बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बहुउपयोगी लट्टेखेती तथा बीउ उत्पादन गर्ने सजिलो तरिका

बिहीबार , असार १४ २०८१
9 views
बहुउपयोगी लट्टेखेती तथा बीउ उत्पादन गर्ने सजिलो तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
लट्टे नेपालको तराई देखि पहाडको ३५०० मीटरको उचाई सम सम्म खेति गर्न सकिने बाली हो । नेपालमा बिभिन्न ठाउँ अनुसार यसलाई लट्टे, लुडे, बेथे, मार्से भन्ने गरिन्छ । बिउ तथा साग उत्पादनको दृष्टिकोणबाट यो एक बर्षे,ठाडो र अग्लो बोर्ट २.५ मिटर सम्मै प्रकृति भएको बालि हो ।

यो बाली मुख्य रुपमा दक्षिण तथा मध्ये अमेरिकामा फैलीयको पाइयता पनि यसको करिब ४०० जातहरु बिश्व भरिका उष्ण तथा उपोष्ण हावापानी मा फैलियको पाइन्छ । यो बाली लाई अन्न तथा साग दुबै रुपमा प्रयोग गर्न सकिन्छ ।

विशेष गरी तिन थरिका प्रजातिहरू दाना र सागको लागि प्रचलित रहेका छन । Amareanthus hypochondriacus / Amaranthus cruentus दाना उत्पादनको लागि लगाऊने गरिन्छ भने Amaranthus tricolor लाई सागको रुपमा रुचाउने गरिन्छ ।

सामान्यतया कालो दाना भयको लट्टेलाई साग तथा हल्का पहेलो रंग भयकोलाई अन्नको रुपमा प्रयोग गर्न गरिन्छ । यो बालि अत्यन्तै छिटो समय तथा कम व्यबस्थापनमै सागको रुपमा प्रयोग गर्न योग्य हुने गर्दछ । 

लट्टेको नेपाली बजार
यो बालि लाई स्वतस् उम्रने खान योग्य झारको रुपमा पनि लिने गरिन्छ । यसका कलिला मुन्टाहरुलाई परा पुर्बक काल देखि सागको रुपमा प्रयोग गरिएको पाइन्छ ।

पहाडी बालि अनुशन्धान कार्यक्रम को सर्वेक्षणअनुसार विशेषतस्नेपालको सुदुर पश्चिम क्षेत्रमा अन्न को रुपमा यसको ब्यापक उत्पादन गरी भारतीय बजारमा बिक्रि गर्न तथा अन्य खाध बालीहरु संग साट्ने गरियको पाईएको छ ।

तथापी, यसको उत्पादन र कारोबारका सरकारी तथ्यांक अझै उपलब्ध छैन, नेपालकै तर्राई क्षेत्रका चितवन, नेपालगंज, सर्लाही र मध्ये पहाडका पोखरा, काठमाडौँ जस्ता ब्यापारिक केन्द्रहरुका विभिन्न तरकारी बजारहरुमा पनि यो सागको व्यापक कारोबार रहने गरेको पाईएको छ ।

अन्य सागजन्य तरकारीको आपुर्ती कम रहने मुख्यतया फागुन देखि जेठ महिना सम्मको सुक्खा समयमा यसको उत्पादन लिन सकिने हुदा यो बालि उक्त समयमा तरकारी बजारहरुमा उच्च मागमा रहने गर्दछ ।

अहिले सम्म बजारमा कारोबारमा रहेका लट्टेका जातहरु ठाउँ अनुसारका स्थानीय जातहरु नै रहेको पाईएको छ । तर साग र दाना बाहेक यो बालीको खाध परिकारहरु बनायर व्यापारिक प्रयोजनले कारोबार गरियको पायको छैन ।

लट्टेको पौष्टिक महत्व
लट्टेको दाना र पात दुवै पौष्टिकता ले भरिपुर्ण हुन्छ । यसको दाना ९०५ संम्म पचाउन
सकिने भयको ले परम्परागत रुपले हिन्दु रिवाज्हरुमा वर्त बस्नु पर्दा भुटेर दुध संग खाने गरिन्छ ।

सुष्म तत्वहरुको बदी जरुरत पर्ने बालबच्चा, सुत्केरी अवस्था को महिला तथा वृद्ध
र वृद्धाहरुलाई लट्टेमा पाइने खनिज तत्व फाइदाजनक देखिन्छ । विशेष गरी अन्य बालीहरुको तुलनामा यस बालीमा फलाम, क्याल्सियम, भिटामिन सी, फोलिक एसीड र गुणस्तरिय प्रोटिन जस्ता तत्वहरु बढी मात्रमा पाइने गर्दछ ।

केहि लेखहरुमा बताईए अनुसार दैनिक ५० देखि १०० ग्राम लट्टेको साग खाने गरेमा केटाकेटीमा हुने अन्धोपना कम भयको पाईएको छ । यो बालीको सागमा ३०५ सम्म प्रोटिन पाईन्छ ।

अन्य अन्न बालीहरुमा भन्दा लट्टेमा लाइसीन भने एमिनो एसिड (सागमा ८० मिलि ग्राम र दानामा ३ मिलि ग्राम प्रति १०० ग्राम कर्मश साग र दानामा) पाइन्छ ।

1.PNG
2.PNG


लट्टेको प्रयोग

पात र साग : लट्टेको पात र कलिलो ड़ाठ सहित को मुन्टा लाई सलादको रुपमा

काचै, उमालेर मात्रै, अचार बनायर वा अन्य स्वाद अनुसारको तरकारी सगं मिलायर पकायर खाने प्रचलन छ । धेरै समय सम्म पकाउदा यसमा भयको तत्व नस्ट हुने र उमालेर पानि फ्याक्दा तत्वहरु गुम्ने भयकोले उच्च तापक्रममा लामो समयसम्म पकाउनु हुदैन ।

latte (1).jpg

दाना : दाना लाई भुटेर मह वा चिनीको चास्नीमा मोलेर डल्लो बनाइँ खान सकिन्छ भने भुटेको लट्टेलाई तातो दुध संग पनि खान सकिन्छ । त्यसै गरी बाल आहारमा यसको पिठो प्रयोग गर्दा अत्यन्त उत्तम हुन्छ । लट्टेको रोटि,पाउरोटी ,चकलेट बार पनि बनाउन सकिन्छ ।

खेति प्रबिधि
हावापानी : यो बालिलाई सामान्यतया १००० मिटर भन्दा माथिको हावापानि उपयुक्त
मानिन्छ । तर नेपालमा तराई ,बेशी ,मध्येपहाड र उच्च पहाड सबै तिर बर्षे मकै लगाउने समयमा लगाउन सकिन्छ । यो बालिले सुख्खा सहन सक्ने हुनाले बिउ छर्नेबेलामा सामान्य चिस्यान पुग्य मात्रैपनि उत्पादन लिन सकिन्छ ।

जातहरु : लट्टेको सागको लागि “१ रामेछाप हरियो लट्टे” अहिले सम्म दर्ता गरियको एक मात्र जात हो । नेपाल कृषि अनुसन्धान परिषद , नेपाल कृषि बिभाग र लिवर्डले संयुक्त रुपमा कार्यान्वयन गरेको स्थानीय बालि परियोजनाले प्रकाशित गरेको नेपालको उच्च पर्वतीय क्षेत्रमा सिफारिस योग्य र सिफारिस गरियका बिभिन्न बालीहरुको जातहरु (१९५९(२०१६) बिषयक पुस्तकमा लट्टेको रातो मार्से, लाड़ी मार्से र सुन्तले लट्टे गरी तिन वटा जातहरु लाई दाना उत्पादन को लागि सिफारिस योग्य भनी सूचिकृत गरियको छ ।

त्यसै गरी पहाडी गरी बाली अनुसन्धान कायक्रमले गरको अनुसन्धान २ वटा तरकारीको लागि र ११ वटा जातहरु दाना उत्पादनको लागि समन्वयात्मक परीक्षणमा रहेको छन् ।

बिउको दर : बिउको दर साग वा खाधान्न के को लागि लगाईने हो सोहि अनुसार फरक हुन्छ ।

सागको लागि बिउ दर:

- तरिका नं.१ बोट देखि बोट दुरी ५–१० से.मि. कायम गर्ने,यसो गर्दा बिउ छरेको ५–७ हप्ता भित्र सबै बिरुवा उखेलेर साग को रुपमा प्रयोग गर्न सकिन्छ ।

- तरिका नं. २ बोट देखि बोटको दुरि २५–३० से.मि. कायम गर्ने यसो गर्दा बिउ छरेको ४–६ हप्तापछि कलिलो टुप्पो पहिलो पटक काटेर अर्को पटक टुप्पो काटेर सागको रुपमा प्रयोग गर्न सकिन्छ ।

खाधान्नको लागि बिउ दरः
- बोट देखि बोटको दुरि १०–१२ से.मि. र हार देखि हारको दुरी ५० से.मि. कायम राख्नु पर्दछ ।

- यसरी रोप्दा प्रति रोपनी ६६५० बोट हुन आऊछ । १–२ किलोग्राम बिउ प्रति हेक्टर वा १०० ग्राम बिउ प्रति रोपनी पर्याप्त हुन्छ ।

बिउ उपचारः
- बिउ छर्नु आगाडी थाईरम वा क्याप्टान नामक ढुसी नासक बिषादी २ ग्राम प्रति कि.ग्रा. बिउ को दरले बिउ उपचार गर्नु पर्दछ ।

- यसले बिउबाट सर्ने र सानो उमेरमा लाग्ने जराको ढुसी जन्य रोगहरु नियन्त्रण गर्न मद्धत गर्दछ ।

रोप्ने समयः
- यो बालीलाई माटोमा चिस्यानको मात्रा अनुसारको फागुनको पहिलो हप्ता देखि जेठको पहिलो हप्ता सम्म बारीमा एकल बालीको रुपमा वा मकै संग वा करेसाबारीमा अन्य तरकारी बालीहरु संग मिसायर पनि लगाऊन सकिन्छ ।

- नेपालको बिभिन्न भू–भाग अनुसार तराई मा (पुस र  माघ, मध्ये पहाडमा (फागुन देखि जेठ सम्म र उच्च पहाडमा चैत्र देखी बैसाख सम्म लगाउन सकिन्छ ।

जग्गाको तयारी, मलखाद व्यबथापन र बिउ रोप्ने तरिका :
- जग्गाको छनोट गर्दा पारिलो निकासको राम्रो प्रबन्ध भयको हल्का दोमट माटो भयको उपयुक्त हुनछ ।

जग्गा तयार गर्नु अगाडी नै ७–१० किव्न्टल प्रति रोपनी कम्पोस्ट वा राम्रोसँग कुहियको गोवर मल र १ः१ः१ किलो ग्राम नाटोजन, फस्फोरस र पोटास प्रति रोपनीको दरले प्रयोग गर्नु पर्दछ र कि.ग्रा. नाटोजनलाइ उकेरा लगाउने बेलामा र फुल्ने बेलामा आधा प्रयोग गर्नु पर्दछ ।

- बिउ अत्यन्त सानो हुने हुनाले माटो धुलो बनाउदा बिउको सही वितरण गर्न सकिन्छ । अन्यथा बिउ ठुला डल्लाहरुको बिचमा परेर नउम्रन पनि सक्छ ।

- सामान्यतया लट्टे को बिउ लाई माटोको सतह भन्दा १.५ –२ से मि तल छर्नुपर्छ । र धुलो माटो ले हल्का पुर्नु पर्दछ । बिउ माथिको तह धेरैनै पातलो हुने हुनाले माथिलो सतहको माटो चाडै सुक्छ, त्यसैले बिउ तथा भर्खरै उम्रेको बिरुवा लाइ सुक्का बाट जोगाउन बिशेस ध्यान दिनु पर्दछ ।

सिचाई तथा पानीको व्यवस्थापनः
ज्यादा चिस्यान भयमा जरा कुहिने र ओउलाउने रोग लाग्ने हुनाले उपयुक्त परिमाणको सिचाई दिनु पदर्छ निकासको उचित प्रबन्धको लागि खेति लगाउने जग्गा अलिक उठाउन सकिन्छ ।

ज्यादै सुख्खा भयको अवस्थामा २ पटक पानि दिनु पर्दछ तर पानीको अभाव भयको फुल फुल्ने बेलामा दिन सकिन्छ । बर्षाको पानि वा सिचाईको पानि २ घण्टा भन्दा बढी बारीमा जम्न दिनु हुदैन । ज्यादा सुख्खा दुवै अवस्थामा सागको लागि लगाईयको लट्टेमा फुल फुल्न सक्ने हुदा होसियार हुनु पर्दछ्र

झारपात ब्यबस्थापनः
- वर्षा याममा लगाइने बाली भयकोले प्रकोप बढी नै हुने गर्दछ ।बिशेष गरी भूगोल अनुसारको बर्ख झारहरुको प्रकोप बिउ रोपेको २५–१५० दिन सम्म बढी हुन्छ ।

- पहिलो महिना कुटोको सहायताले झार निकाल्नु पर्दछ भने एक महिना पछि र उकेरा लगाउदा कोदालोले पनि झारपात निकालेर ब्यबस्थापन गर्न सकिन्छ ।

Capture.PNG

किरा ब्यबस्थापनः
- यस बालीको सुरुवाती अवस्थामा किराहरुको प्रकोप खासै देखिदैंन तर फुल फुली सके पछिका अवस्थामा बिभिन्न किराहरुले आक्रमण गर्दछन । विशेष गरी फेद काट्ने किरा गवारो र पात खाने किरा बढी मात्रमा फेद काट्ने लाग्ने गर्दछ ।

फेद काट्नेकिरा (Cut worm) को ब्यबस्थापन
जैविक बिषादी बि.टि. २ ग्राम प्रति किलो ग्राम गहुमा चोकर बनाई आधा के.जि. प्रति रोपनीका दरले बिउ रोप्नु भन्दा एक हप्ता अघि माटोमा चाराको रुपमा राख्ने । क्लोरोपाईरिफ्स १०५ गेडा प्रति रोपनी १ किलो का दरले राख्ने ।

पात खाने किरा (Leaf Caterpillar) को ब्यबस्थापन
यो किराले पातको हरियो भाग सबै खायर जालीमा मात्रै राख्ने गर्छ । उक्त जाली छिटै सुक्द्छ र उत्पादनमा रास आउछ्र रातिको समयमा यसको पोथी लाई बतिमा पारेर मार्न सकिन्छ ।

यसको नियन्त्रणको लागि मालाथिन ५० ई.सी. १ मि.लि. प्रति लिटर पानीमा राखेर बिरुवामा छर्कनु पर्दछ ।

गभारोको (Steam Borer) ब्यबस्थापन
डाठ भित्रका लार्भाको नियन्त्रण कठिन हुने भयकाले फुल पार्दै हिड्ने पुतली देख्नासाथ साइपरमेर्थिन १०५ ई.सी. २ मि.लि प्रतिलिटर पानीमा घोलेर छर्ने । किराको प्रकोप बढ्दै  गएमा क्लोरानटानिलिप्रोल १८.५ एस.जि. (कोराजन) ३ मि.लि. प्रति १० लिटर पानीका दरले छर्कने ।

रोग ब्यबस्थापनः
- लट्टेमा सामान्यतया रोगको प्रकोप हुदैन । तर निकासको राम्रो प्रबन्ध नभए ओइलाऊने र बोट मर्ने रोग लाग्दछ केहि महवपूर्ण रोगहरु र ब्यबस्थापनहरु यस प्रकार छन ।

सेतो ढुसी (White Rust) : यो रोग लागेपछि पातको तल्लो भागमा सेता सेता दुसिका पोका देखिन्छन र माथिल्लो पट्टी पहेलो देखिन्छ ।

यो रोगको ब्यबस्थापनको लागी खेतबारी सफा राख्ने र रोग लागेका पात र झारहरु नस्ट गर्ने, दुई भाग चुन र एक भाग गन्धकको धुलो मिसायर मलमलको कपडामा पोको पारेर राम्रीछर्ने वा इन्डफिल –एम ४५ २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।

फेद तथा जरा कुहिने  Damping off (Pythim, Rhizocotonia):
- यो रोग लागे पछि जरा कुहिने वा माटोको सतहमा कलिलो बोटको डाठ कुहिने हुन्छ र बोट लड्छ ।

- यो रोगको ब्यबस्थापनकोलागि डयाङ उठाएर मात्रै बिउ बेर्ना लगाउने, कम्पोस्ट
सगै टाईकोदरमा नामक ढुसी को प्रयोग गर्ने, माटोलाई गहिरोगरी जोतेर घाम मा सुक्न दिने, क्लोरनेब नामक बिषादी संग बिउ र बेर्ना उपचार गर्ने, बालिचक्र उपनाउने, ओसिलो जग्गामा सके सम्म खेति नगर्ने र धेरै र लामो समय सम्म सिचाई नगर्ने ।

बालि काट्ने र भण्डारण गर्ने
साग उत्पादन र टिप्ने तरिका : रोप्ने बिधि अनुसार बोटै उखेलेर वा कलिलो टुप्पो काटेर उत्पादन लिन सकिन्छ । बिउ छरेको ४–६ हप्ता भित्र बोट उखेल्न मिल्ने हुन्छ भने ५–७ हप्तामा पहिलो पटक टुप्पो काटेर उत्पादन लिन सकिन्छ ।

पहिलो पटक टुप्पो काटेको दोश्रो हप्तामा अर्को पटक उत्पादन लिन सकिने हुन्छ र यसरी पहिलो उत्पादन पछि फुल फुल्नु अगाडिको ६० दिन सम्म वा करिब ५–६ पटक सम्म उत्पादन लिन सकिन्छ ।

राम्रो ब्यबस्थापन एक हेक्टरमा ४–६ पटक लट्टेको मुन्टाबाट उत्पादन लिदा सरदर १०–१५ टन सम्म हरियो साग लिन सकिन्छ । यो साग अत्यन्त छिटो ओइलाउने हुनाले तुरुन्त बजार पुर्याउनु पर्दछ वा टिपेर प्लास्टिक भित्र बन्द गरेर फ्रिजमा राख्नु पर्दछ ।

बिउको उत्पादनः
- लट्टेको बिउ धेरै नै सानो (११०० बिउ प्रति ग्राम) हुने हुदा बालि काट्दा र थन्क्याउडा साबधानी उपनाउनु पर्दछ ।

- बालीलाई माडेर हेर्दा बिउ सरर झर्यो भने बालि पाक्यो भन्ने बुझ्नु पर्दछ ।

- बिउको उत्पादन लिदा काट्ने, सुकाउने चुट्ने र छान्ने र निफन्ने गर्नु पर्दछ ।

- लट्टेको फुललाई हसियाले काटेर साना साना फूलहरु लाई छुट्याएर बोरामा राखेर बन्द गर्न सकिन्छ ।

- यसरी बन्द गरीएको बोरालाई २ र ३ घाम सुकाएर लौरिले बोरा बाहिरै बाट चुट्दा दाना र भुस सजिलै अलग हुन्छन ।

- तब मात्र सफा बिउ भण्डारण गर्नु पर्दछ ।

- लट्टेलाई ९५ चिस्यानमा भण्डारण गर्दा ७ बर्ष सम्म पनि उमारशक्ति कायमै गराउन सकिन्छ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार