बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चिया खेती प्रविधि

बिहीबार , साउन १० २०८१
11 views
चिया खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

 चिया विशेष गरी उष्ण र उपोष्ण हावापानीमा खेती गरिने एक बहुवर्षे सदाबहार नगदे मसलाबाली हो ।सर्वप्रथम चियाको उत्पति चिनमा भएको मानिन्छ साथसाथै भारतमा पनि केहि रैथाने चियाको उत्पति तथा सुरुवात भएको मानिन्छ । उत्पादनमा सबैभन्दा बढी उत्पादन गर्ने देश चिन हो । नेपालको सन्दर्भमा भने चियाको खेती वि.सं. १९९० देखि गर्न थालिएको हो ।

हावापानी र वानस्पतिक परिचय : 

चियाको फूल सेतो - पहेँलो रङ्गको हुन्छ तथा यसको पात लाम्चो र दाँतेदार खालको हुन्छ । चियाको फूल २.५ देखि ३.५ से.मी. आकारको हुन्छ जसमा ६ देखि ८ वटा पुष्पदलहरू हुन्छन् । कलिला पातहरूको तल्लो सतहमा छोटो सेतो रौंहरू हुन्छ । कलिला हाँगाहरु खैरो पहेँलो रङ्गको र
चिल्लो हुन्छ । यस वर्षको हाँगाको रङ्ग बैजनी रातो हुन्छ । पातको आधार अण्डाकार वा लाम्चो अण्डाकार आकारको हुन्छ । यसैगरी चियाको बिउ खैरो रङ्गको हुन्छ तथा गोलाकार खालको र १-१.४ से.मी. साइजको हुन्छ । चियाको फूल कार्तिकदेखि माघ महिनाभित्र फुल्दछ भने भदौ महिनामा फल लाग्दछ ।

चियाको जातहरू : 

चिया परिवारभित्र पर्दछ । यस परिवार अन्तर्गत झण्डै ६०० वटा स्पेसिजहरू पर्दछन् । ऋकर्भाषिव कष्लभलकष्क भित्र चियाका निम्नलिखित ३ वटा जातहरुको खेती गरिएको छ

क. Camellia sinensis var sinensis (चिनिया जात)

ख. Camellia sinensis var.assamica (आसामी जात)

ग. Camellia sinensis var.lasiocalyx (कम्बोडियन जात)

नेपालमा भने उल्लेखित ३ वटा जातहरूमध्ये अघिल्लो दुई जातको मात्र व्यवसायिक रूपमा खेती गर्ने गरिएको छ  । चिनिया जातको चियाको पात सानो हुन्छ भने आसामी जातको पात ठुलो हुन्छ । ग्रीन टि. को उत्पादन अक्सर गरेर चिनिया जातबाट गरिन्छ किनभने यसको स्वाद आसामी जातहरूको भन्दा स्वादिलो हुन्छ ।

आसामी ठुला पाते चियाको जातहरूको वृद्धि छिटो हुनुका साथै बोटको आकार पनि ठुलो हुन्छ र यी जातहरूको गर्मी हावापानी भएको ठाउँको लागि उपयुक्त हुन्छ भने चिनिया साना पाते जातहरूको वृद्धि अपेक्षाकृत ढिलो र बोटको आकार पनि सानो हुन्छ । यी जातहरू चिसो हावापानी भएको ठाउँमा उपयुक्त हुन्छन् । हाल नेपालमा यिनै चिनिया र आसामी जातहरूबाट विकास गरिएका विभिन्न क्लोनहरू चलन चल्तिमा छन् । यी क्लोनहरु सबै विदेशमा विकास गरिएका हुन् र नेपालमा हालसम्म कुनै क्लोनको विकास हुन सकेको छैन ।


नेपालमा विषेशता : 

तीन प्रजातिको चिया खेती नेपालमा गरिन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया मुख्यतयाः अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । चिया नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादन भइरहेको छ । चिया बोटका पातबाट बन्ने पेय पदार्थ हो । नेपालमा फलको स्वाद आउने खालको चिया उत्पादन हुन्छ । पूर्वी नेपाल र दार्जिलिङको भौगोलिक तथा स्थल कृतिगत अवस्था भएकाले नेपालको चियो पनि हेर्दा, सुध्दा र खाँदा दार्जिलिङको चियाजस्तै हुन्छ । नेपालमा दुई प्रकारको चिया खेती हुन्छ ।

१) सिटिसि चिया (CTC)

- तराई क्षेत्रको ५००-१००० मि. सम्मको उचाईमा सफलतापूर्वक खेती हुन्छ ।

- ऋत्त्रा चिया तराईको झापा जिल्लामा सबैभन्दा धेरै उत्पादन हुन्छ ।

- CTC चिया आसामीका प्रजातिबाट बनेको हो जस्को पुरा रूप Crush Tearl Curl (धुलो पार्ने च्यात्ने, बटार्ने) हुन्छ ।

- CTC यो चियालाई दानादार तथा धुलो चिया, (कालो चिया) पनि भन्ने गरिन्छ ।

- चिया नेपालमै खपत हुन्छ ।

- ठुलो पात हुन्छ ।

२) Orthodox

- पहाडी क्षेत्रको १०००- २००० मि. सम्मको उचाईमा सफलतापूर्वक खेती हुन्छ ।
- यसलाई पत्ति चिया पनि भनिन्छ ।

- यो चिया तेह्रथुम, धनकुटा, जिल्लामा बढी खेती हुन्छ ।

- पाँचथर जस्ता पहाडी अर्थोडक्स चिया मुना मोडेर प्रशोधन गरिन्छ ।

- सानो पात हुन्छ ।

- नेपाली अर्थोडक्स चियाको मौसमी गुणहरू यस प्रकार छन् ।

बसन्त बहार

- सिजन सुरु भएपछिको पहिलो टिपाईलाई सर्वोत्कृष्ट मानिन्छ ।

- फागुनदेखि चैत्रभित्र टिपिसकिन्छ ।

- पिउने अवस्थाको चियाको रङ हल्का रातोमा हरियो पहेंलो मिसिएको जस्तो हुन्छ भने बासना र स्वाद पनि उत्कृष्ट हुन्छ । यसलाई मध्यकालिन चियाको रुपमा पिउँछन् ।

गृष्म बहार : 

- यो बसन्त बहार पछिको बहार हो ।

- बैशाख जेठको विचमा टिपिन्छ । यसलाई सन्ध्याकालिन चियाको रूपमा पिउने गर्छन् ।

वर्षा बहार : 

यो चियाको टिपाई असारपछि मात्र सुरु हुन्छ ।

शरद बहार : 

- सिजन सकिनुभन्दा अगाडिको अन्तिम टिपाइ हो । यसलाई बिहान दुधसँग मिलाएर पिउने गर्छन् ।

- हावापानी तातोपना र चिस्यानको सन्तुलित स्थिति चिया खेतीका लागि उपयुक्त हुन्छ । मौसमले चियाको उत्पादन गुणस्तर र बाली वितरणमा प्रभाव पार्दछ । पानी राम्ररी पटाउन मिल्ने हुँदा भिरालो पहाडी जमिनमा चिया लगाउने गरिन्छ । माटोको अम्लीय ४.५ देखि ५.५ सम्म हुनुपर्छ । भने २५ जैविक तत्व अपेक्षित हुन्छ । सामान्यतयाः भिन्न भिन्न किसिमको हावापानी भएका ठाउँमा चिया खेती गर्न सकिन्छ । तर वर्षा, घाम, तापक्रम, साप्रेक्षिक आद्रता र हावाजस्ता बाह्य र तत्वले यसको स्तर निर्धारण गर्ने गर्दछन् ।

बिरुवा उमार्ने ठाउँ : 

चियाका दानाबाट उम्रने बिरुवाबाट चियाका बोट बन्दछन् । चियाका प्रत्येक बोटमा फल लाग्छन् र तिनै फलका बिजनबाट ५० फिटसम्मका बोट बन्दछन् । ती बोटबाट कलमी गरेर बिरुवा बनाइन्छन् । ठुला बोटहरूलाई हावाबाट विस्तारका लागि छानिन्छ । पोलिथिनका पोकामा माटो भरेर कलमी बिरुवा रोपिन्छ । कलिला बिरुवाहरूलाई हावाबाट जोगाउनका लागि झारपातको छहारीमा राखिन्छ भने पानी पटाउनका लागि साना साना खाडल खनेर पानी जम्मा गरिन्छ । बिरुवाहरू ९ देखि १२ महिनाका भएपछि चिया बगानमा सार्नका लागि ति तयार हुन्छन् । रोग नसरोस् र जमिन सकेसम्म उर्वर होस् भन्नका लागि निकै सावधानीपूर्वक बिरुवा सार्ने ठाँउ तयार गर्नुपर्छ ।

रोपाई : 

बिरुवा घरमा तयार गरिएका बिरुवाहरूलाई चिया बारीमा सारिन्छ । बिरुवा रोपिसकेपछि माटोल खाल्डा पुर्नुपर्छ। हातले वा औजारको प्रयोग गरेर जमिन सम्याउनुपर्छ । जमिन साम्याइसकेपछि नाला खनिन्छ र त्यस ठाउँलाई कम्तिमा दुई वर्ष पुनः स्थापन क्षेत्रका रूपमा राख्नुपर्छ । ३ देखि ५ फिटको अन्तर पारेर बिरुवाहरू रोप्नुपर्छ । चियाका बोटलाई स्वस्थ अवस्थामा हुर्काउनका लागि कृत्रिम रासायनिक मल वा गोबरमलको आवश्यकता हुन्छ । चियाको बिस्तारका लागि जमिनको स्वस्थ अवस्था कायम राख्नु अत्यावश्यक हुन्छ । यसरी रोपिएका बिरुवाबाट चियापत्ति उत्पादन हुनका लागि जमिनको उचाई र हावापानीको अवस्था अनुसार २ देखि : वर्ष लाग्दछ ।

छायाको व्यवस्थापन : 

चियाको बोटहरूलाई स्वस्थ र उत्पादक बनाउनका लागि कोने जातका प्रशस्त रुखहरू उपयुक्त छहारी दिनु आवश्यक हुन्छ । छायाँले चियाका बोटलाई सुर्यको अत्याधिक ताप र प्रकाशका किरणबाट जोगाउँछ भने रुखबाट झर्ने पातले जैविक तत्वको आपूर्ति गर्दछन् ।

मलखाद : 

यदि N र K रासायनिक मल प्रतिहेक्टर १०० केजी भन्दा बढी मात्रामा प्रयोग गरिन्छ भने आधा आधा गरेर दुई पटक प्रयोग गर्न सिफारिस गरिन्छ । यस्तो मलको ६० प्रतिशत मार्च-अप्रिल (पहिलो पटक) मा र बाँकी ४० प्रतिशत दोस्रो पटक (अगस्त- सेप्टेम्बर) मा प्रयोग गर्नुपर्छ । प्रतिहेक्टर २ केजीका दरले सल्फरको प्रयोग गर्नुपर्छ। वर्षमा एक पटक प्रति हेक्टर १२.५ के.जी. जिंक सल्फेटको प्रयोग गर्नुपर्छ । जुन मार्च महिनाको सुरुमा एक पटक र सेप्टेम्बरभन्दा पछि ३ देखि तीनपटक गरेर ४ देखि ५ पटकसम्म छ्याप्नुपर्छ ।

छिमलाई : 

जब बोटको उचा ई जमिनमाथि आधा मिटरको हुन्छ तिनीहरूलाई जमिनभन्दा केही इन्च माथि काटिन्छ र झाङ्गिने वातावरणको सृजना गरिन्छ । राम्ररी फस्टाएको चियाको बोटको उचाई एक मिटर भएपछि कम उचाई भएका ठाउँमा १ देखि २ वर्षसम्म र बढी उचाई भएको ठाउँमा ३ देखि ५ वर्षसम्म छिमल्ने गरिन्छ । छिमल्ने समयको निर्धारण पनि वर्षाका आधारमा गरिन्छ, किनभने छिमल्ने समयमा पर्याप्त चिस्यान हुनुपर्दछ ।

चियाका पालुवा राम्ररी बढाउनका लागि : 

- नयाँ पालुवा (मुना) पलाऊन् भनेर चियाका बुट्टाहरूलाई छिमल्ने गर्नुपर्छ ।

- नियमित रूपमा छिमल्ने गर्नाले पनि फूल फूल्न र फल लाग्न बाधा

- छिमलेपछि बोट झाङ्गिने हुँदा प्रत्येक बोटबाट बढी मात्रामा चियापत्ति प्राप्त गर्न सकिन्छ ।

- स्वस्थ ढाँचा कायम राख्नका लागि पत्ता टिप्न सजिलो होस् भन्नका लागि चियाका बोटलाई होचा फिँजिएका र फराकिला हुने गरी काँटछाँट गर्नुपर्छ ।

पत्तिको टिपाइ : 

- परिपक्क भइसकेका चियाका बोटबाट पत्ति टिपिन्छ ।

- ७ देखि १० दिनपछि बुटामा फेरि नयाँ पालुवा आउँछन् र तिनीहरूलाई पुनः टिपिन्छ ।

- कुशलतापूर्वक गरिने यो काम पत्ति टिप्न माहिर महिलाहरूबाट गराउने प्रचलन रहेको छ।

- यस्ता सिपालु महिलाहरूले औलाले च्यापेर चियाका पत्ति टिप्छन् र आफैले ढाडमा बोकेका डोकामा फुत्त फुत्त हुत्याउने गर्दछन् ।

- दुईपाते मुना र कोपिला मात्र टिपेर बनाइने चिया गुणस्तरीय मानिन्छ जबकी चारवटा पात टिपेर बनाइने चिया अलि निम्न स्तरको मानिन्छ ।

- प्रशोधन नगरिएको एक किलो चिया बनाउनका लागि २००० देखि ३००० हजारसम्म चियाका मुनाको आवश्यकता हुन्छ । यसको अर्थ एकै दिनमा धेरै चियापत्ति टिप्ने गरिन्छ ।

- असामिकाबाट सिटिसी चिया बन्छ ।

- ४०-५० वर्ष सम्म उत्पादन दिन्छ ।

- चियामा विशेषगरी टेटिन तत्व पाइन्छ ।

स्रोत :  केशव के.सी.,  गोल्डेन कृषि पुस्तक

सम्बन्धित विषय

थप समाचार