माछा पालन गर्दा माछालाई विभिन्न किसिकमका प्रतिपक्षिहरु जस्तै मांसाहारी माछा, भ्यागुता, पानी भित्रमा किरा, सर्प, चरा, गगटा, ओत तथा मानिसहरुले प्रत्यक्ष रुपमा नोक्सान गर्ने गर्छ । तसर्थ यिनीहरुबाट बचाउन सके मात्र माछा पालनवाट फाईदा लिन सकिन्छ ।
१. मांसाहारी माछा
मांसाहरी माछा नियन्त्रणको लागी प्रवेशद्वार तथा निकासद्वारमा मसिनो आँखा भएको तार जाली राखी पानी राख्ने र निकाल्ने गर्नु पर्छ ।
मांसाहारी माछा
२.सर्प
सर्प नियन्त्रणको लागी पोखरीको डिल सफा राख्ने, र पोखरीमा सर्पको पासो प्रयोग गर्नुपर्छ ।
सर्प
३.चरा
चरा नियन्त्रणको लागी पोखरीको विच क्रस गरि रंगीविरंगी प्लाष्टिकको रिवन ठांउ ठांउमा वांधि दिनु पर्छ । समय समयमा ठूलो आवाज आउने डांग्रो बजाएर चरा धपाउने ।
चरा
माछा झिक्ने समयः
माछाको बिक्रि वितरण बर्षभरी भए पनि जाडोसमय, मुख्यसमय मानिन्छ । जाडाको समयमा पोखरी वाट माछा निकाल्दा हुने फाईदाहरुः
- जाडोको समयमा माछाको बृद्धि धेरै कम हुने भएकोले बिक्री योग्य माछा पोखरीवाट झिक्दा माछालाई दिनु पर्ने दाना मलको खर्चमा कमि आउछ । - जाडो समयमा अन्य समय भन्दा बढि बिक्रि मुल्य हुने भएकोले माछा बिक्रिवाट वढि फाईदा लिन सकिन्छ । -जाडो समयमा सबै माछा बिक्रि गरि पोखरी खाली गर्न सके नयां माछा राख्न पोखरी तयारी गर्न उपयुक्त समय हुने । यदि पोखरी खाली हुन नसके जुन जात जति संख्यामा निकालीएको हो सोहि जात र संख्यामा अर्को नयाँ माछा राख्न सजिलो हुने| -माथी उल्लेखित तरिकावाट माछा पालन गरेमा प्रति हेक्टर जलाशयबाट बार्षिक ४००० देखि ६००० के.जि माछा उत्पादन गर्न सकिन्छ ।
खाने माछा संरक्षण
माछा मारि सके पछि माछाको आन्दा भुँडी भित्र भएका ब्याक्टेरीया तथा रसायनका कारणले गर्दा माछा चाडै बिग्रेर, गलेर जाँदा गन्हाउने, बेस्वादिलो भएर जान भएकोले त्यसो नहोस भन्नको लागी निम्न कुराहरु गर्नु पर्ने हुन्छ,
- माछा पोखरीवाट झिकेको एक, दुई घण्टा भित्र उपभोग गर्ने हो भन्ने माछाको आन्द्रा भुँडी निकालेर सफा पारी राख्नु पर्दछ | -माछा झिकेको ५–७ घण्टा पछि मात्र विक्रि वा उपभोग गर्ने हो भने माछा लाई सफा पानीले राम्ररी सफा गरि फ्रीज वा वर्फमा प्याक गरि राख्नु पर्छ । -माछालाई लामो समय पछि उपभोग गर्ने हो भने सुकटी बनाएर (घाममा सुकाएर, आगाको रापमा सुकाएर, वा नुनमा सुकाएर) राख्न सकिन्छ |
स्रोत: व्यवसायिक मत्स्य पालना प्रविधि, मत्स्य विकास निर्देशनालय, बालाजु, काठमाडौं|