बाली थन्काएपछि पनि अन्नमा विभिन्न किसिमका कीराहरूले दुःख दिने गर्दछन् । अन्न भण्डारणमा लाग्ने विभिन्न कीराहरू जस्तैः घुन, पुतलीहरू, दलहनका खपेटाहरू (खिया, रंगको खपटे, राईजोपर्था खपटे, खपरा खपटे, र दालको खपटे,) आदिको नियन्त्रणका लागि तल उल्लेखित व्यवस्थापनका तरिकाहरू अपनाउन सकिन्छ ।
- अन्न राम्रोसँग पाकेपछि मात्र बाली थन्क्याउने ।
- नयाँ अन्नलाई पुरानो अन्नसँग मिसाएर भण्डारण नगर्ने ।
- अन्न भण्डारण गर्न अगावै घाममा सुकाएर दानाको चिस्यान १२ प्रतिशत भन्दा कम गर्ने ।
- अन्न थन्क्याउनु अगावै अन्न भण्डारण गर्ने
- कोठालाई राम्रोसँग सफा गर्ने ।
- बोझोको दानाको धुलो १० ग्राम १ कि.ग्रा. अन्नका दरले अन्नमा मिसाएर राख्ने/ भण्डारण गर्ने ।
- एल्मुनियम फोस्फाईड (सेल्फस, क्विकफस आदि) विषादी २/३ चक्की प्रति मे.टन अनाजमा राखी हावा नछिर्ने गरी बन्द गर्ने ।