौष्टिकताको दृष्टिकोणले पनि विशेष महत्व राख्दछ । यो माछाको मासुमा स–साना काँढाहरु नहुनु यसको बिशेषता हो ।

Capture.JPG
रेन्बो ट्राउट

ख. स्वदेशी माछाहरु

१. रोहु

यस माछाको शरीर लामो र डोलो खालको हुन्छ र शरीर भन्दा टाउको सानो हुन्छ । ओठ मोटो, मुख तलतिर फर्केको हुन्छ र एक जोडा जुंगा हुन्छन् । साधारणतया रोहु माछाको शरीर र कत्लाहरुमा रातो रङ्ग देखिन्छ । पुरै शरीर मझ्यौला साइजका एकनासका कत्लाहरुले ढाकेको हुन्छ । यो माछा २५–३५० से. तापक्रममा फस्टाउछ र दोश्रो वर्ष देखि मात्र राम्रो संग बढ्दछ। नेपालमा यो माछा ज्यादै स्वादिलो मानिएकोले लोकप्रिय पनि छ । यो माछा २ वर्षमा परिपक्व हुन्छ र यसलाई पनि कृत्रिम प्रविधिद्वारा प्रजनन् गराई भुरा उत्पादन गरिन्छ । हाम्रा नदी खोलाहरुमा रोहु माछा पाइन्छ । यस माछाले एककोषिय लेऊ, प्राणीजन्य जीवाणु र खास गरी सडे गलेका झारपातहरु खान्छ । यो माछा २ वर्ष पाल्दा १.५ देखि २ के.जी. सम्मको बनाउन सकिन्छ । यो माछाले लेऊ खाने हुंदा केजमा माछा पालन गर्दा केज सफा गर्ने कामको लागि समेत पालिन्छ । यो माछा पुराना गहिरा पोखरी र ठुल्ठुला घोल वा दहहरुमा छिटो बढ्दछ ।

Capture.JPG
रोहु

२. नैनी

यस माछाको शरीर लामो, माथिल्लो भाग खैरो र तल्लो भाग सेतो हुन्छ । शरीर पुरै कत्लाले ढाकेको हुन्छ । यसको आंखा सुनौलो देखिन्छ । यो माछा ग्रास कार्प जस्तै देखिएता पनि कत्ला अलि साना र कत्लामा थोप्ला हुन्छ। यो माछा पनि न्यानो आवहवामा फस्ुटाउंछ (२५–३५० से. तापक्रम) । वर्षायाममा रोहु, नैनी र भाकुर माछाहरुका प्रजनन् कार्य बढी सफल भएको पाईएको छ । यसको पनि प्रजनन् कृत्रिम प्रविधिबाट गरिन्छ र २ वर्षमा परिपक्व हुन्छ । नैनी माछाले पोखरीको पिंधमा पाइने सडेगलेका घांसपात र कीराहरु खान्छ । यो माछा २ वर्ष पाल्दा १.५ देखि २ के.जी. सम्मको हुन्छ । रोहु जस्तै यो माछा पनि पुरानो र गहिरो, बढी हिलो भएको पोखरी वा दहहरुमा राम्ररी फस्टाउछ ।

Capture.JPG
नैनी

३. भाकुर वा कत्ला माछा

यो माछाको पुरै शरीर ठुल्ठुला कत्लाले ढाकेको हुन्छ । यस माछाको शरीको बनावट पुष्ट, चौडाइ बढी र माथिल्लो भाग खैरो र पेट सेतो रङ्गको देखिन्छ । टाउंको ठुलो, ओठ मोटो र मुख
माथितिर फर्केको हुन्छ । यो माछा विगहेड कार्पले जस्तै पोखरीको सतह नजिक पाइने प्राणीजन्य जीवाणुहरु खाने गर्दछ । रोहु र नैनी भन्दा यो माछा छिटो बढ्दछ । एक वर्षमा करिब ९०० ग्राम सम्म र २ वर्षमा २–३ किलोग्राम साइजको हुन सक्दछ । यो माछा १२०० मिलिमिटर सम्म लामो र २०–३० किलोग्राम सम्मको पाइएको छ (श्रेष्ठ, १९९२) । मिश्रित माछा पालन गर्दा विगहेड कार्प माछा नपाइएमा भाकुर र भाकुर नपाइएमा विगहेड राख्न उपयुक्त हुन्छ । दुवै थरी राख्ने भएमा आधा संख्यामा वा प्रतिशतमा राख्नु पर्दछ । यसको पनि कृत्रिम तरिकाले प्रजनन् गराईन्छ । बंगलादेश र भारतमा रोहु, नैनी र कत्लाको स्पन अथवा मसिना भुरा नदीहरुबाुट पनि संकलन गर्ने गरिन्छ । तर नेपालका नदीहरुमा यिनीहरुले काहां कहिले प्रजनन् गर्दछन्| त्यस बारे अध्ययन गरिएको रेकर्ड पाइएको छैन ।

Capture.JPG
भाकुर वा कत्ला माछा

स्रोत: व्यवसायिक माछापालन प्रविधि पुस्तिका, PMAMP, Bara|

 

 

थप समाचार