बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

व्यावसायिक पशुपालनका लागि घाँस संरक्षणको प्रमुख विधि

शुक्रबार, साउन ४ २०८१
12 views
व्यावसायिक पशुपालनका लागि घाँस  संरक्षणको प्रमुख विधि

समाचार शेयर गर्नुहोस्

Share this news

१. विषय प्रवेश

वर्षातको  समयमा वढी भएको हरियो घाँसलाई संरक्षण गरी हरियो घाँसको अभाव हुने समयमा पशुलाई खुवाउन सकिन्छ । कुनै पनि घाँस प्राकृतिक होस वा खेती गरिएको दुवै थरी घाँस बढी भएको समयमा विभिन्न रुपमा संरक्षण गरी पछि घाँसको अभाव भएको समयमा खुवाउन संरक्षण गरी राखिन्छ । यसरी तयार गरिएको घाँसलाई हे, साइलेज र हेलेज भनिन्छ । हाम्रो देशको उच्च पहाडी क्षेत्रमा जहाँ वर्षको करिब छ महिना वढी चिसोको कारणले हरियो घाँस उत्पादन हुँदैन र यस्तो अवस्थामा कृषकहरूले वर्षातको समयमा बढी भएको घाँसलाई सुकाएर हे बनाएर खुवाउने चलन छ । कर्णाली प्रदेशमा यसरी सुकाएर राखिएको घाँसलाई गाँजो भन्ने चलन छ । यस्तै अन्य क्षेत्रमा पनि स्थानीय नामबाट हे बनाउने र खुवाउने चलन छ । तराई तथा मध्यपहाडी क्षेत्रमा वर्षात बढी हुने हुँदा कृषकहरूलाई साइलेज बनाउँदा फाइदा हुन्छ । व्यावसायिक डेरी फार्मिङ गर्ने कृषकहरूका लागि साइलेज बनाउन राम्रो हुन्छ । यसबाट वर्षभरि एकैनास पशुपालन गरी फाइदा लिन सकिन्छ ।

२. हे (Hay) : 

घाँसलाई हरियो, कलिलो र पौष्टिक तत्व बढी भएको अवस्थामा काटेर त्यसमा भएको पौष्टिक तत्व नष्ट नहुने गरी पानीको मात्रा सकाएर १०-५ प्रतिशतमा झारी लामो समयसम्म संरक्षण गर्न सकिने गरी बनाएको घाँसलाई हे भनिन्छ ।

 "Hay is the name given to such a grass which has been dried and maintain 10 to 15% moisture and stored under conditions without the loss or it's nutrients and orginal green colouration."

हे बनाउनुको मुख्य उद्देश्य हरियो घाँसको अभाव भएको अथस्थामा पशुलाई खुवाउनको लागि घाँसमा घाँसलाई संरक्षण गरी राखु हो। हे वनाउनका लागि घाँसलाई फूल फूल्नु अगावै वा फूल लाग्ने बेलामा काट्नु सबैभन्दा उत्तम हुन्छ । हे बनाउनका लागि घाँस काट्दा पारिलो घाम भएको दिन घाँस काट्नुपर्दछ । जै घाँसबाट सबैभन्दा राम्रो हे वनाउन सकिन्छ । वरसिम र बोडीबाट हे बनाउन सबैभन्दा कठिन हुन्छ । साधारणतया जै घाँसबाट बनेको हेमा ९.६ प्रतिशत प्रोटिन तथा ४५-६० प्रतिशत TDN पाइन्छ । 

 २.१ हे उत्पादन गर्ने सिद्धान्त (Principle of Hay production ) : 

घाँसमा भएको पानीको मात्रालाई १० देखि १५ प्रतिशतसम्म घटाई कुनै पनि रासायनिक प्रक्रियाविना सुरक्षित साथ लामो समयको निम्ति भण्डार गरेर राखु । घाँसमा भएको पौष्टिक तत्वलाई यथोचित मात्रामा संरक्षण गरी राखु, वर्षाको पानीबाट नष्ट हुन नदिनु र सुकेको घाँसका पातहरू कम मात्रामा नोक्सान हुनबाट बचाउनु । राम्रोसँग तयार पारिएको हेले दूध उत्पादनलगायत अन्य उद्देश्यको निम्ति पालिएको पशुहरूलाई हरियो घाँसले जस्तै पौष्टिकता लिने । हरियो घाँस उपलब्ध नहुने समयमा र उपलब्ध भएमा पनि पानीको मात्रा बढी भएको अवस्थामा पशुहरूलाई सुक्खा चिजको आवश्यकता पूरा गर्न ।

 २.२ मसल हे मा हुनुपर्ने गुणहरू : 

पातको मात्रा बढी भएको बालीबाट हे बनाएको हे राम्रो हुन्छ । फूल फूल्ने वा पोटाएको अवस्थामा काटेको घाँसबाट बनेको हे राम्रो हुन्छ । हे हरियो, नरम हुनुपर्छ, धुलो तथा ढुसीरहित हुनुपर्दछ । पानीको मात्रा १५ प्रतिशतभन्दा कम हुनुपर्दछ । जुन बालीबाट बनाइएको हो त्यसैको बास्ना आउने खालको हुनुपर्दछ । झारबालीका ठुटाठुटीरहित हुनुपर्दछ । . ९ देखि १० प्रतिशत कच्चा प्रोटिन (CP), २५ देखि ३० प्रतिशत क्रुड फाइबर (CF) र ४५ देखि ६० प्रतिशत कुल पाच्य पदार्थ (TDN) हुनुपर्दछ । असल हे हरियो रङ्गको हुनुपर्दछ । यसमा भिटामिन एको मात्रा प्रशस्त पाइन्छ र घाँसमा सुकाएको हुँदा भिटामिन डी पनि पाइन्छ ।

२.३ घाँस काट्ने : 

हे बनाउने घाँस जहिले प नि शीत ओभाइसकेपछि मात्र काट्नुपर्दछ । घाम लागेको दिनमा घाँस काट्ने र मुष्ठा बनाई खेतवारी वा कान्लामा सुकाउनुपर्दछ । तर जमिन चिसो हुनु हुँदैन । जमिन चिसो भएमा घाँस राम्रोसँग सुक्न पाउँदैन । हे  बनाउनको लागि जब घाँस १० प्रतिशत जति फुल्दछ त्यसपछि मात्र घाँस काट्न उपयुक्त मानिन्छ । यदि कलिलो घाँस काटेर हे बनाइयो भने प्रोटिन धेरै हुनुको साथै भिटामिन बढी हुन्छ र हे को परिमाण भने कम हुन्छ ।

२.४ घाँस चुकाउने तरिका : 

विभिन्न देशमा विभिन्न तरिकाद्वारा घाँस सुकाई हे उत्पादन गरिन्छ तर हाम्रो जस्तो मौसमी वर्षामा भरपर्ने देशमा वर्षाको समयमा मात्र प्रशस्त घाँस उत्पादन हुने हुनाले छायामा सुकाई हे तयार पार्न निकै गाह्रो हुन्छ । हे बनाउने प्रक्रियालाई यस प्रकार उल्लेख गर्न सकिन्छ । घाँस काटेर खेतबारी वा कान्लामा फिँजाएर सुकाउने । घाँस काटेर सानासाना मुष्ठा पारेर पर्खाल वा छानामा सुकाउने । मुठ्ठा बनाएर डोरीमा गोठभित्र छहारीमा सुकाउने । हे वनाउने घाँसलाई सिधै सूर्यको प्रकाशमा सुकाउनु हुन्न । यसबाट घाँसमा भएको पोषक तत्व न्यून हुने सम्भावना रहन्छ । उपरोक्त तरिकाहरूमध्ये मुठ्ठा बनाएर डोरी टौगी झुन्डघाएर सुकाउने तरिका उत्तम हो । यसरी तयार पारिएको हेलाई हिउँदमा जब हरियो घाँसको अभाव हुन्छ । त्यस समयमा प्रति जनावर सरदर ५ किलोग्रामका दरले खुवाउन सकिन्छ । हे बनाउने घाँस काट्ने पहिलो दिन घाममा सुकाउने र त्यसपछि छहारीमा नै सुकाएर राखाले पोषण तत्व नघट्ने र हे घाँस हरियै अवस्थामा रहिरहन्छ ।

 २.५ हे का किसिमहरू : 

क) कोशेवालीबाट बनाएको हे (Legume Hay) :

कोशेवालीका घाँसहरूबाट बनाएको हे लाई लेगुम हे (Legume Hay) भनिन्छ । जस्तै वर्षिम, भेच, स्टाइलो, हाइट क्लोभर आदि । Legume Hay मा प्रोटिन, भिटामिन र खनिज तत्वहरू मात्रा बढी हुने र पशुहरूले रुचाएर खाने भए तापनि यसमा कार्बोहाईड्रेटको मात्रा कम हुन्छ ।

ख) अकोशेवालीबाट बनाएको हे (Non-Legume Hay) :

कोशेबालीबाहेक अन्य घाँस अर्थात अकोशे घाँसबाट बनाएको हे लाई Non-Legume Hay भनिन्छ । यस्ता हेमा पौष्टिक तत्वहरू कम हुन्छन् । तर कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ ।

ग) मिश्रित हे (Mixed Hay):

कोशे र अकोशे घाँसको मिश्रण गरी बनाएको हे लाई मिश्रित हे (Mixed Hay) भनिन्छ । यस प्रकारको हेमा पोषक तत्वहरू सन्तुलित हुने हुँदा दूध उत्पादन बढी हुन्छ ।

२.६ हे बनाउँदा हुने सुक्खा पदार्थको नोक्सानी : 

ओइलाउँदा र सुकाउँदा ४-१५ प्रतिशत पात झरेर २-५ प्रतिशत धर्षाको पानीको चुहावटबाट २-३ प्रतिशत -

३. साइलेज (Silage) : 

घाँस प्रशस्त मात्रामा पाइने बेलामा धेरै नछिप्पिएको कलिलो अवस्थामा घाँसलाई काटेर टुक्रा पारी खाडलमा खदिर हावापानीबाट बचाई उचित प्रविधिबाट अक्सिजनको सम्पर्कबिना न सूक्ष्म जीवाणुद्वारा अम्लपैदा भई (Fermantation) गराई लामो समयसम्म संरक्षण गरी राखिएको घाँसलाई साइलेज भनिन्छ ।

The green fodder is preserved in it's succulent stage in side a silo pit is called "siloing or Ensiling" and product thus formed is called silage.

वा यसलाई घाँसको अभाव हुने समयमा १२ देखि १८ महिनासम्म प्रयोग गर्न सकिन्छ । साइलेज ३० देखि ४५ दिनमा नै तयार हुन्छ र यसलाई सामान्य तय २-३ महिनापछि अथवा हरियो घाँसको उपलब्धता कम हुने हिउँदको सुक्खा समयमा तु पशुबस्तुलाई खुवाउन सकिन्छ । यसलाई हावापानी पस्नबाट न बचाउन सकेमा १२ देखि १८ महिनासम्म संरक्षित रूपमा राख सकिन्छ। एक घनमिटर खाल्डोमा ४०० देखि ७०० किलोग्राम हरियो घाँस साइलेजको रूपमा संरक्षण गर्न सकिन्छ। 

३.१ साइलेज बनाउने तरिका (Method of silage making)

 १) खाडल बनाउने (silo pit making) : साइलेज बनाउने तरीकाहरूमध्ये खाडलमा साइलेज बनाउने पनि एक तरिका हो । सामान्यतया साइलेज बनाउन खाडल निर्माण गर्दा ५ फिट गहिरो, ४ देखि ५ फिट पिँधको व्यास र खाडलको मुखको व्यास ६ देखि ७ फिट गोलकार हेर्दा सोली आकारको हुनु पर्दछ । पशुको संख्या बढी भएमा वा वढी परिणाममा साइलेज बनाउन परेमा यसको व्यास बढाउन सकिन्छ।
२) घाँसको छनौट (Grass selection) :  सामान्यतय मोटो डाँठ हुने र डाँठका केही मात्रामा गुलियोपना हुने घाँसहरू जस्तैः मकै, सुडान, टियोसेन्टि, सरगम, नेपिएर आदिबाट राम्रो साइलेज बनाउन सकिन्छ । मकै र सरगमबाट उच्चकोटिको गुणस्तरीय साइलेज बन्दछ । प्रोटिनभन्दा कार्बोहाइड्रेट बढी हुने घाँसबाट साइलेज बनाउन राम्रो हुन्छ । . साइलेज बनाउने घाँसमा ३५ देखि ४० प्रतिशत सुक्खा पदार्थ र ६० देखि ६५ प्रतिशत पानीको मात्रा हुनुपर्दछ । . साइलेज बनाउनका लागि घाँस काट्दा फूल फुल्ने अवस्थामा काट्नुपर्दछ ।

३.1) साइलेज बनाउने तरिका (Making procedure) : 

खाडल बनाउने  : 

साइलेज बनाउने घाँसलाई ओइलाएर ६० देखि ६५ प्रतिशत चिस्यानमा कायम गरी २ देखि २.५ इन्चसम्म टुका पार्ने ।  खाडलको पिँधमा प्लाष्टिक वा केराको पात ओछपाउनुपर्छ । टुक्राटुक्रा काटेका घाँसहरू खाडलमा राखेर सकभर छिटोछिटो कसिलो हुने गरी खादै गर्दा तहतह परेर बस्दछ र हावा वाहिर निस्कन्छ। यसरी दिनदिनै काटेको घाँसलाई सकेसम्म कम समयमा खाडलमा पुर्ने काम गर्नुपर्दछ । साइलो पिट भरिसकेपछि माथिवाट पानी तथा हावा नछिर्ने गरी मुख प्लाष्टिक वा केराका पातहरूले नै राम्ररी छोपी १२ देखि १५ सेमीसम्म माटोले चारैतिर छोपेर माटोले लिप्नुपर्छ। माथिवाट ढुङ्गा, मुढा, ईंटा आदिले थिच्नुपर्दछ। राम्रो साइलेज बन्नका लागि ३० देखि ३८ डिग्री सेन्टिग्रेडसम्म तापक्रमको आवश्यकता पर्ने हुन्छ र हावा तथा पानी छिर्यो भने साइलेजको गुण विग्रन सक्छ । राम्रोसँग तयार भएको साइलेज लामो समयसम्म पनि विग्रँदैन । सामान्यतया साइलेज एक महिनामा तयार हुन्छ ।

४) राम्रो साइलेजमा हुनुपर्ने गुणहर

. सामान्य तया राम्रो खालको साइलेज समाउँदा नरम, रसिलो, सँड्दा अमिलो मिठो बासना आउने गाडा खैरो वा हल्का पहेंलो रङ्गको हुनुपर्दछ ।

• साइलेजको पिएच. ३.८ देखि ४.२ सम्म हुनपर्छ । कुहिएको गन्हाउने, ढुसी परेको च्यापच्याप भएको हुनु हुँदैन ।

साइलेजबाट हुने फाइदाहरू : 

साइलेज घाममा सुकाउनु नपर्ने भएकाले वर्षा याममा पनि बनाउन सकिन्छ । मकैको टुप्पो, उखुको टुप्पो जस्ता मोटो डाँठ भएका घाँसपातबाट साइलेज बनाउन सकिन्छ । साइलेज हरियो घाँसको बढी उपलब्धता हुने समय खास गरी वर्षा याममा बनाइन्छ र १ महिनामा तयार हुने भए पनि उक्त समयमा प्रशस्त ताजा हरियो घाँस नै पाइने हुनाले हिउँदको समयमा साइलेज खुवाउँदा यसको उपयोगिता बढ्छ । हरियो घाँसलाई संरक्षण गर्दा कम ठाउँको आवश्यकता पर्दछ । . झारपातलाई पनि साइलेज को रूपमा उपयोगमा ल्याउन सकिन्छ साथै धेरै जसो झारपातको बीउ सडेपछि उमार शक्ति नष्ट हुन्छ र झारपात नियन्त्रण गर्न मद्दत पुर्याउँछ । साइलेज वनाउँदा भिटामिन ए बन्ने तत्त्व क्यारोटिन कम मात्रामा नष्ट हुन्छ ।

 ३.३ साइलेज बनाउँदा हुने नोक्सानी : 

पिँध, भित्तामा टाँसिएर र ढुसी परेर कुहिने घुलन शील तत्त्वहरू चुहिएर पानी र ग्याँसको फर्मेन्टेसन प्रक्रियाद्वारा ४-१३% ३-१०% ५-१०% ४. सारांश गुणस्तरीय पशुपालन भनेको समग्र पशुहरूलाई प्राकृतिक स्वभावअनुसारको क्रियाकलापमा अवरोध नहुने र स्वाभाविक तरिकाले वढ्न र हुर्कन सक्ने, प्रजनन तथा वृद्धिका लागि हर्मोनहरूको प्रयोग नभएको, पशु उत्पादनमा यस्ता रसायनको अवशेष (residue) स्वीकृत मापदण्डभन्दा अधिक नभएको र प्रमाणीकरण निकायबाट (Certification body) प्रमाणित भएको पशु तथा पशुजन्य उत्पादन हो, जसले कृषि इकोसिस्टम र मानव स्वास्थ्यको प्रवर्द्धन गर्दछ ।

प्राङ्गारिक कृषि प्रणालीका सन्दर्भमा खाद्यचक (food-cycle) व्यवस्थापन, प्राङ्गारिक पुनः प्रयोग (organic recycling), कृषिजन्य उपउत्पादनहरू (by- product) को सदुपयोग र माटो, जैविक विविधता तथा वातावरण संरक्षणका दृष्टिले पशुपालन व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ । पशुपालनमा पशुपन्छीहरूको सन्तुलित आहार एवं शारीरिक तन्दुरुस्ती र पर्यावरणीय सन्तुलनको महत्वपूर्ण स्थान रहन्छ ।

आन्तरिक एव वाहा बजारमा गुणस्तरीय खाद्य वस्तु एवं अन्य कृषि तथा पशुजन्य उपजहरू माग दिनानुदिन बढदै गैरहेको, देशका अधिकांश जनता कृषि पेसामा आधारित भएका र विश्वमा फैलिएको कोभिड १९ को कारण रोजगारी गुमाई हजारौं युवाहरू स्वदेश फर्किएको परिप्रेक्षमा प्राङ्गारिक पशुपन्छी उत्पादन तथा प्रशोधनबाट कृषक वर्गको आयआर्जनमा वृद्धि हुनुको साथै परम्परागत ज्ञान, सीप र कलाको सरक्षण, पशुपालनमा उत्पादकत्व वृद्धि गरी आनुवंशिक तथा जातीय विविधताको संरक्षण गर्न पशुआहारा महत्वपूर्ण हुने भएकाले न पशुपालन व्यवसायमा पशुआहारको निकै महत्वपूर्ण भूमिका रहिआएको हुन्छ ।

कुल सन्धालन उत्पादन लागतको करिव स६५ प्रतिशतदेखि ७० प्रतिशतं पशुआहारमा खर्च हुने गर्दछ । ए यसैले, प्रशस्त मात्रामा घाँस पाइने समयमा त्यस घाँसलाई ले संरक्षण गरी घाँसको अभाव भएको समयमा उपयोग गर्दै ना पशुआहाराको सन्तुलन मिलाउन नितान्त जरुरी देखिन्छ ।

सन्दर्भ सामग्रीहरू :   प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्डसम्बन्धी निर्देशिका, २०६४ (संशोधन २०६५), . पौडेल, रुद्रप्रसाद, व्यावसायिक गाईभैसीपालन प्रविधि, केन्द्रीय गाईभैसीपालन प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर, नेपाल, २०७३. . बन्जाडे, बलारामकृष्ण, गुडविल एकीकृत कृषि ज्ञान ।

सम्बन्धित विषय

थप समाचार