बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

प्लाष्टिक थैलीमा उमारिएका विरुवा रोपण गर्दा ध्यान दिनुपर्ने कुराहरू

सोमबार, साउन ७ २०८१
9 views
प्लाष्टिक थैलीमा उमारिएका विरुवा रोपण गर्दा ध्यान दिनुपर्ने कुराहरू

समाचार शेयर गर्नुहोस्

Share this news

• वृक्षारोपण गर्नुभन्दा पहिला करिव १ हात गहिरो र १ हात चौडा साईजका खाडलहरू खन्ने ।

• शुरुको १ वित्ता गहिराइसम्मको माटो खाडलको एकातर्फ र बाँकी माटो अर्कोतर्फ राख्ने ।

• माथिल्लो सतहको मलिलो माटो खाडलको पिथमा र पिँधको कम मलिलो माटो त्यसमाथि राखी खाडल पुर्ने ।

• वृक्षारोपणका लागि नर्सरीका उपयुक्त साइजका राम्रा, स्वस्थ र चोटपटक नलागेका हरिया विरुवा छान्ने ।

• विरुवालाई ढुवानी गर्नुभन्दा २-३ दिन अघि राम्रोसंग र १ दिन अघि साँझमा पनि अलिअलि पानी दिने ।

• थैलीका विरुवा उठाउँदा र कार्दा पात तथा डाँठमा नत्समाती थैलीलाई नै राम्ररी समातेर उठाउने ।

• विरुवालाई किस्ती (ट्रे) मा ठाडो पारी हलुकासँग राखेर ढुवानी गर्ने।

• त्तवारीसाधनमा डुवानी गर्ने नएमा विरुवामा क्षति नहुने गरी सवारी साधनको गति सीमित गर्ने ।

• विरुवालाई वृक्षारोपण क्षेत्रमा पुऱ्याए पछि सकेसम्म चाँडो रोप्ने, तर केही दिन पछि रोप्नुपर्ने भएमा सीधा पारी छहारीमा राखी विहान वेलुका सिंचाइको व्यवस्था गरी सुरक्षित राख्ने ।

• विरुवाहरू एक-एक गरी हरेक माटो भरिएका खाडलको छेउमा सीधा गरी राख्ने । माटोले भरिएका खाडलमा कुटोले थैलीको आकार वरावरको मात्र सानो खाडल बनाउने ।

• ब्लेड वा चक्कुले एक छेउबाट विस्तारै थैलीको प्लाष्टिक काटी हटाउने ।

• जराहरू नखल्वल्याई विरुवालाई खाडलमा रोपी विरुवाको डाँठको फेद जमिनको सतह बराबर हुने गरी चारैतिरबाट माटोले पुरी हातले बिस्तारै थिच्ने र खाडलमा पानी नजम्ने बनाउने ।

नोटः विरुवाहरू नर्सरीवाट ढुवानी गर्दा देखि रोपण गर्दासम्म विरूवाको जरा र थैलीको माटो छुट्टिनु हुन्न । त्यसका लागि प्रत्येक चरणमा विशेष सावधानी अपनाउनु पर्छ।

• विरुवालाई रोप्नासाथ र आवश्यकतानुसार नियमितरूपमा सिंचाइको व्यवस्था गर्ने ।

• नियमित गोडमेल गर्नुका साथै चरीधरत र डढेलो लगायतबाट पूर्णरूपमा जोगाउने ।
 
Source :  डिभिजन वन कार्यालय, काठमाडौ हात्तीसार

सम्बन्धित विषय

थप समाचार