बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अण्डा भण्डारण विधि

मंगलबार, साउन १५ २०८१
14 views
अण्डा भण्डारण विधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
अण्डा एक प्रोटीन, भिटामिन र खनिज लवणहरुको आपूर्ति गर्न अति मुख्य श्रोत मध्ये एउटा प्रमुख श्रोत हो । अण्डाको वोक्रामा पनि विभिन्न प्रकारका जीवाणुहरु रहेका हुन्छन । तिनै जीवाणुहरु अण्डा भित्र पसेर अण्डा विगार्ने गर्दछन । यस वाहेक अनय विभिन्न जीवाणुहरुले पनि अण्डालाई आक्रमण गर्दछन । जीवाणुको प्रकृति अनुसार अण्डाको भित्री भागको रंगमा हरियो कालो, ढुसी परे जस्तो आदि वरिवर्तन देखिन्छ । कुखुराले भर्खरै मात्र पारेको अण्डालाई उच्च गुणस्तर को मानिन्छ । गुणस्तरीय अण्डा, सफा, स्वच्छ र बोक्रामा केही पनि नटासिएको राम्रो देखिने हुनु पर्दछ । बोक्राको गुणस्तर राम्रो या नराम्रो भन्ने कुरा कुखुरा पालन गर्नेफार्मको व्यवस्थापनमा भर पर्दछ । दानाको गुणस्तर र खोरको व्यवस्थापनमा भर पर्दछ । दानाको गुणस्तर र खोरको व्यवस्थापन राम्रो छ भने अण्डा पनि राम्रो गुणस्तरको हुन्छ ।

उच्च गुणस्तरको अण्डा उत्पादन गर्न निम्न कुराहरमा ध्यान  दिनु पर्दछ ।
१. दिनको ३–४ पटक सम्म खोरबाट अण्डा संकलन गर्नु पर्दछ ।
२. खोरवाट अण्डा संकलन गरिसकेपछि तिनलाई अण्डा राख्ने कोठामा राख्नु पर्दछ । उक्त कोठाको तापक्रम करीव ३.से. र सोपक्षिक आर्दता ७०–८०% हुनु पर्दछ । यस्तो वातावरणमा अण्डा १२ घण्टा सम्म राख्न सकिन्छ ।
३. अण्डालाई उचित तरिकाले  राखी कार्टन,नाइल वाक्स आदिमा प्याक गर्नुपर्दछ ।
४. यसरी प्याक गरिसकेपछि भरसक छिटो विभिन्न ठाउ.मा विक्री वितरण गर्नेप्रवन्ध मिलाउनु पर्दछ । अण्डा उत्पादन र उपभोक्ता सम्म पुग्ने समय सकभर कम गर्नेकोशिस गर्नु राम्रो हुन्छ ।

अण्डा समुचित तरिकलो भण्डारण गर्ने विषयमा जानकारी लिनु पूर्व अण्डा वारे निम्न वूदा जान्नु  जरुरी छ : 
१. अण्डाको वोक्रा सुख्खा भएमा अण्डाको बोक्रामा भएका प्वालहरु ठूला हुन्छन । जसले गर्दा ग्यांस र जीवाणुहरु सजिलै भित्र बाहिर गर्न सक्दछन ।
२. अण्डा चिसो भएमा अण्डा भित्रको भाग पनि खुम्चिन्छ र अण्डा भित्रके हावा रहने ठाउं ठूलो हुन्छ ।
३. अण्डा पुरानो भएपछि सेतो भागमा रहेको पानीको मात्रा पहेलो भगमा जान्छ । जसले गर्दा अण्डाको पहेलो भाग लार्य छोप्ने झिल्ली फुट्दछ ।

अण्डा भण्डारणका तरिकाहरुः
१. अण्डा सफा गर्नेः
पहिला पहिला अण्डालाई सुख्खा बनाएर छोपेर सुख्खा राख्ने चलन थियो । त्यसपछि गरम पानीमा सर्फ, सावुन, राखेर धुने चलन आयो । अण्डालाई ३–४ मिनेट भन्दा बुढी समय सम्म गरम पानीमा डुवाएर राख्नु हुदैन । धुने वितिके अण्डालाई सुख्खा पारी हाल्नु पर्दछ । सवै अण्डालाई धुने पर्छ भन्ने छैन, केवल फोहर भएका अण्डामात्र धुनु पर्दछ । यसरी धुदा अण्डा आकर्ष  क पनि देखिने हुदा धुनु राम्रो हो ।

२. तेलले उपचार गर्ने : 
थोरै समयको लागि अण्डा भण्डारण गर्नुछ भने तेल भने तेल छर्कने गर्नुपर्दछ । अण्डा पारेके केही घण्टा भित्र नै तेलमा डुबाउने वा स्प्रेगर्नुपर्दछ । तेल सफा गन्ध नआउने रंग नभएको र खान योग्य हुनु रुरी छ । प्याक गर्नु भन्दा अगाडि अण्डामा रहेको सवै तेल राम्रोसंग तर्काउनु पर्दछ । तेलको तापक्रम १५–३० डिग्री सेल्सियस हुनु पर्दछ । यसले अण्डामा रहेका छिद्र । प्वालहरुलाई बन्द गर्दछ । यो विधि वाट उपचारीत अण्डा कम्तिमा ७ दिन सम्म भण्डारण गर्न सकिन्छ ।

३. शीत भण्डारण : 
यो विधिवाट अण्डालाई लामो समयसम्म भण्डारणगर्न सकिन्छ । शीत भण्डारणमा ० डिग्री सेल्सियस तापक्रम र ८०–८५% सापेक्षिक आद्रता र्हु  नु पर्दछ ।अण्डामा अन्य खाद्य वस्तुको गन्ध सर्ने हुदा एउटै स्टोरमा अण्डाकासाथ प्याज, लसुन र अन्य कडा गन्ध आउने वस्तु राख्नु हुदैन । शीत भण्डारणमा ६ महिना सम्म अण्डा राख्न सकिन्छ । यदि तेलमा डुवाएर शीत भण्डारणमा राखिएको छ भने ८
महिना सम्म पनि सुरक्षित साथ राख्न सकिन्छ  । 

४. थर्मास्टेलिलाइजेसन  : 
यस विधि अनुसार अण्डालाई ५५ डिग्री सेल्सियस तापक्रम भएको तेलको भांडोमा १५ मिनेट वा ८५ डिग्री सेल्सियस भएकोत लको भांडोमा १० मिनेट डुवाउनु पर्दछ । यसरी उपचारीत अण्डाको बोक्राको भित्री भाग र सेतो भागको बीचमा एलबुमिनको तह बन्द छ, जसले हावा र आद्रर्ता  अण्डाको भित्र र वाहिर जान बन्द गरी दिन्छ । साथै अण्डाको बोक्राको प्वालहरु तेलले गर्दा वन्द हुनुका साथै जीवाणुहरु समेत नष्ट हुन्छन ।

५. तरल पदार्थमा डुवाउने : 
गाउंघरमा अण्डा भण्डारण गर्न तरल पदार्थमा डुबाउने गरिन्छ ।
यो पनि २ तरिकावाट गर्न सकिन्छ : 
क) चून पानीमा डुवाएर
ख) सोडियम सिलिकेटमा डुबाएर
ग ) चून पानीमा डुबाएर
यस विधि अनुसार १ लिटर उम्लिरहेको पानीमा १ केजी चून मिलाउने र त्यसलाई सेलाउन दिने । सेलाई सकेपछि त्यसमा ५ लिटर पानी र २५० ग्राम खाने नून मिसाउने । यसरी तयार पारिएको घोल लाई सफा कपडाले छान्ने र एउटा भाडोमा राख्ने यसरी छानिएको झोल भएको
भाडोमा अण्डाहरु १ रातसम्म रहन दिने र भोलीपल्ट झिर्की  कोठामा सुख्खा हुन दिने । यसो गर्नाले अण्डाको वाहिरी वोक्रामा क्याल्सियम कार्वानट जम्न गई अण्डाको वोक्रामा हेका छद्र वा प्वालहर बन्द हुन्छन । यसरी उपचारित अण्डालाई सामान्य कोठाको तापक्रममा पनि महिना दिन सम्म भण्डारण गरी राख्न सकिन्छ ।
Source : Aitc Hariharbhawan ,Lalitpur 

 

सम्बन्धित विषय

थप समाचार