बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तोरी खेती गर्ने तरिका, प्रबिधी र जानकारी

सोमबार, असार २५ २०८१
33 views
तोरी खेती गर्ने तरिका, प्रबिधी र जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
विशेष गरि तेल उत्पादनको लागि खेती गरिने बालीलाई तोरी वाली भनिन्छ । नेपालमा खेती गरिने तोरीबालीमा तोरी जात (तोरी, सस्यूं, रायो) बदाम, सूर्यमुखी, आलस, तिल र झुसेतिल आदि पर्दछन् । तोरी, सर्फ्यू र रायो नेपालका मुख्य तेलहन वाली हुन् ।

तोरी र सस्यूंलाई रेपसीड (Rapeseed)  र रायोलाई मस्टार्ड (Mustard)  भनिन्छ। नेपालको पश्चिम तराई र भित्रि मधेशका जिल्लाहरुमा विशेषतः तोरी खेती गरिन्छ । तोरी जातको उत्पादन उष्णदेखि लिएर ठण्डा प्रदेशीय जुनसुकै हावापानीमा गर्न सकिन्छ ।

यसलाई केहि चिसो तर बिरुवा राम्रोसंग हुर्कने तापक्रम उपयुक्त हुन्छ । यो बालीले तुसारो सहन सक्दैन र फूल फुल्ने बेलामा बादल लाग्यो भने लाही किराको प्रकोप हुन्छ ।


तेलबालीको रुपमा प्रयोग हुने वालीहरु निम्न हुन् :
रेपसीड (Rapeseed): तोरी, सस्यूं, खैरो र पहेंलो तोरी तथा खैरो र पहेलो रंगका वीउ भएका जातहरु हुन्छन् ।

मस्टार्ड (Mustard): रायो अन्यः तील, आलस, झुसेतील, सूर्यमूखि, भटमास, मकै, कपास, बदाम, आदि । नेपालमा यी वालीहरु मध्ये तोरी, सर्फ्यू, रायोको तेल ९० प्रतिशत उत्पादन हुन्छ ।

तेलबालीको महत्व :

- तेल खाद्य पदार्थको रुपमा प्रयोग हुन्छ ।

- पीना प्राङ्गारिक मलको रुपमा तथा वस्तुको आधारमा प्रयोग गरिन्छ ।

- तेल रंग रोगन, साबुन उद्येग, मोबिल ग्रीज, छाला उद्योग आदिको कच्चा पदार्थ हुन्।

- वाली चक्रमा तेलवाली लगाउदा माटोमा सुधार हुन्छ ।

- तेलवालीको पौष्टिक महत्व हेर्दा तोरीमा ४५ प्रतिशत तेल र ३० प्रतिशत प्रोटीन पाइन्छ भने सूर्यमुखीमा क्रमश ५०,२० र झुसेतिलमा ३३ र २० प्रतिशत तेल र प्रोटीन पाइन्छ ।


समस्याहरु :

- तेलहन बालीमा सिफारीश जातहरु र गुणस्तरयुक्त बीउको कमी ।

- असन्तुलित मात्रामा मल प्रयोगले गर्दा शुक्ष्म तत्वहरु क्याल्सियम, सल्फर म्याग्नेसियम तत्वहरुको माटोमा कमी ।

- तेल बालीमा थोप्ले तथा अल्टरनेटिया ब्लाईट रोग लाग्ने र लाही किराको र विभिन्न झार र परजीविको प्रकोप बढी हन्छ ।

- थोप्ले रोग तथा अल्टरनेरिया व्लाईट लाग्ने 

 - तेलबालीमा लाही किराको प्रकोप ।

हावापानी 
तोरी, सर्फ्यू, रायो चिसो हावापानीमा वृद्धि हुन्छन् र कम तापक्रम चाहिन्छ । लामो दिनमा फूल फुल्छ। तुषारो परेमा फूल र कोषाको लागि हानिकारक हुन्छ ।

छरेको २५-५० दिनमा फूल फुल्न सुरु गर्छ र ४५-६५ दिन सम्म फुलिहाल्छ । चिसो भएमा र ४० डि.से.भन्दा बढी तापक्रम भएमा फूल र कोसामा नोक्सान पुग्छ ।

माटो
तेल बाली उत्पादनका लागि हल्का खुकुलो र पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको र मध्यम खालको दोमट माटो सर्वोतम मानिन्छ । माटोको पि एच (PH) मान ६-७.५ सम्म हुनु पर्दछ ।

जमिनको तयारी
तेल बाली उत्पादनको लागि मसिनो र बुर्बुराउदो माटो बनाउनु पर्दछ र यसको लागि ४-५ पटक राम्रोसंग जोतेर माटोलाई बुर्बुराउदो बनाउनु पर्दछ ।

मलखाद
साधारणतया तोरी बालीको लागि ६० केजी नाट्रोजन, ४० केजी फोस्फोरस र २० केजी पोटासियम प्रति हेक्टरका दरले (अर्थात प्रति कट्ठा ३.२ केजी युरिया, ३ केजी डिएपी र २.२ केजी पोटास) प्रयोग गर्न सिफारिस गरिएको छ ।

सिंचित आवस्थामा आधा युरिया तथा पुरा डिएपी र पोटास मल बिउ छर्नुभन्दा पहिले दिनु राम्रो हुन्छ र बाँकी आधा भाग युरिया छरेको २०-२५ दिनपछि पहिलो सिंचाइ दिएर प्रयोग गर्नुपर्दछ ।

तोरी जातको लागि सल्फर आवश्यकता हुने भएकोले नाइट्रोजन मल अमोनियम सल्फेटबाट (Ammonium Sulphate) दिनु राम्रो हुन्छ ।

तोरी बालीमा प्राङ्गारिक मल प्रशस्त हालेमा राम्रोसंग फस्टाउने भएकोले जमिनको तयारी गर्दा प्रशस्त प्राङ्गारिक मलको प्रयोग गरि रासायनिक मलको मात्र घटाउन सकिन्छ ।

जात

1.jpg

रायोका पुसा बोल्ड र कृष्णा गरी दुईवटा जात तराई र भित्री मधेशका लागी सिफारिस गरीएको छ जसको उत्पादन क्षमता ०.९-१.१ (मे. टनरहे) रहेको छ ।

बिउदर र रोप्ने तरिका
छरुवा गरेमा ८-१० के.जी. प्रति हेक्टर र छर्दा तोरीको लागि प्रति हेक्टर ४-५ किलोग्राम प्रति हेक्टर (१.५ बिघाहा) आवश्यक पर्दछ । धेरै गैरोमा बिउ छरेमा राम्रोसग बिउ नउम्रिने हुदा ३-४ से.मी. भन्दा गहिरोमा बिउ रोप्नु हुदैन । बीउलाइ क्याप्टान ३ ग्राम र केजी को दरले उपचार गर्नुपर्छ ।

गोडमेल
तोरी बढ्दै गएपछि तोरीसंग orobancne नामको परजीबी झार (फेदमा फुल जस्तो) आउन सक्छ। यो झार तोरी बालीको लागि ज्यादै हानिकारक हो ।

सलाई होसियारिपुर्वक तोरीको जरा नउखलीने गरि उखेली खाडल खनी गोडीदिने वा जलाई दिने गर्नुपर्छ। अन्य झारपात आएमा उखेलेर फल्नु पर्छ ।

सिंचाइ
सिंचाई सुविधा भएमा पहिलो सिंचाई रोपेको २०-२५ दिनमा र त्यसपछि फूल फुल्ने बेलामा सिंचाई गरेमा उत्पादन राम्रो हुन्छ ।

पृथकता दुरी
तेल बालीहरु परसेचित बालीहरु हुन् तसर्थ मूल विउ उत्पादनको लागि तेल बालीमा २०० मि. पृथकता दुरी कायम राख्नुपर्छ ।

छनोट र बेजात नियन्त्रण
बिउ उत्पादनको लागि जग्गा छनोट गर्दा त्यो जग्गामा अघिल्लो वर्ष बाली लगाएको हुनुहुदैन वा तेही बाली लगाएको भए पनि जात तेही हुनु पर्छ । बिउ उत्पादनमा कार्यक्रम संचालन गर्दा बाली उत्पादनको सम्पूर्ण उन्नत प्रविधिहरु अपनाउनु पर्छ ।

जस्तै उन्नत विउ छर्ने, सिफारिस अनुसारको मलखाद दिने, समय समयमा सिचाई गर्ने, बाली संरक्षण विधी अप्नाउने आदि। विउ उत्पादन गर्दा बालीलाई पटक पटक निरिक्षण गर्नुपर्छ । खसगर बाली छरेदेखि नकटुन्जेल तीन पटक निरीक्षण गर्नु राम्रो हुन्छ ।

- पहिलो पटक (फुल फुल्ने बेलामा)
यस अवस्थामा खेती घुमी अन्य बालीहरूको बोटलाई उखाली फाल्नुको साथै सोहि बालिको अन्य जात र झारपातका बोट बिरुवाहरु समेत उखेल्नु पर्छ ।

- दोस्रो पटक (कोसा लागेको बेलामा)
यस अवस्थामा अवान्छित बोटहरु निकाल्नुको साथै अन्य बाली र झारपातको छुटेको बोटहरु उखेल्नुपर्छ ।

- तेस्रो पटक (बाली पाक्ने वेलामा)
यो अन्तिम निरीक्षण भएकोले बाकी रहन गएमा अनावश्यक विरुवा, झार झिकि दिनुपर्छ । यस प्रकार निरीक्षण गरिसकेपछि बालीमा कोसाहरु पहेलो हुन थालेमा उखाली ३-४ घाम सुकाई चुट्ने र चुटिसके पछि बिउलाई ३-४ घाममा सुकाउनुपर्छ ।

सुकाइ सकेको विउलाई राम्रोसंग केलाई, नराम्रो र सानो सानो दाना लाई छाटी राम्रो राम्रो दानालाई मात्र बिउ को लागि भण्डारण गर्न राम्रो हुन्छ ।

तोरीबालीमा लाग्ने प्रमुख रोग किरा र तिनको व्यवस्थापन

थोप्ले रोग '(Alternaria Brassicae) 
यो रोग तोरी सस्यूं, बाहेक cruciferae परिवारका अन्यबालीु जस्तै काउली, मुला, रायो आदि सबैमा लाग्दछ ।

लक्षण
यो रोग सामन्यतया पातबाट सुरु हुन्छ । पातहरुमा खैरा गोलाकार थोप्लाहरु देखापर्दछ । पछि यी थोप्लाहरु एक आपसमा जोडिएर ठुला ठुला धब्बा बन्दछन । कोशामा यो रोग लागेमा गोलाकार खैरो थोप्लाहरु देखिन्छन । रोगी बिउ साना र चाउरिएका हुन्छन् । बिरुवाको जुनसुकै अवस्थामा रोग लागेपनि उत्पादनमा निकै ह्रास आउछ ।

व्यवस्थापन
- स्वस्थ विरुवाबाट उत्पादित बिउ मात्र लगाउने र बिउ लगाउदा (Mancozeb) विषादी प्रति के.जी. २ ग्रामका दरले उपचारित बिउ लगाउने ।

- रोगि बिरुवा तुरुन्त रोगिंग गरि हटाउने र वाली चक्र अपनाउने ।

धुले ढुसी रोग

लक्षण
मुख्य लक्ष्यहरु पुराना पातहरुको दुवै भागमा मैलो सेतो पिठो जस्तो धब्बाहरु देखिन्छ र पछि विरुवाका सबै भागहरु ढाक्छ । कोसा लाग्नुभन्दा पहिला यो रोग लागेमा चाउरि परेको बिउ हुन्छन् जसमा तेल साहै कम हुन्छ ।

व्यवस्थापन
केराथेन (Karathane) २ मि.लि प्रति लि. पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक छर्ने ।

तेलहन बलीमा लाग्ने मुख्य किराहरु

तोरीको कारौते भिंगा (Mustard Sawfly, Athalealugens)

यो तेलहन बालीहरुमा प्रारम्भिक अवस्थामा लाग्ने सबैभन्दा बढी विनाशकारी किरा हो र यसले गर्दा उब्जनीमा २०-३० प्रतिशत ह्रास हुनसक्छ । बयस्क माउ घरयसी भिंगा जस्तै हुन्छ ।

टाउको र पखेटाहरु कालो तर शरीर पहिलो हुन्छ । लार्भे २५ मि. मि. लामो र शरीरमा ५ ओटा लामा धर्षाहरु हुन्छन् । लार्भे चुड्दा आफै बेरिएर भुइमा झर्छन् ।

क्षतिको प्रकार
लार्भेले कलिलो बाली बोटमा आक्रमण गर्दछन् । लार्भेले पात खाँदा पातमा प्वाल पार्दछन । बढी आक्रमण भएमा पुरै पात खान्छ । बिहान र साझ यिनीहरु बढी सकृय हुन्छन् ।

व्यवस्थापन
- माउ भिंगाले पारेका फुल भएमा पात टिपी नष्ट गर्ने र लार्मेलाई सावधानी पुर्वक टिपेर नष्ट गर्ने ।

-  निममा आधारित किटनाशक छर्कनु बेस हुन्छ ।

- मालाथियन (Malathion) ० १ मि. लि. विषादी प्रति लि. पानीमा राखी २-३ पटक ७ दिनको अन्तरमा छर्ने ।

बन्दाको पुतली
पुतली सेतो हुन्छ । आगडिको पखेटाको टुप्पा कालो र दइ ओटा काला बिन्दु पनि हुन्छन् । लार्भाहरु निलो र हरियो रंगका हुन्छन् । शरीरको लम्बाई भरि ३ ओटा पहेला धर्षा हुन्छन् । शरीरभर काला थोप्ले रौहरु हुन्छन् ।

व्यवस्थापन
- पातमा भएका अन्डाका थुप्रोहरू टिपेर नष्ट गर्ने

- Apantales glomeratus (वकोनिड बारुलोले) यसको लार्भेहरुको सिकार गर्छ।

- Malathion १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।

लाहीकिरा

यो हरियो रंगको हुन्छ । बयस्क पोथीले फुलको सट्टा बच्चा पैदा गर्छन। बच्चा १ हप्तामा बयस्क हुन्छन । माउ र बच्चा दुवैले कलिलो पात र मुन्टाबाट रस चुसेर खान्छन् ।

व्यवस्थापन
- उपयुक्त समयमा रोपण गरेमा लाहीकिराको प्रकोपबाट बालीलाई बचाउन सकिन्छ।

- खेतबारीमा सिकारी किराहरु (Lady bird bettle, Syrpid fly)  हरुको पालन गर्ने जसले लाही कीरालाई खान्छन् ।

- गाइभैसीको गहुत, सुर्ती, साबुनको झोल आदि घरेलु विषादीको प्रयोग गर्ने ।

- रोगर १ मि.लि प्रति लि. पानीमा मिसाई छर्ने ।

उत्पादन
हालको औसत उत्पादन (तोरी, सस्यूं, रायो) ०.८ टन देखि १.५ टन प्रति हेक्टर छ ।

स्रोतः क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, बाँके

सम्बन्धित विषय

थप समाचार