हरेक जिवित प्राणीलाई हुर्कन बढ्न, बृद्धि विकास, प्रजनन् तथा रोग प्रतिरोधात्मक क्षमता बृद्धि जस्ता क्रियाकलापहरुको लागि पोषक तत्व शक्तिको आवस्यकता पर्दछ । यो शक्ति माछाले आहाराबाटै प्राप्त गर्दछ । माछाको आहारालाई दुई भागमा बाड्न सकिन्छ ।
प्राकृतिक आहारा कृत्रिम आहारा
हरेक जलाशयको एक खास उर्वराशक्ति हुन्छ जसले गर्दा प्राकृतिक आहारा उत्पादन भई रहेको हुन्छ । उक्त प्राकृतिक आहाराबाुट केही मात्रामा माछा उत्पादन हुने गर्दछ तर पोखरीबाट अधिक से अधिक उत्पादन प्राप्त गर्नु हाम्रो उद्देश्य हुने गर्दछ । उत्पादन बढाउन माछालाई बढी आहारा उपलब्ध गराउनु पर्छ । प्राकृतिक उत्पादन बढाउनका लागि मलखादको प्रयोग गरिन्छ जसले गर्दा उत्पादकत्वलाई केही माथि उठाउंछ तर सो भन्दा बढी उत्पादकत्व हासिल गर्न बाहिरबाट आहारा दिनु पर्ने हुन्छ ।
तसर्थ माछालाई दिइने आहारा कति पौष्टिक छ भन्ने जानकारी आवश्यक हुन्छ । माछाको जात अनुसार खानेबानी फरक भएको हुंदा सोही बमोजिमको आहारा उपलब्ध गराउनु पर्ने हुन्छ । एकै जातको माछा मै पनि अवस्था अनुसार फरक किसिमको दाना आवश्यक पर्दछ । माछाको शरीर विकासको लागि चाहिने आवश्यक तत्वहरु अन्य जिवहरु जस्तै चाहिन्छ र ती तत्वहरु माछाले पोखरीको माटो, पानी, खानाको आहारा, दिइएको मल वा वायुमण्डलबाट प्राप्त गर्दछ ।
जिवनको प्रारम्भिक चरणका सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात हरियो लेउ, जुप्लांकटन तथा मसिनो पीनाको दाना खाने गर्दछन् तर औंला जत्रो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुंदै गई रहेको हुन्छ । माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ । सिल्भर, विगहेड तथा भाकुर पानीको माथिल्लो भागमा भएको स–साना वनस्पती वा किरा खान्छ भने कमन र नैनी माछा पींधमा पाइने किराहरु, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ । ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घांस खान रुचाउंछ भने रोहु सडे गलेका पदार्थ खान मन पराउंछ |
प्राकृतिक आहारा उत्पादन प्रकृया
प्रकृतिद्वारा प्रत्येक जन्तुको आवश्यकताको हिसाबले वातावरणीय सन्तुलन कायम गरिएकोमा मानवीय संलग्नताले गर्दा सन्तुलन विग्रिन्छ वा प्रभावित हुन्छ । “प्रकृतिमा उपलब्ध शक्तिहरुको रुपान्तरबाट प्राप्त हुने आहारलाई प्राकृतिक आहारा भनिन्छ ।” पोखरीको पानीमा निम्न तिन सतह एवम् तिन क्षेत्रमा प्राकृतिक आहारा उत्पादन हुन्छ ।
उत्पादन क्षेत्र किनार भित्री खुलाभाग पीध
उत्पादन सतह माथिल्लो बिचको पीधका
पोखरीको उत्पादन सतह
पानीको किनारको भागमा ठूलो वनस्पतीहरु मुख्य रुपले उत्पादन हुन्छन् भने खुला भागमा प्लाङ्गटन तथा नेक्टनको उत्पादन हुन्छ साथै पीधमा किराहरु उपलब्ध हुन्छन् । त्यसरीनै पानीको सतहमा फाइटोप्लांङ्गटनको बाहुल्यता छ भने कलुम (बीच) मा तैरिने खालका कार्बनिक पदार्थ, जुप्लांङ्गुटनको वाहुल्यता हुन्छ साथै पीधमा किराफटेंग्रा, सडेगलेका कार्बनिक पदार्थहरुको बाहुल्यता हुन्छ ।
त्यस्ता सबै सजिव वस्तु जुन आहाराको रुपमा माछाद्वारा ग्रहण गरिन्छ सजिव प्राकृतिक आहारा हुन, जस मध्ये प्रमुख छन् जलीय वनस्पती, प्लांङ्गटन (फाइटो तथा जु) तथा बेन्थोज । सजिव प्राकृतिक आहाराको मृत्युपछि कुहिएर कार्बनिक पदार्थ बन्दछ साथै बाहिरबाट आएका झारपात कुहिदा समेत माछाको आहारको रुपमा प्रयोग हुन्छ । पानीमा प्राकृतिक आहाराको उत्पादन प्रकृया सौर्य उर्जालाई रसायनिक उर्जामा परिणत गरेर हुन्छ ।
उक्त चालु रहनका लागि नाइटूोजन, फस्फोरस, पोटास जस्ता आवश्यक पोषक तत्वहरु उपलब्ध भएमा क्लोरोफिल भएका वनस्पतीले सुर्यको प्रकाशलाई रसायनिक शक्तिमा परिणत गर्दछ ।उत्पादन लिन सकिन्छ । सो भन्दा बढी उत्पादन लिनका लागि कृत्रिम/परिपुरक आहाराको प्रयोग अपरिहार्य हुन्छ । पोखरी तैयारी गर्दा गरिएको चुनको प्रयोगले पोखरीमा क्यालसीयमको परिपुर्ति गर्दछ, कार्बनिक पदार्थहरुको विघटनबाट सामान्य तथा अन्य पोषक तत्वहरु समेत पानीमा उपलब्ध भई रहेका हुन्छन्, पोटास नेपालको माटोमा आवश्यक मात्रामा पाइने गरेको छ तसर्थ मुख्य पोषक तत्वको रुपमा नाइट्रोजन तथा फस्फोरस पानीमा हाल्नु पर्ने हुन्छ ।
हुनत कार्बनिक पदार्थको उत्पादन संरचनामा नाइट्रोजनको मात्रा फस्फोरस भन्दा बढी भएता पनि पानीमा नाइट्रोजनका अन्य श्रोत समेत भएकोले बाहिरबाट राख्दा नाइट्रोजन भन्दा बढी फस्फोरस राख्नु पर्ने हुन्छ । यी आवश्यक तत्वहरु हामी विभिन्न श्रोतबाट प्राप्त गर्न सक्दछौ जस्तै घासपात, मलमुत्र वा कारखानामा उत्पादित वस्तु ।
मोटामोटी रुपमा हामी मललाई दुई भागमा बाड्न सक्छौं;
कार्बनिक-प्रांगरिक-प्राकृतिक मल रसायनिक मल
प्राकृतिक रुपमा पाइने सबै किसिमका मलहरु कार्बनिक मल हुन् । प्रांगरिक मलमा नाइट्रोजन, फस्फोरस, पोटासका साथै कार्बनिक पदार्थहरुको बाहुल्यताले गर्दा उत्पादनको लागि सशक्त, आधार तयार गर्दछ । यसमा उत्पादनको लागि आवश्यक सबै वस्तु, धेर थोर मात्रामा उपलब्ध हुने भएकोले यसलाई पुर्ण मल पनि भनिन्छ । जबकी रसायनिक मल अपुर्ण मल हो यसमा केही खास तत्वहरु मात्र हुन्छन् तर यसमा तत्वको मात्रा ज्ञात हुन्छ र यो छिट्टै प्रभावकारी हुन्छ । तसर्थ मलखादको प्रयोग गर्दा कार्बनिक तथा रसायनिक दुवै मलको प्रयोग गर्दा बढी फाइदाजनक हुन्छ ।पोखरीहरुको उर्वराशक्ति समान हुंदैन । तसर्थ सबै पोखरीहरुको लागि मलको एकै किसिमको मात्रा उपयुक्त हुंदैन । आफ्नो पोखरीको लागि के कति मात्रा कति दिनमा राख्नु पर्ने हो भन्ने यकिन आफैले गर्न सकिन्छ तर सोको लागि निम्नानुसारको मात्रा आधारको रुपमा दिइएको छ;
पालनको सुरमा नियमित प्रयोग
चुना – १५ के.जी./कठ्ठा गोबरमल – १० के.जी./कठ्ठा/१५ दिन गोबरमल – १०० के.जी./कठ्ठा युरिया – ७०० ग्राम/कठ्ठा/हप्ता युरिया –४ के.जी/कठ्ठा डी.ए.पी. – ५०० ग्राम/कठ्ठा/हप्ता डी.ए.पी.– ३ के.जी/कठ्ठा
मलखाद प्रयोगको तरिका
मलखादको प्रयोग गर्दा शुरुमा वार्षिक मात्राको ६ भागको एक भाग प्रयोग गर्नु पर्छ भने बांकी भागलाई स्यानो स्यानो मात्रामा छिटा–छिटो दिदा राम्रो हुन्छ । कार्बनिक मल १५–१५ दिनमा तथा रसायनिक मल ७–७ दिनमा प्रयोग गर्दा उपयुक्त हुन्छ । तर समय र मात्राको लागि निम्न परिक्षण गर्नु पर्छ;
भनिएको मात्रामा मल प्रयोग गरेको चौथो दिनमा पानीको पारदर्शीता सेची डीस्कद्वारा वा हाथ डुबाएर ज्ञात गर्नु पर्छ |यदि पारदर्शीता २०–४० से.मी. को बीचमा छ भने मलको मात्रा उपयुक्त छ । २० से.मी. भन्दा कम छ भने मलको मात्रा बढी भयो तथा ४० से.मी. भन्दा बढी छ भने मलको मात्रा कम भयो।
यसप्रकार अर्को खेप मल प्रयोग गर्दा मलको मात्रा थपघट गर्दै जानु पर्छ जब सम्म उपयुक्त मल भित्र पारदर्शीता आउंदैन । मल हालि सके पछि दैनिक रुपमा पारदर्शीता लिदै जानु पर्छ र जुन दिन पारदर्शीता ४० से.मी. भन्दा बढी हुन्छ त्यो दिन मलको अर्को मात्रा हाल्नु पर्छ । यसप्रकार एकचोटी मल हालेको कति दिन पछि पानीको पारदर्शीता ४० से.मी. नाघ्यो थाहा भएपछि त्यति दिनको अन्तरमा मलको प्रयोग गर्नु पर्ने हुन्छ । जसले गर्दा पोखरीमा एकनासले प्राकृतिक आहाराको उत्पादन भई रहन्छ । मलको प्रयोग गर्दा निम्न कुरा मथि विशेष ध्यान दिनु पर्दछ; घाम लागेको बेलामा विहान पख राख्ने । आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोष्ट बनाएर मात्र प्रयोग गर्ने । गोबरमलको प्रयोग सदैव एकै स्थानमा नगर्ने । बादल लागेको समयमा मलको प्रयोग गर्ने । माछालाई रोग लागेमा रोग अवधिभर मल नराख्ने । गोबरमलको प्रयोग गर्दा कम्पोष्ट बनाई प्रयोग गर्नु पर्दछ अथवा मललाई खाडलमा कुहाउनका लागि राख्नु पर्दछ अन्यथा सुकेको मलमा पोषक तत्वहरुको मात्रा निकै घुटी सकेको हुन्छ ।
माछाको कृतिम आहारा
माछालाई प्राकृतिक आहारा नपुग भएमा कृतिम आहाराको व्यवस्था गर्नु पर्दछ । यसको लागि घरमा उत्पादित तथा बजारमा खरीद गर्न पाईने कच्चा पदार्थहरु धानको ढुटो, मकै, गहुं, माछाको सिद्रा वा फिसमिल वा झिङ्गमाछा, भुटमासको चोकर, तोरीको पिना, हाडको धुलो, भिटामिन र मिनरल मिक्स्चर को संयुक्त मिश्रणबाट राम्रोसंग पिठो वनाई कृतिम दाना तैयार गरीन्छ । दाना तैयार गर्नुभन्दा पहिले कस्तो साईजको माछालाई बनाउने हो अनि मात्र दाना तैयार गर्नु पर्दछ । बढि प्रोटीनको मात्रा पाईने आहाराहरुमा माछाको सिद्रा वा फिसमिल वा झिङ्गमाछा, भुटमासको चोकर, तोरीको पिना, हाडको धुलोमा (३०–६०% सम्म) आदि हुन भने कम प्रोुटीनको मात्रा पाईने आहाराहरुमा धानको ढुटो, मकै गहुंमा (१०–१२ % सम्म) पाईन्छ । माछाको लागि कृतिम आहारा र प्राकृतिक आहारा पोखरीमा सकभर ४५/५५ को अनुपातमा कायम गर्नु पर्दछ । माछालाई आबश्यक पोषक तत्वहरु चाहिने मात्रामा भएको दाना बनाउन दाना बनाउने कच्चा पदार्थहरुमा कुन कुन पोषक तत्वहरु कति कति मात्रामा पाईन्छ त्यसको जानाकारी हुनु जरुरी हुन्छ । त्यसको लागि दाना बनाउने कच्चा पदार्थहरुको औषत विश्लेषण गर्नु पर्दछ । अर्को ध्यान दिनु पर्ने कुरा कच्चा खाद्य पदार्थहरुमा पाईने पोषक तत्वहरुको मात्रा (वा प्रतिशत) ठाउं अनुसार फरक हुन सक्दछ । पोषक तत्वहरुको मात्रा हावापानी, मलजल, वालीको जात तथा उत्पादन गरीने भौगोलिक क्षेत्र अनुसार फरक हुन्छ । दाना बनाउदा बजारमा सजिलो र सुलभ तरिकाले पाउने कच्चा खाद्य पदार्थहरु प्रयोग गर्नु पर्दछ । नेपालमा माछाको लागि झिङ्गे माछा, भुटमासको चोकर, गहुं, मकै, धानको ढुटो, तोरीको पिना, हाडको धुलो, भिटामिन मिक्सचर र मिनरल मिक्सचर आदि मिसाई दाना बनाउने प्रचलन रहेको छ ।
माछाको दाना बनाउदा खाद्य वस्तुमा पाईने सरदर प्रोटीन मात्राको तालीकाः
१. टमासको पिना ४०% २. गहुको पिठो १०–१२% ३. मकैको पिठो ९–१०% ४. धानको ढुटो ११% ५. झिङ्गे माछा ६०% ६. तोरीको पिना ३०% ७. हाडको धुलो २०%
दानामा हुनु पर्ने गुण
स्थानिय श्रोतबाट प्राप्त हुने । आवश्यक पौष्टिक तत्व भएको । ताजा । राम्रो रुपान्तर दर भएको । माछाले राम्ररी पचाउन सक्ने । सस्तो ।
परिपुरक आहार बनाउंदा मुख्यतया आवश्यक पर्ने वस्तुहरु मध्ये प्रोटिन दिने तथा शक्ति दिने खालका वस्तुहरु आवश्यक पर्दछन् । हुनत माछाको लागि प्रोटिन, कार्बोहाइडेट, बोसो, विटामिन्स तथा मिनरल्स सबै आवश्यक छन् । कृत्रिम आहारा माथि मात्र भरपर्ने गरि मत्स्य पालन गरिदा सबै चिजदानामा हुनु पर्छ तर प्राकृतिक आहाराबाट समेत आहार ग्रहण गर्ने माछालाई मुख्यतया प्रोटीन तथा शक्ति भएको दाना दिदा पुग्दछ जसलाई परिपुरक आहार पनि भनिन्छ|
प्रोटीन बढी भएको वस्तुमा भटमास, तोरीको पीना, माछाको सिध्रा प्रमुख छन् भने शक्ति बढी भएको वस्तुमा (वेसल ग्रुपमा) मकै, गहुंको चोकर, ढुटो, कनिका आदि प्रमुख छन् । माछाको अवस्था अनुसार विभिन्न प्रोटीन स्तर भएका दाना दिइन्छ । जस्तै:
दानाको किसिम प्रोटीन प्रतिशत भुरा माछाको दाना ३० माउ माछाको दाना २५ खाने माछाको दाना २०
दाना बनाउने तरिका
दाना बनाउँदा कस्तो माछाको लागि दाना बनाउने थाहा पाउनु पर्दछ तथा उक्त दाना बनाउन के कस्ता वस्तुहरु उपलब्ध छन् सो पनि जान्नु आवश्यक हुन्छ साथै उक्त वस्तुहरुमा कति मात्रामा प्रोटिन छ भन्ने ज्ञात हुनु समेत आवश्यक हुन्छ । दाना बनाउंदा एकै पटकमा धेरै वा धेरै दिनका लागि बनाउनु हुंदैन अन्यथा दानाको गुणस्तरमा ह्रास आउंछ साथै दानाको साइज माछाले ग्रहण गर्न सक्ने हुनु पर्छ । दाना बनाइने प्रमुख वस्तुहरुमा प्रोटीनको मात्रा निम्नानुसार पाइन्छ ।
व्रेसल ग्रुप प्रोटीन ग्रुप मकै ९ प्रतिशत पीना ३० प्रतिशत गहुं १० प्रतिशत भटमास ३८ –४२ प्रतिशत चोकर ११ प्रतिशत माछाको सिध्रा ४०– ५० प्रतिशत ढुटो ११ प्रतिशत
दाना बनाउँदा घटीमा एउटा वस्तु प्रोटीन ग्रुपको तथा एउटा वस्तु वेसल ग्रुपको मिसाउनु पर्दछ । (एउटै ग्रुपको एक भन्दा बढी वस्तु मिसाउनु परेमा औसत प्रोटीनको मात्रा निकाल्नु पर्छ ।
उदाहरण: २०% प्रतिशत प्रोटिन भएको १०० के.जी. दाना खाने माछाको लागि बनाउंदा कति मात्रामा तोरीको पीना तथा कति मात्रामा ढुटो मिलाउनु पर्छ ?
अर्थात १९ भागमा १० भाग ढुटो तथा ९ भाग पीना मिसाउनु पर्छ अथवा १०० के.जी. को लागि (क) ढुटो १९÷१९ ह् १००. ५३ के.जी. (ख) पीना ९÷१९ ह् १०० . ४७ के.जी.
अर्थात ढुटो र पीना आधि आधि मिसाउंदा हाम्रो आवश्यकता करिब करिब पुरा हुन्छ त्यसै कारणले कृषकहरुलाई समेत सोही मात्रामा ढुटो पीना मिसाएर दाना दिने सल्लाह दिने गरिएको छ । यदि भटमास दानामा मिसाउनु पर्ने हो भने भुटेको भटमास मात्र प्रयोग गर्नु पर्दछ । नभुटेको भटमासमा एउटा यस्तो पदार्थ छ जो माछाको लागि हानीकारक छ र माछालाई मार्न सक्दछ ।
सघन मत्स्य पालनमा पेलेट दानाको महत्व
सघन मत्स्य पालनमा पेलेट दानाको आफ्नै किसिमको महत्व छ । पेलेट दाना माछालाई प्रयोग गर्दा खेर जादैन साथै दानाको अनावश्यक खपतको मात्रा पनि कम हुन्छ । पेलेट दानामा भएको सार पौष्टिक तत्वहरु पानीमा कम मात्रामा घुलेर जान्छ । पेलेट दाना तैरिने तथा पानी धमिलोपना कम हुन्छ । माछाको खाने रुची पनि बढ्दछ साथसाथै दानाको प्रभावकारिता (क्षमता) को मात्रा पनि बढ्छ । यसले गर्दा रोग प्रतिरोधात्मक शक्ति बढाउंदछ अर्थात रोगलाई केही हद सम्म नियन्त्रण गर्छ ।
पेलेट दानाका प्रकारहरु
पेलेट आहारा मुख्यतया दुई किसिमको हुन्छः ओसिलो र सुख्खा । दुवै किसिमका आहाराको आप्mनै विशेषता एवं गुणहरु हुन्छ । ओसिलो पेलेटमा जलांसको मात्रा २५ देखि ३५ प्रतिशत सम्म हुन्छ र सुख्खा पेलेटमा बढीमा १३ प्रतिशत हुन्छ । ओसिलो पेलेट आहारा फ्रिजमा भण्डारण गर्नु पर्दछ भने सुख्खा पेलेट भण्डारण गर्दा कोठाको तापक्रम १० डि.से. देखि २५ डि.से. सम्ममा राख्नुपर्दछ । सुख्खा पेलेट आहारा ९० दिनसम्म प्रयोग गर्न सकिन्छ तर ओसिलो पेलेट आहारा ६० दिन भित्र प्रयोग गरिसक्नु पर्दछ । ओसिलो पेलेट आहारा सुख्खा पेलेट आहाराभन्दा बढी स्वादिलो हुन्छ । क्रुड प्mयाटको मात्रा ओसिलो पेलेट आहारामा २० प्रतिशत हुन्छ भने सुख्खा पेलेट आहारामा ७ प्रतिशत भन्दा कम हुने गर्छ । आहाराको भौतिकी र पोषकीय गुणको कुरा गर्नु पर्दा ओसिलो पेलेट आहारा पानीमा तुरुन्त डुब्छ र चांडै घुल्दछ तर सुख्खा पेलेट दाना बिस्तारै डुब्छ र चांडै घुल्दैन । ओसिलो पेलेट आहारा हातले खुवाउन सकिन्छ भने सुख्खा पेलेट आहारा हातले खुवाउनको साथै स्वचालित मेसिन (फिडर) प्रयोग गर्न सकिन्छ ।
दाना भण्डारण गर्ने तरिका
दानालाई राम्रोसंग प्याक गरेर राख्नुपर्दछ । राम्रोसंग प्याक नगरेमा आहाराको गुणस्तर चांडैनै बिग्रन जाने संभावना हुन्छ । सुकेको दानामा भएका भिटामिनहरु चँंडै नष्ट हुने हुंदा दानाको गुणस्तरलाई निरन्तरता दिनका लागि निम्न लिखित बुदांहरुमा ध्यान दिनु जरुरी छ ।
१. दाना भण्डारण गर्ने कोठा सफा, सुख्खा, पानी नचुहिने, र हावादार हुनुपर्दछ । ओसिलो ठाउं भएमा दाना भण्डारण गर्दा दानामा छिुटै ढुसी पर्ने र बिग्रने हुन्छ । यस्तो दाना खुवाएमा त्यसमा भएको बबितयहयष्ल ले ट्राउटमा कलेजो सुन्नीने रोग, हेपाटोमा (Hepatoma) लाग्दछ |
२. जुट वा प्लास्टिकको बोरामा दाना प्याक गरी भण्डारण कोठामा काठको फल्याक माथि राख्नुपर्दछ । तर धेरै माथि सम्म खप्ट्याएर वा थिचेर भण्डारण गर्नुहुदैंन । धेरै थिचिएमा दाना टुक्रिने संभावना हुन्छ ।
३. दाना कुन मितिमा तयार गरिएको हो लेबल लगाउनु पर्दछ र जसले गर्दा आफुले खोजेको कुरा पाउन सजिलो हुन्छ । सकेसम्म तीन महिना भन्दा बढी भण्डार गरेर राख्नुहुदैन ।
४. दानालाई सुर्यको प्रकाश सिधै पर्ने गरी भण्डारण गर्नुहुदैन । भण्डार कोठाको तापक्रम २० डि.से. भन्दा माथि जानुहुदैन । उच्च तापक्रमले दानामा लिपिड अक्सिडेसन भएर दाना विशाक्त हुदैजान्छ । त्यस्तो दाना माछालाई खुवाउनु हुदैन । अक्सिडाईज्ड लिपिडले माछामा भोक कम गर्दछ, रंग कालो पार्दछ, र रक्अतल्पता गराउंदछ ।
५. दाना राखेको बोरा (ब्याग) लाई भितामा टंसाएर राख्न हुदैन, भित्ताको चिसो लागेर दाना बिग्रने सम्भावना हुन्छ । भित्ता र दाना राखेको भांडोको बिचमा अलिकति ठांउ खाली राख्ने । पानी चुहने भएमा किरा लाग्ने, कुिहने हुन्छ ।
६. दाना भण्डारण गर्ने ठाउंमा मुसा आवत–जावत गर्न दिनुहुदैन । दानामा मुसाको दिसा परेमा माछाको पेट फुल्ने रोग लाग्दछ ।
दाना प्रयोग दाना प्रयोग गर्दा निम्न कुराहरु निश्चित हुनु पर्दछ; – समय – स्थान – मात्रा – गुणस्तर
दानाको प्रयोग सकभर विहानपख गर्नु राम्रो हुन्छ । दाना दिदा राम्ररी भिजाएर गोलो डल्लो बनाइ दिनु पर्छ । बृद्धि जांचको आधारमा माछाको शारीरिक तौलको आधारमा परिमाण निर्धारण गरिदापनि उपयोगको आधारमा मात्रा थपघट गर्न सकिन्छ, यसका लागि स्वचालित मेसिनको प्रयोग गर्दा राम्रो हुन्छ । घास दिंदा फ्रेमभित्र तथा दाना दिंदा झुण्ड्याएर वा पलेटफर्ममा दिनु राम्रो हुन्छ।
निम्न अवस्थाहरुमा दाना दिनु हुंदैन
– पोखरीमा अक्सीजनको कमी भएमा । – लगातार बादल लागेमा । – माछाले नखाएमा । – माछामा रोग देखा परेमा
स्रोत: व्यवसायिक माछापालन पर्विधि पुस्तिका , PMAMP, Bara |