बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने आलस खेती ?

मंगलबार, असार १९ २०८१
9 views
कसरी गर्ने आलस खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
नेपालमा तोरी बाली पछि सबभन्दा बढी क्षेत्रफल ओगटेको तेलहन बाली मध्ये आलस एउटा हिउँदे बाली हो। यसको वैज्ञानिक नाम Linum usitatissimum L. हो । यो Linaceae परिवार अन्तर्गतको एक वर्षीय विरुवा हो । आलसका खेती गरिने र जंगली गरी करिब १०० प्रजातिहरु रहेका छन् ।

आलसको उत्पति दक्षिण पश्चिम एशिया र युरोपको भूमध्यरेखीय क्षेत्रमा भएको मानिन्छ । आलस तेलको लागि र रेशाको लागि खेती गरिन्छ । अग्लो, हाँगा नहुने जात उच्च गुणस्तरको रेशा उत्पादनको लागि खेती गरिन्छ । अग्लो जातलाई फ्लेक्स भनिन्छ ।

फ्लेक्सको बीउ अलि ठूलो र तेलको मात्रा कम हुन्छ । यो जात खासगरी चिसो ठाउँमा लगाउने गरिन्छ । धेरै हाँगा हुने, बोट होचो र बीउ साना हुने जात तेल उत्पादनको लागि प्रयोग हुन्छ । बीउको रङ हल्का खैरो, पहेंलो र सेतो हुन्छ । आलसको फूलहरुको रङ पनि कुनै सेतो र कुनै निलो हुन्छ ।

आलस नेपालमा करिब ६० हजार हेक्टरमा खेती हुने गरेको थियो । हाल करिब १२२१२ हेक्टर क्षेत्रफलमा मात्र खेती हुने गरेको छ । सम्पूर्ण तराई क्षेत्रमा धान बालीपछि यसको खेती छरुवा अर्थात घुसुवा बालीको रुपमा गरिंदै आएकोछ । यसलाई गहुँ, तोरी आदि खेती गर्न नसकिने सिमान्त जग्गामा लगाउने चलन छ ।

आलसले सुख्खा सहने, खेती गर्न सजिलो, बाहिरी सामाग्री कम आवश्यक पर्ने, रोग कीराको प्रकोप कम हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकोले किसानहरुको आम्दानी बढाउन यसको खेती उपयुक्त देखिन्छ । आलसलाई गरिबको बाली भनेर पनि चिनिन्छ । यसको खेती चोखो वालीको रुपमा, मिश्रित बालीको तथा अन्तरबालीको रुपमा र घुसुवा बालीको रुपमा धान बाली पछि गरिन्छ । सिराहा, सुनसरी, रौतहट, मोरङ्ग, उदयपुर, नवलपरासी, रुपन्देही आदि प्रमुख आलस उत्पादन हुने जिल्लाहरु हुन् ।

महत्व तथा उपयोगिता नेपालमा आलस धेरै जसो खाने तेलको रुपमा प्रयोग गर्ने गरिन्छ । आलसको तेल हेर्दा पहेंलो, खैरो रङको हुन्छ र खादा अलि तितो स्वाद र वासना आउँछ । यसको बीउमा ३३-४७५ सम्म तेल पाइन्छ । आलसको तेलमा
लिनोलेनिक अम्ल (६६५) धेरै हुने भएकोले तुरुन्त सुक्ने गुण हुँदा औद्योगिक प्रयोजनमा खपत हुन्छ।

यसको तेल खासगरी रङ्गरोगन, छाप्ने मसी, प्याड मसी, लिनोलियम, तेलका कपडा आदि बनाउनमा प्रयोग गरिन्छ । आलसको तेललाई १२५०८ तापक्रममा उमालेमा तेल बाक्लो रङमा परिणत हुन्छ । यसको तेल खानामा त्यति उपयुक्त हुँदैन र स्वास्थको लागि अहितकर हुन्छ ।

तर यसको बीउ निकै पौष्टिक हुने भएकोले स्वास्थ्यलाई फाइदा गर्ने हुँदा हल्का भुटेर त्यसै खाने प्रचलन छ । यसको पिनामा ३६५ प्रोटिन पाइने र ८५५ प्रोटिन सजिलै पच्ने हुँदा पशुपन्छीको दानामा उपयुक्त हुन्छ । पिनालाई प्राङ्गारिक मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

पिनामा ५५ नाइट्रोजन, १.४५ फास्फोरस र १.८५ पोटासियम पाइन्छ । तोरी पिना भन्दा महगोमा बिक्छ । यसको डाँठ, हाँगावाट राम्रो गुणस्तरको रेशा तयार हुन्छ ।
यसको रेशा निकै बलियो र खप्ने हुन्छ।

यी रेशाहरु ऊन, सिल्क, कपाससँग मिसाएर कपडा बनाउने, नोटको कागज, दमकलको पानी फाल्ने पाईप बनाउने तथा सेनाका धेरै सामाग्रीहरु बनाउन प्रयोग गरिन्छ। यसको डॉठ, परालबाट कागज तथा प्लाष्टिक बनाउने गरिन्छ ।

हावापानी
आलस उष्ण प्रदेशीय जलवायु देखि शितोष्ण प्रदेशीय जलवायुसम्म खेती गरिन्छ । रेशाको लागि खेती गरिदा चिसो हावापानी उपयुक्त हुन्छ भने तेलको लागि खेती गरिदा न्यानो (गरम) हावापानी उपयुक्त मानिन्छ ।

फूल फुल्ने बेला ३२ डिग्री सेन्टिग्रेट भन्दा बढी तापक्रम हुन गएमा आलसको कोसा बन्नमा व्यवधान पुग्दछ । यसको खेती तराई देखि पहाडका बेसी र टार (७००-८०० मिटर) हरुमा गर्न सकिन्छ । यसको बीउ उम्रन ४-२० डिग्री सेन्टिग्रेट तापक्रम चाहिन्छ ।

आलस वालीले तुसारो सहदैन । यसको खेतीको लागि वार्षिक ४५०-७५० मि.लि. वर्षा आवश्यक पर्छ। धेरै पानी पर्ने क्षेत्र आलस खेतीको लागि उपयुक्त मानिदैन । यसको बीउ बन्ने बेला देखि पाक्ने बेलासम्म सुख्खा मौसम उपयुक्त हुन्छ ।

माटो
आलसको खेती पानी नजम्ने, गहिरो चिम्टाइलो माटोमा राम्रो हुन्छ । बलौटे र पानी जम्ने माटो उपयुक्त हुँदैन । धान खेतको चिस्यान अडिने माटो आलस खेतीको लागि सुहाउँदो हुन्छ । आलस बाली अम्लीय देखि तटस्थ ९५.०- ७.०० पी.एच. मान भएको माटोमा खेती गर्न सकिन्छ ।

बाली चक्र, खेती प्रणाली
आलस प्राय धान पछि हिउँदमा खेती गरिन्छ । अन्य वर्षेवालीसँग पनि बाली चक्र अपनाएर खेती गर्न सकिन्छ । लगातार आलस खेती नगरेर तोरी, चना, मसुरो, गहुँ, जौ बालीसँग बाली चक्र मिलाउँदा दुबै बालीका रोगका जीवाणुहरु नाश हुन पुग्छन्।

आलस चोखो बाली, अन्तरवाली, मिश्रित बाली, घुसुवा बालीका रुपमा खेती गरिन्छ । आलस खेतीबाट बढी मुनाफा प्राप्त गर्न खनजोत गरी मलखाद, सिँचाइ आदि दिई एक्लो चोखो बालीको रुपमा खेती गर्दा ३१ क्विन्टल प्रति हेक्टरसम्म उत्पादन भएको पाइएको छ ।

आलसलाई असिंचित जग्गामा चना, मसुरो, गहुँ, जौ आदिसँग अन्तरबालीको रुपमा (२-३ : १) खेती गर्न सकिन्छ । अन्तरवालीको रुपमा खेती गरिदा कूल उत्पादनमा स्थिरता आई धेरै मुनाफा प्राप्त गर्न सकिन्छ । आलसलाई चनासँग खेती गरिदा चनाको ओइलाल्याउने रोग, कोसा खाने कीराको प्रकोप घटाउन सकिन्छ ।

यसरी चना खेतीको जोखिमबाट बचाउन सकिन्छ । आलसको जरा गहिरो गरी जाने हुँदा चना, मसुरोसंगै खेती गर्दा मलखादको थप आवश्यकता पर्दैन । आलसलाई चना, मसुरो, गहुँ, जौ, सूर्यमुखी, आलुसँग अन्तरबालीको रुपमा खेती गरिदा २-३ लाइन आलस र १ लाइन अरु बाली गरी लगाउन सकिन्छ ।

घुसुवा पद्धतिबाट खेती गर्दा धान फूलेपछि दुध भरिने बेलामा आलसलाई सिधै धान खेतमा छरिन्छ । खेत चिसो भएर जोन्न गाहो हुने खेतमा यो पद्धति उपयुक्त हुन्छ ।

यसरी खेती गर्दा धानको संचित चिस्यानको पूर्ण सदुपयोग हुन आउँछ, तर मलखाद, सिँचाइ, बाली संरक्षण आदिको व्यवस्था गरिदैन त्यसैले उत्पादन निकै कम हुने गरेको छ । आलस खेती अधिकांश धान खेतमा खनजोत वेगर गर्ने गरेको पाईन्छ।

122051620_1832260676915306_3873312369507642712_n.jpg

जमिन तयारी
जमिनको तयारी राम्रोसँग गरी माटो मसिनो पार्नु पर्छ। जमिन सफा र झारपात मुक्त पार्नु पर्छ। राम्रो उत्पादन लिन खेतलाई ३-४ पटक जोती पाटा लगाई मसिनो पार्नु पर्छ ।

बीउ साना हुने भएकोले डल्ला भएमा उम्रिन गाहो हुन्छ । यसरी जग्गा तयारी गरी छरेको खेतमा झारपात कम हुने र आकाशको पानी परेमा पनि चिस्यान केही लामो समयसम्म संचित रहने हुने हुँदा बाली सप्रिन्छ ।

मलखादको प्रयोग
आलसमा रसायनिक तथा प्राङ्गारिक मलको मात्रा मिलाएर हालेमा राम्रो उत्पादन लिन सकिन्छ । मलखाद जग्गाको अन्तिम जोताईमा माटोमा मिलाउनु पर्छ । कुहिएको गोबर मल, कम्पोष्ट मल उपलब्ध भएसम्म जमिन तयारीको बेला प्रयोग गर्नु पर्छ।

सिंचाइको सुबिधा भएको ठाउँमा नाइट्रोजनको आधा र फस्फोरसको पुरै मात्रा जग्गा तयारीको बेलामा राखे र बाँकी आधा नाइट्रोजन पहिलो सिँचाइ गरेपछि यानि छरेको ३५ दिन पछि टपड्रेसिग गर्नु पर्छ । सिंचित जग्गामा ६० के.जी. नाइट्रोजन र ३० के.जी. फस्फोरस, असिंचित जग्गामा ३० के.जी. नाइट्रोजन र १५ के.जी. फस्फोरस प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ।

आलस बालीले नाइट्रोजन मलको असर राम्रो देखाउँछ भने फस्फोरस मलको खास असर देखाउँदैन । तैपनि सन्तुलित मलखादको प्रयोग गर्नु आवश्यक छ। प्राङ्गारीक उत्पादनका लागि भर्मिकम्पोष्ट २५ क्विन्टल प्रति हेक्टरका दरले प्रयोग गर्न सकिन्छ । सिंचित जग्गामा आधा भर्मिकम्पोष्ट जमिन तयारीको बेला र बाकी आधा पहिलो सिँचाइसंगै दिनु पर्छ ।

असिंचित जग्गामा पुरै भर्मिकम्पोष्ट शुरुमा नै जमिन तयारीको बेला प्रयोग गर्नु पर्छ। धान भित्र घुसुबा बाली लगाउँदा आलस बीउ छर्नु भन्दा २-३ दिन अगाडि १० के.जी. नाइट्रोजन अर्थात् २० के.जी. यूरिया प्रति हेक्टर जमिनमा छर्नु पर्छ ।

छर्ने समय
बाली सकभर चाँडो लगाउने। चाँडो लगाउँदा रोग, कीराको प्रकोपबाट बचाउन सकिन्छ । धान काट्नु भन्दा १०-१५ दिन अगाडि मात्र छर्नु पर्छ । आलस छर्ने समय धानको पाक्ने समयमा भर पर्छ। सकभर कार्तिक महिनाभर छर्दा चिस्यान पुग्ने र रोग, कीरा कम लाग्ने हुन्छ । ढिलो छरेमा उत्पादन घट्ने हुन्छ ।

छर्ने दुरी र बीउ दर
खनजोत गरी छरुवा तरिकाबाट खेती गर्दा ३०-४० केजी बीउ प्रति हेक्टर आवश्यक पर्न आउँछ । लाइनमा लगाउँदा २५-३० के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्छ । मसुरो, चना, रायो, जौ सँग मिश्रित खेती गर्दा ४-५ के.जी. बीउ प्रति हेक्टर भए पुग्छ ।

आलसलाई लाइनमा लगाउँदा २०-३० से.मी.को फरकमा लाइन कोरी बीउ छर्नु पर्छ । लाइनमा लगातार बीउ खसाल्ने गर्नु पर्छ । नेपालमा आलस खडा धान भित्र घुसुवा बालीको रुपमा छरिने हुँदा १०-१५ के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्छ ।

आलसलाई छर्दा २-३ से.मी. गहिरोमा पर्ने गरी छर्नु पर्छ । बीउ सकभर कम गहिराईमा मात्र पुर्नु पर्छ । नत्र कम उम्रिने हुन्छ । माटोमा प्रशस्त चिस्यान भए कम गहिरो गरी छर्नु राम्रो हुन्छ । जग्गा तयार गरेपछि सकभर तुरुन्त बीउ छरी हाल्नु पर्छ । अन्यथा चिस्यान घटदै जान्छ ।

बीउ उपचार
बीउबाट सर्ने तथा माटोबाट सर्ने रोगहरुको नियन्त्रणको लागि आलसको बीउलाई बेभिष्टिन १.५ ग्राम वा थिराम ३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर छरे पछि बीउ राम्ररी उम्रने र बोटको आवश्यक सङ्ख्या कायम हुने हुँदा १०-१५% सम्म उत्पादन बढने हुन्छ । प्राङ्गारिक उत्पादनको लागि विषादी प्रयोग नगरी बीउलाई ट्राइकोडर्मा ४ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नु पर्छ।

जातहरु
नेपालमा स्थानीय जातहरुको खेती गरिदै आएको छ । तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाहीमा आलसको जातीय छनोट कार्य शुरु गरिएको छ । हालसम्म कुनै पनि उन्नत जात खेतीको लागि सिफारिस गरिएको छैन ।

छिमेकी मुलुक भारतमा बढी फल्ने जातहरु जस्तै गरिमा, गौरव, हीरा, जीवन, स्वेता, शेखर, रश्मी, निला, मिरा आदि सिफारिस गरिएका छन् । यिनीहरुको उत्पादन क्षमता २०-२५ क्विन्टल प्रति हेक्टर रहेको छ । आलस करिब १३० देखि १५० दिन भित्र बाली पाकेर तयार हुन्छ ।

सिँचाइ
आलसमा २ पटक सिँचाइ गर्न सके उत्पादन दोब्बर हुन सक्छ । तर सिँचाइ गर्दा पानी नजम्ने गरी हल्का सिँचाइ दिनु पर्छ। पहिलो सिँचाइ छरेको ३५ दिन पछि र दोश्रो छरेको ६५ दिन पछि दिनु पर्छ। तीन पटकको सिँचाइ (३५, ५५ र ७५ दिनमा) उत्पादन बढाउन निकै प्रभावकारी सिद्ध भएको छ ।

आलसको हाँगाहरु पलाउने बेला, फूल फुल्ने बेला र बीउ छिप्पिने बेला सिँचाइ आवश्यक हुन्छ । एक पटकमात्र सिँचाइ दिन सक्ने अवस्था छ भने फूल फुल्नु भन्दा अगाडि दिदा राम्रो हुन्छ । नेपालमा आलस आकासे पानीको भरमा खेती गर्ने चलन छ ।

गोडमेल र झारपात नियन्त्रण
छरेको ३५ दिनसम्म बालीलाई झारपातबाट मुक्त राखु पर्छ । आलसको विरुवामा साना साना पात हुने हुनाले जमिन ढाक्न नसक्ने हुँदा झारपातले छिटै ढाक्न सक्छ । झारपातले २५-४०% सम्म उत्पादनमा कमी ल्याउँछ ।

आलसमा झारपात हातले उखेली हटाउनु पर्छ । लाइनमा लगाएको बालीमा २ लाइन बीचमा कुटोले वा मेशिन चालित गोडने यन्त्रबाट झारपात हटाउन (३७) सकिन्छ । बाली चक अपनाउदा पनि झारपातको अलि कम समस्या हुन सक्छ ।

झारपात नियन्त्रण गर्न झारनाशक विषादी आइसोप्रोट्घुरान ७५ डब्लु.पी. १.२५० लिटर ५०० लिटर पानीमा मिसाई बीउ छरेको २ दिन भित्र वा पहिलो सिँचाइ पछि प्रति हेक्टरका दरले सम्पूर्ण जमिनको सतह भिज्ने गरी छर्नु पर्छ ।

प्राङ्गारिक उत्पादनको लागि २ पटक कुटो तथा यन्त्रबाट गोडमेल गरी झारपात व्यवस्थापन गर्नुपर्छ । झारनाशक विषादी प्रयोग गर्नु हुँदैन ।

बाली पाकेको पहिचान, कटानी तथा भण्डारण
आलसको पात सुके पछि जब ९० प्रतिशत जति बोटमा कोसाहरु खैरा, पहेला हुन थाल्छन र कोसा भित्रको बीउ चम्किने हुन्छ तब बाली पाकेको समझनु पर्छ र कटानी शुरू गर्नु पर्छ ।

आलसलाई हँसियाले काटी वा हातले उखेली जम्मा गर्नु पर्छ । काटेको बालीलाई मुठा पारेर खलियानमा ३-४ दिन सुकाए पछि गोरु वा ट्घाक्टरले कुल्चाएर (दाई गरेर) वा लठ्ठीले चुटेर वा थ्रेसरको सहायताले पनि बीउ झार्न सकिन्छ ।

चुटने, थ्रेसिग गर्ने काम सकभर बिहान पख ओस नओवाउदै गर्नु पर्छ। धेरै सुकेको बेला चुटदा बीउको खोस्टामा असर पुग्छ । बाली पाक्ने बेला वर्षा भएमा बीउको चमकमा असर पुग्ने र ढुसीको सक्रमण बढन जाने हुन्छ ।

त्यसैले बाली पाके पछि काट्ने, उखेल्ने गरी हाल्नु पर्छ । बीउलाई सफा गरेर २-३ दिन घाममा सुकाए पछि मात्र भण्डारण गर्नु पर्छ । सुकेको बीउमा करिब ६-१० प्रतिशत चिस्यान कायम हुन आउँछ । सुकेको र चोटपटक नलागेको बीउ १० वर्षसम्म पनि भण्डारण गर्न सकिने र बीउको उमारशक्ति पनि कायमै रहने हुन्छ ।

उत्पादन
असिंचित जग्गामा सरदर २००-४५० के.जी. बीउ प्रति हेक्टर उत्पादन हुन्छ । सिँचाइ सुविधा दिन सके १२००-१५०० के.जी. बीउ प्रति हेक्टर उत्पादन हुन्छ ।

स्रोतः बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर 

थप समाचार