बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

विना खनजोत गहुँ खेती

सोमबार, साउन ७ २०८१
28 views
विना खनजोत गहुँ खेती

समाचार शेयर गर्नुहोस्

Share this news

विना खनजोत गहुँ खेती भनेको के हो ?

विना खनजोत गहुँ खेती भन्नाले धान काटिसकेपछि जग्गा नजोति कनै ट्याक्टरबाट चल्ने जिरो टिलेज मेसिनबाट चित्रमा जस्तै) सिधै लाइनमा गहुँ छर्ने प्रविधि हो। यस प्रविधिबाट गहुँ लगाउँदा जिरो टिलेज मेसिनसंगै जोडिएको फालीले माटोमा चिरा पार्दै उक्त मेसिनसगै बाक्सामा राखिएको मल तथा बीउ समान रूपले खसाल्दै अघि बढ्छ। उक्त मेसिनले बीउ तवा मलको मात्रा मिलाउन सक्ने हुनाले आवश्यक मात्रामा मल-बीउ लाइनमा खसाउन सकिन्छ । जसले गदां मल, बीउ खेर जादैन र वालि एकनाशले उम्रन्छ।

विना खनजोत गहुँ लगाउँदाका फाइदाहरू

• जमिन तयारी गर्दा लाग्ने खर्चको वचत साथै मलखाद र बीउको पनि राम्रो सदुपयोग हुन्छ ।

• बढी चिसो भईसमय मै जोत्ने नसकि गहुँ ढिलो लगाउनुपर्ने जग्गामा यस प्रविधिबाट समयमै गहुँ लगाउन सकिन्छ । जसले गदा उत्पादनमा वृद्धि हुन्छ ।

• पहिलो सिचाईको बेला जोतेर छरेको खेतमा भन्दा विना खनजोत गरिएको खेतमा कम पानी लाग्छ । साथै चिम्ट्यारइलो माटोमा पानी लगाइसकेपछि गहुँको पात पहेलिने समस्या कम हुन्छ ।
 गहु, समयमै छर्न सकिने हुँदा, गहुँ पाक्ने समयमा पश्चिामी तातो हावाको असरले दाना चाउरिनबाट जोगिन्छ र उत्पादन बढ्छ ।

• कम जोताइ हुने र इन्धन कम लाग्ने हुनाले वातावरणमा कम प्रदुषण हुन्छ ।

विना खनजोत गहुँ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू : 

जग्गाको छनोट : यस प्रविधिबाट गहुँ लगाउँदा जमिनमा प्रशस्त चिस्यान हुनुपर्दछ । ट्रयाक्टरको पांग्रा नचिप्लने वा नसिने भएमा बढी चिस्यान भएपनि गहुँ लगाउन सकिन्छ । खेत सम्म परेको र झारपातरहित हुनुपर्दछ ।

बीउको छनोट : सकेसम्म उन्नछत जातको सिफारिस बीउ भरपर्दो निकायबाट किनेको हुनुपर्छ । बीउ एकनाशको, झारपातको बीउ नमिसिएको, रोगकिराबाट मुक्त हुनुपर्छ । उपचार गरिएको बीउ मात्र प्रयोग गर्नुपर्छ ।

मलको छनोटः जिरो टिलेज मेसिनबाट डि एपी मल मात्र छर्न सकिन्छ । धुलो भएको डिएपी मल मेसिनमा प्रयोग गर्नु हुँदैन । अन्यथा खेतमा मल एकनाशले पर्दैन र उत्पादनमा असर पुग्छ । अन्य मलहरू जस्तै गोठेमल, युरिया र पोटास हातले छर्नुपर्दछ ।

बीउ र डि.ए.पी. को दर मिलाउने (क्यालिब्रेशन) : जिरो टिलेज मेसिनबाट गहुँ तथा डि ए पी मल झर्ने दर मिलाउन सिडड्रिलबाट पहिले बीउ र मल झारेर हेर्नु पर्दछ । सामान्यतया एक कट्ठामा ५ किलो बीउ,  ३-३५ किलो डिएपी पर्ने गरि मेसिनलाई सेट गर्नपर्दछ । ठूलो दाना हुने गहुँको जातमा भने ५-६ किलो प्रति कष्ड्डा बीउ आवश्यक पर्दछ ।

बीउको गहिराइ तथा लाइनको दूरी : माटोमा बीउ उम्रनका लागि आवश्यक चिस्यान हुनुपर्दछ । खेतमा प्रशस्त चिस्यान भएमा (टेक्दा पाइलाको डाम वस्ने हुनुपर्छ। करिव १ इन्च र कम चिस्यान छ भने २ इन्चसम्म गहिराइमा बीउ छर्नुपर्छ । धेरै गहिरोमा गहू छरेमा बोट मसिनो हुने र गाँज कम लाग्छ । एक लाइन देखि अर्को लाइनको दूरी २० सेमि हुनुपर्छ ।

नोटः गह छरिसकेपछि पाटा लगाउनु हुँदैन ।

मलखाद व्यवस्थापन : एक विधामा ७ किलो डिएपी १२० किलो युरिया र ५५ किलो पोटास मल छर्नु पर्दछ । बिना खनजोत गरिएको खेतमा गहुँ छर्ने बेलामा युरिया छर्दा नोक्सान हुने भएकोले गहुँ छरेको २०-२५ दिनमा पहिलो पटक र ४०-४५ दिनमा दोश्रो पटक प्रति कठ्ठा ३/३ किलोका दरले छर्नुपर्छ । पोटासको पूरे मात्रा गहु जर्ने समयमा खेतमा छर्नु पर्दछ । प्राङ्गारिक मल प्रशस्त मात्रामा हालेको भए रासायनिक मलको मात्रा घटाउन सकिन्छ ।

झारपात व्यवस्थापन : विना खनजोत छरिएको गहुँमा बढी मात्रामा झारको समस्या देखिएमा झारको किसिम हेरी विषादी प्रयोग गर्न सकिन्छ । चौडापाते झार जस्तैः बेथे, सत्यानाशी बढी देखिएमा २, ४ डी सोडियम साल्ट (१० प्रतिशत) २० लिटर पानीमा ४० ग्राम विषादी मिसाई धोल तयार पार्ने र गहुँ छरेको ३० देखि ३५ दिनभित्र एकनाशले विषादी छर्नु पर्दछ । करीब २० लिटरको घोलले १ कठ्ठालाई पुग्दछ । साँघुरो पाते झार जस्तै गहुँको मामा (रगते भार) र जंगली जै नियन्त्रणका लागि लिडर (सल्फोसल्फ्युरान ७५ डब्लु जी) विषादी प्याकेटमा दिएको निर्देशन बमोजिम छर्नुपर्दछ । मामा झारको समस्या बढी देखिने ठाउँमा गहुँको सट्टा अन्य बालीहरू जस्तै मुसरो, आलु, तोरी, सस्यूं आदि फेरेर लगाउँदा अर्को रिजनमा समस्या कम भएर जान्छ।

नोटः यस प्रविधिबाट गहुँ लगाउँदा गहुँको मामा र बेये कारको प्रकोप कम हुन्छ ।

संचाई व्यवस्थापन : सामान्यतया गहुँ छरेको २०-२२ देनमा पहिलो सिंचाई गर्नुपर्दछ । तर विना खनजोत गरिएको जमिनमा पर्याप्तछ चिस्यान छ भने २०-२२ दिनमा पानी दिनु पर्दैन । चिस्यान भएको बेला सिंचाई गर्दा गहुँ पंहेलिन्छ। सिचाई नगरे पनि युरिया मल भने छर्नु पर्दछ । सिचाई सुविधा उपलब्ध भएसम्म हलुका माटो भएको खेतमा गहुँ छरेको ४०-४५ दिनमा दोश्रोपटक  मुल जरा आउने समय, गाँज हाल्ने बेला, फूल फुल्ने समयमा, माटोमा चिस्यानको कमी भएमा उत्पादनमा ह्रास आउँछ ।

बाली काट्ने र झार्ने : गहुँको बाला पहेलो भएको अवस्थामा दाना टोक्दा कुटुक्कअ आवाज आएमा गहुँ काट्न तयार भएको बुझिन्छ । बाली काट्न ढिलो भएमा खेतमा झर्छ र उत्पादनमा कमी आउँछ । गहुँ काट्ने मेसिन अर्थात रिपरको प्रयोग गरेमा समय, जनशक्ति र खर्चको बचत हुन्छ । 

साभारः CSISA/USAID र ANUKULAN/ BRACED/UKaid

Source : नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई धनगढी, कैलाली

सम्बन्धित विषय

थप समाचार