बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

प्राङगारिक खेतीका विशेषताहरु

बिहीबार , साउन १० २०८१
8 views
प्राङगारिक खेतीका विशेषताहरु

समाचार शेयर गर्नुहोस्

Share this news

प्राङ्गारिक खेतीमा मानवीय, वातावरणीय र आर्थिक दृष्टिकोणबाट दिगो कृषि उत्पादन प्रणालीलाई अगालिन्छ । यो खेतीमा विशेष गरेर स्थानीय स्तरमा पाइने वा खेतबारीबाट नै प्राप्त हुने पुनः प्रयोग गर्न सकिने श्रोतहरूको उपयोगमा बढी जोड दिइन्छ । बाह्य पदार्थहरू रासायनिक मल र विषादीको प्रयोगलाई सकेसम्म कम गरिन्छ ।

प्रा‌ङ्गारिक खेतीबाट उत्पादित बस्तुहरू पोषणका दृष्टिकोणबाट मान्छे र पशुहरूका लागि स्वस्थ्यकर हुन्छन् । यस्तो खेतीमा लगानी गरिएको मानवीय र अन्य श्रोतहरूको अनुपातमा उत्पादन पनि राम्रो हुनु पर्दछ । यसलाई पर्यावरणीय खेती पनि भनिन्छ । प्राङ्गारिक खेतीको उद्देश्य माटो र बिरुवाको खाद्यतत्वहरूको संरक्षण गर्नुको साथै वातावरणीय आर्थिक र सामाजिक दृष्टिकोणबाट दिगो खेतीको विकास गर्नु हो ।

प्राङ्गारिक खेतीको विशेषताहरू

१. माटोको उत्पादकत्वलाई लामो समयसम्म संरक्षण गर्न प्राङ्गारिक पदार्थको तहलाई कायम गर्ने, माटोमा जैविक क्रियाकलापलाई प्रोत्साहित गर्ने र सोचपूर्ण खनजोत गर्ने गर्नुपर्दछ ।

२. बिरुवाका खाद्यतत्वहरू उपलब्ध गराउँदा कम घुलनशील रूपमा उपलब्ध गराउने । जसलाई माटोमा भएका सुक्ष्म  जीवाणुले पछि बिस्तार गलाउँछ र बिरुवालाई प्राप्त हुने रूपमा परिणत गरिदिन्छ ।

३. माटोमा नाइट्रोजनको उपलब्धता बढाउन कोसेबाली र नाइट्रोजन जम्मा गर्ने जीवाणुको प्रयोगका साथै कम्पोष्ट र गोठेमल प्रयोग गरिन्छ ।

४. झारपात, रोग र कीराहरू नियन्त्रणको लागि बाली चक्र प्राकृक्तिक शत्रु, बाली विविधीकरण प्राङ्गारिक मलको प्रयोग, प्रतिरोधात्मक क्षमता भएका जातहरूको प्रयोग बढी गर्ने र रासायनिक, तापक्रम र जैविक प्रयोग न्यूनतम रूपमा गर्ने ।

५. पशुहरूको जीव विकास क्रम, व्यवहारको आवश्यकता र पशु सुविधाहरूलाई ध्यानमा राख्दै पोषण, गोठ, स्वास्थ्य, प्रजनन् र पाल्ने कार्य सघन व्यवस्थापन अपनाइ गरिन्छ ।

६. खेती प्रणालीले वातावरणमा पार्ने प्रभावलाई ध्यान दिदै वन्यजन्तुहरू र तिनीहरूको बासस्थानको संरक्षण गरिन्छ । प्रा‌ङ्गारिक खेती गर्दा पर्यावरणलाई सकेसम्म कति पनि  नखलबल्याएर कृषि उत्पादन गरिन्छ ।

यति धेरै रासायनिक मल र विषादीहरूको प्रयोगबाट उत्पादन गर्दा खानेकुरा पुन त मुस्किल भैरहेको अबस्थामा के हामीले प्राङ्गारिक खेतीबाट प्रशस्त खाद्यन्न उत्पादन गर्न सक्छौ त ? यो प्रश्न हाम्रो मनमा आउन सक्छ, तर हामीले गहिरिएर सोच्यौ भने दीर्घकालिन रूपमा भने यो सम्भव हुन्छ ।

Source : Krishi Gyan 

सम्बन्धित विषय

थप समाचार