बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जान्नुहोस मत्स्य प्रजननको बारेमा

मंगलबार, असार १२ २०८१
10 views
जान्नुहोस मत्स्य प्रजननको बारेमा

समाचार शेयर गर्नुहोस्

Share this news

मत्स्य प्रजनन

मत्स्य प्रजननको लागि माउ माछाको व्यवस्थापन अति आवश्यक छ । करिब ३ वर्ष सम्मको उमेर पुगेका माउ माछाहरू सरदर ३ केजी भन्दा ठुलो साइजका हुने गर्दछन । यी माछाहरूको राम्रो छनोट गरी भुरा उत्पादन गर्न आवश्यक छ । माउ माछाहरू परिपक्क भए नभएको थाहा पाउन निम्न तालिकामा उल्लेख गरिएको विषयमा जानकारी हुनु आवश्यक छ ।

परिपक्व भाले र पोथी कार्प माछाको पहिचान गर्ने तरिका

Capture.JPG
परिपक्व भाले र पोथी कार्प माछाको पहिचान गर्ने तरिका

 


१. कमन कार्प माछाको प्रजनन

परिचय
प्राकृतिक प्रजनन् भनेको माछाले आँपैm अण्डा पानीमा छोडेर पोखरीमा नै बच्चा खसेका हुँदा यसलाई नै प्राकृतिक प्रजनन् भनिन्छ । प्रजनन् भनेको प्रसुती गराउने कार्यलाई प्रजनन् भनिन्छ ।

माउ माछा 
पहिलो कार्य माउ माछाको व्यवस्थापन गर्नु पर्छ र माउको व्यवस्थापनको लागि दाना पानीको व्यवस्था राम्रो मिलाउनु पर्दछ । व्यवस्थापन राम्रो भएमा फुलको गर्भाधान फुलबाट बच्चा बनाउने कार्य लगायत ह्याचलिंगको बाँच्ने प्रतिशतमा समेत अनुकुल प्रभाव पर्दछ । यसैले माउ माछाको व्यवस्थापन राम्रो हुन अति आवश्यक पर्दछ । माउ माछा संग भाले माउ माछा छोड्ने । एवम् प्रकारले प्रजनन् पोखरीमा भाले पोथी माउहरु छोडिन्छ।

प्रजनन विधि
कमन कार्पको फुल छोडेको करीब ७२ घण्टा पछि काकावान माथि ह्याचलिंग देखिन्छ । ह्याचलिंगको अनुपातमा कुखुराको फुल टुट वटाको दरले प्रति घण्टामा २ वटा फुललाई पानीमा घोलेर पोखरीको नचारैतिर छर्कने र ७ दिन वा १ हप्ता सम्म दिने । त्यसपछि भुटेको भटमास पिठो र गहुँ पिठो घोल १ अण्डा समेत मिलाएर २०० ग्राम गहुँ पिठो १ ग्राम २ पटक बनाएर दिने । तेश्रो हप्तामा भटमास पिठो गहुँ पिठो, खली राईस मिलाएर १ किलो प्रति दुई पटक दिने । जति भुराको बृद्धि हुँदै जान्छ एव्म प्रकारले दाना पनि बढाउँदै जाने गर्नु पर्दछ ।

Capture.JPG
कमन कार्प माछाको अर्ध प्राकृतिक प्रजनन् तरिका

२.चाइनिज कार्प माछाको प्रजनन्

– प्रजननका लागि तयार भएका भाले र पोथी चाइनिज कार्प माछाका गुणहरु वताउन सक्ने
– प्रजनन पुर्व गर्नुपर्ने तयारी तथा ब्यवस्थापकिय कार्यका वारेमा वताउन सक्ने
– कृतिम मत्स्य प्रजनन प्रविधी तापक्रम तथा हर्मोनको भुमिका र प्रमुख हर्मोनको नामहरु वताउन सक्ने चाइनिज कार्पको प्रजनन नेपालमा २०३१÷०३२ साल देखी शुरु भएको पाइन्छ । कृत्रिम प्रजनन्को सफलता पश्चात हाल नेपालको सरकारी तथा निजी क्षेत्रमा संचालित मत्स्य ह्याचरिहरुमा यसको
प्रजनन् गराई भुरा उत्पादन तथा विक्री वितरण गरिन्छ । चाइनिज कार्पहरुको कृत्रिम प्रजनन् नेपालमा चैत्रको पहिलो हप्ता देखी शुरु हुन्छ र आषाढ सम्म लम्बिन्छ । चाइनिज कार्पको सफल प्रजनन् गराउन २२–२८० से. पानीको तापक्रम आबश्यकता पर्दछ । कृत्रिम प्रजननको लागि फाल्गुनमा आवश्यक तयारी गर्नु पर्दछ । जस्तै हार्मोन, नर्मस सलाइन, सिरिंज, प्लास्टिीकको बाटा, स्कुप नेट, माछा तौल्ने ब्यालेन्स, तौलिया, फिल्टर आदी । साथै स्पाउनिङ्ग र इन्कुवेसन टैक, ह्याचरीमा पानीको सप्लाई प्रणाली आदि ठीक छ वा छैन भन्ने बिषयमा पुर्व तयारी गर्नु पर्दछ ।

माउ माछा छनौट

प्रजनन्को लागि तयार भएको माउ माछा छनौट गर्नु पर्दछ । समान्यता एउटा पोथीमा १.५ गोटा भालेको दरले छनौट गर्नु पर्दछ । तर जम्मा पोथीको वजन बराबरको जम्मा भालेको वजन हुनु पर्दछ । पोथी माछा छनौट गर्दा पेट फुलेको, नरम, जनेन्द्रीय केही सुन्निएको र गुलाबी रंगको हुन्छ । माछालाई उत्तानो पारेर राख्दा ओमटीको विच भाग खाल्डो परेको प्रष्ट देखिन्छ । भालेको गिल रातो हुन्छ र पेटलाई हल्का थिच्दा पातलो मिल्ट निस्किन्छ । यस्तो छनौट गरेको माउ माछालाई ह्याचरीको छुट्टा छुट्टै टंकीमा भाले पोथी राख्नु पर्दछ । चाईनिज कार्यहरुको सफल प्रजनन एल.आर.एच.ए.हर्माेन बाट हुन्छ । पोथी माउलाई २० माइक्रोग्राम/किलोको दरले दिईन्छ र भालेलाई त्यसको आधा अर्थात १० माइक्रोग्राम/ किलोको दरले
दिईन्छ । पोथीको पुरा डोजको २५% अर्थात ५ माइक्रोग्राम प्रति किलोको दरले पहिलो इन्जेक्सन र ७५% अर्थात १५ माइक्रोग्राम/किलोको दरले १०–१२ घण्टा पछि दिईन्छ । विहान ९–१० बजे पोथीलाई पहिलो इन्जेक्सन दिईन्छ र पुनः त्यसै टंकीमा राखिन्छ । फेरि १०–१२ घण्टा पछि अर्थात राती ८–९ बजे पोथीलाई दोश्रो इन्जेक्सन दिईन्छ र स्पनिंग टैंकमा राखिन्छ । त्यस पछि भाले माछा पनि हार्मोन इन्जेक्सन दिइ स्पनिङ्ग टैंकमा राखिन्छ । माउ माछालाई इन्जेक्सन दिंदा कान निरको पखेटाको फेदमा अलि आफुतिर झुकाएर ४५० मा दिनु पर्दछ । यसरी इन्जेकक्सन पछि स्पनिङ्ग टैंकमा राखिएको माउ ८–१० घण्टामा\ पोथीले फुल छाड्छ र त्यही वेला भालेले पनि मिल्ट तथा अण्डा आफै छोड्दैन । त्यस्तो अवस्थामा कृत्रिम
तरिकाले पोथीको पेटबाट अण्डा र भालेको पेटबाट मिल्ट निचोर्नु पर्दछ । जसलाई स्ट्रिपिंग गर्ने भनिन्छ। यसको लागि सही समयमा गर्नु पर्दछ । जब भाले र पोथी चल्न थाल्छ अर्थात भाले पोथीलाई लखेटी लछार पछार गर्छ तब छापाले तानेर पोथीको पेटा छामी हुर्नु पर्दछ । 

स्रोत: व्यावसायिक माछा पालन प्रविधि पुस्तिका, PMAMP, Bara |

थप समाचार