बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ब्रोकाउली खेती प्रविधि

शुक्रबार, माघ ५ २०८०
11 views
ब्रोकाउली खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

अर्गानिक ब्रोकाउली खादा स्वादिष्ट, मिठो र स्वस्थवद्र्धक हुन्छ । बजार मूल्य नन्अर्गानिक भन्दा निकै राम्रो हुन्छ । काउली र बन्दाको तुलनामा अझै पनि ब्रोकाउलीले स्थान पाउनसकेको छैन् । यसमा भिटामिन ए, भिटामिन वि, भिटामिन सी र खनिज तत्त्व पाइन्छ । ब्रोकाउलीबाट पनि अचार, सलाद, तरकारी, सुप आदि बनाएर खान सकिन्छ । यसललाई काँचै पनि खान सकिन्छ । यसको आर्थिक महत्त्व पनि ज्यादै ठूलो छ । यो काउली र बन्दाको तुलनामा अलि बढी मूल्यमा पनि बेच्न सकिन्छ । यद्यपि यसको खेती काउली र बन्दाको खेती जस्तै नै हो । काउली र बन्दाको बाली एकपटक काटेपछि सकिन्छ तर ब्रोकाउली भने एउटै बोटबाट पनि केही पटक उत्पादन लिन सकिन्छ ।

हावापानी

नेपालको उच्च पहाडदेखि तराईको समथर भू-भागसम्म यसकोे खेती गर्न सकिन्छ । जुनसुकै माटोमा यसको खेती गर्न सकिए पनि दोमट एवं मलिलो माटो उपयुक्त हुन्छ । ठण्डा तथा बढी आद्रता भएको हावापानी सर्वोत्तम मानिन्छ । साथै, १५ डिग्री देखि २५ डिग्री भएको तापक्रममा यसको खेती गर्न अति राम्रो मानिन्छ । अत्याधिक गर्मी र अत्याधिक जाडो बाहेकको समयमा ब्रोकाउलीको खेती गर्नु राम्रो हुन्छ ।

लगाउन सकिने जातहरू

विदेशबाट आयातित जातहरूको प्रयोग नगर्ने । नेपालमै अर्गानिक प्रविधिबाट बीउ उत्पादन गर्ने । नेपालमै सिप्रेडले वर्णशंकर जात कार्यक्रम चलाउँदै आएकोले नेपालमा उत्पादित जात मात्र चलाउने ।

बीउको मात्रा : २० ग्राम प्रतिरोपनी

नर्सरी व्यवस्थापन : रासायनिक मल र विषादी प्रयोग नगरी अर्गानिक जग्गा, अर्गानिक मल अर्गानिक पानीको प्रयोग गरी (नन्अर्गानिक काउली खेतीको जस्तै नर्सरी व्यवस्थापन गर्ने।)

मलखाद तथा माटो व्यवस्थापन : २० वर्षभन्दा बढी बाँझो भएको जग्गा वा रासायनिक मल र विषादी प्रयोग नभएको जग्गामा, अर्गानिक मल कम्पोष्ट राम्ररी पाकेको ५० डोको जति चलाउने । रासायनिक मलको प्रतिबन्ध लगाइने हुनाले कम्पोष्ट मलको प्रयोग अलि बढी गर्नुपर्ने हुन्छ । तीनपटक जति माटो खनेर बुर्बुराउँदो बनाउने र ड्याङ बनाएर पानी नजम्ने, पानीकोे निकास हुने गरी जग्गा तयारी गर्ने ।

बेर्नो सार्ने तरिका : एक लाइनबााट अर्को लाइन ६० से.मि.मा रोप्नुपर्छ । एक बोटबाट अर्को बोट ४५ से.मि.मा रोप्नुपर्छ ।

सिँचाई : अर्गानिक पानीले खेती सिँचाई गर्ने । काउलीको सिँचाईको गरेजस्तै गरी ।

बाली संरक्षण : काउली खेतीको जस्तै गरी अर्गानिक काउली खेतीको हेरचाहन गर्नुपर्दछ ।

रोेग तथा किराहरू : काउली र बन्दामा लाग्ने रोग र किराहरू नै यसमा पनि लाग्ने भएकोले (अर्गानिक काउली खेतीमा गरिने अभ्यासहरू नै यसमा पनि प्रयोग गर्ने ।)

थप केही नयाँ प्रयासहरू :  ब्रोकाउली लगाएको बालीमा सयपत्री फूलको खेती, लसुनलगायतका बालीहरूको खेती गरेर परीक्षण गर्ने र रेर्कड राख्ने । जडीबुट्टीद्वारा कीरा नियन्त्रणसम्बन्धी जानकारी लिने ।

गोडमेल : ब्रोकाउलीलाई बेर्ना सारेको १६ दिनपछि सामान्य गोडमेल गर्ने र त्यसपछि २५ दिनको फरकमा फेरि गोडमेल गर्ने, झारपात आउन नदिने पुरानो पातलाई झिकी दिने ।

बाली कटाई : अर्गानिक ब्रोकाउली एकपटक फूल टिपेपछि पनि हाँगाबाट फेरि सा–साना फूलहरू पलाएर आउने गर्छ । त्यो पनि दुईपटक जति टिप्न मिल्छ र बजारमा पुनः बेच्न सकिन्छ । फूल फूल्ने गरी ब्रोकालीलाई बारीमै राख्न मिल्दैन । ब्रोकाउलीको जातीय विशेषताअनुसार यसको बेर्ना रोपेको ७० दिनपछि नै तयार हुने र कुनै जात तीन महिनादेखि बार महिना तयार हुने हुन्छन् ।

बजार व्यवस्थापन

स्थानीय स्तरमा नन्अर्गानिक ब्रोकाउलीको खेतीको विस्तार भएमा बजारको पटक्कै समस्या हुने देखिँदैन । नेपालकै पनि ठूला सहर काठमाडौँ, पोखरा, विराटनगर जस्ता सहरमा यसको माग राम्रै रहेको पाइन्छ । पछिल्लो समयमा आमजनचेतनाको कारणले मध्यवर्गीय परिवारका मानिसहरूले पनि अर्गानिक उत्पादन खोजी गर्न थालेका छन् ।

स्थानीय बजार व्यापक नभएको अवस्थामा ठूला सुपरस्टोरहरू, भारतीय तथा चिनियाँ बजारमा समेत पठाउन सकिन्छ । ब्रोकाउली अर्गानिक रूपमा व्यावसायिक उत्पादन गर्दा दक्षिण एसिया नै यसको ठूलो बजार हो । योजनाबद्ध उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा अर्गानिक उत्पादन पु¥याउने हो भने मुलुकको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्न सक्छ ।

लगानी तथा आम्दानी

अर्गानिक उत्पादनमा लगानीअनुसारको आम्दानी ज्यादै राम्रो छ । यसको उत्पादनमा रोग र कीराको प्रकोपले सताउन सक्छ तर विषदी चलाउन प्रतिबन्ध छ । कहिलेकाहीँ उत्पादन शतप्रतिशत क्षति हुन पनि सक्छ । यद्यपि जोखिमका बाबजुद निरन्तर खेतीमा लागिरहने हो भने नोक्सानीको क्षतिपूर्ति हुने गरी राम्रो मूल्य लिन सकिन्छ । लगानी १०–१५ हजार प्रतिरोपनी गर्दा उत्पादन तथा आम्दानी ५०–६० हजार प्रतिरोपनी लिन सकिन्छ ।

थप समाचार