बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

एकीकृत खाद्यतत्व व्यवस्थापन

बुधबार, साउन १६ २०८१
12 views
एकीकृत खाद्यतत्व व्यवस्थापन

समाचार शेयर गर्नुहोस्

Share this news

खाद्यतत्वः–

मानिस तथा जनावरलाई झैँ बोटबिरुवालाई पनि खानाको आवश्यकता पर्दछ । त्यही  खानाबाट बोटबिरुवाले बढ्न, हुर्कन,फल्न फुल्नको लागि १६ वटा खाद्यतत्व प्राप्तगर्दछन् । ती १६ वटा तत्वलाई नै बोटबिरुवाको लागि चाहिने खाद्यतत्व भनिन्छ ।

बोटबिरुवाले खाद्यतत्व कहाँबाट प्राप्त गर्दछ ?

बोटबिरुवाले आफूलाई  चाहिने खाद्यतत्व मध्ये धेरैजसो माटोबाट र केही हावा पानीबाट प्राप्त गर्दछ ।
 

(क) माटोबाट प्राप्त हुने खाद्य तत्वहरु –
(१) प्राथमिक खाद्य तत्व– धेरै मात्रामा चाहिने तत्वहरु ३ वटा छन् ।
 नाईट्रोजन , फस्फोरस, पोटास

 (२) सहायक खाद्य तत्व  – धेरै  मात्रामा  चाहिन सहायक खाद्यतत्व ३ छन् । 

क्याल्सियम , म्याग्नेसियम, सल्फर (गन्धक)
 

(३) सक्ष्म खाद्य तत्व : 

–धेरै  मात्रामा चाहिन से क्ष्म खाद्यतत्व ७ वटा छन् – 

 – बोरोन
 – जिङ्क
 – कपर (तावा)
 – म्यागनीज
 – फलाम
 – क्लोरिन
 – मोलिबडेनम

(ख) हावा पानीबाट प्राप्त हुने खाद्य तत्वः
यी खाद्यतत्व बिरुवालाई धेरै मात्रामा आवश्यक पर्दछ र नभई नहुने खाद्यतत्व हुन् । यी ३ वटा छन् ।
– अक्सिजन
 – हाईड्रोजन
 – कार्वन

खाद्यतत्वका स्रोतहरुः

खाद्यतत्वका मुख्य स्रोतहरु निम्न छन् –
१) रासायनिक मलः–

यो कारखानामा उत्पादन हुन्छ । रासायनिक मल हाम्रो देशमा उत्पादन हुँदैन । विदेशी मुद्रा खर्च गरी आयात गर्नु पर्दछ । यसमा खाद्यतत्वको मात्रा बढी हुने भएकोले थोरै राखे पनि राम्रो उत्पादन लिन सकिन्छ । विभिन्न वालीको लागि फरक–फरक मात्रा चाहिन्छ ।


रासायनिक मलका प्रकार र यसमा पाइने खाद्य तत्वहरु निम्न अनुसार  छन् – 


(२) प्राङ्गारिक मलः

note2.PNG

यो मल बिरुवा तथा जनावर हरुबाट निस्केको वस्तुहरु कुहिएर बनेको मल हो । यस मलमा खाद्यतत्वको मात्रा कम हुन्छ, थोरै मात्रामा भए पनि सबैतत्व बोट बिरुवालाई उपलब्ध हुन्छ। यस मलको प्रयोगबाट माटोको भौतिक तथा पौष्टिक गुणमा वृद्धि भई मोटो खुकुलो हुन्छ । यो मल बढी मात्रामा प्रयोग गर्नु पर्दछ र विस्तारै २-३ बालीलाई प्राप्त भईरहन्छ ।


(३) जीवाणु मल : 

बोटविरुवालाई फाइदा गर्ने जीवाणुहरुलाई वालीनालीको जराबाट वा माटोबाट शुद्धरुपमा छुट्याई प्रयोगशालामा बढाई हुर्काई मलिलो माटोलाई उपचार गरी त्यसमा आफूलाई चाहिने जीवाणु राखी बनाइएको मललाई जीवाणु मल भनिन्छ । यो मल २ प्रकारको हुन्छ ।
- एजोटोव्याक्टरयुक्त जीवाणु मल
- राईजोवियमयुक्त जीवाणु मल ।


(४) हरियो मलः यो मल सिंचाई भएको खेतमा धान रोप्नुभन्दा ६-७ हप्ता पहिले खेतमा उमारी (जस्तैः- हैचा) वा वन जगलका झारपात जम्मा गरी माटोमा मिलाई धान रोपाई गरिन्छ ।

(५) कम्पोष्ट मलः पात पतिङ्गर, पराल, छवाली, ढोड, खेतवारीमा गोडमेल गरेको घाँसपात, घर आँगनको फोहर मैला जम्मा गरी बनाइएको मललाई कम्पोष्ट मल भनिन्छ ।

६) एजोलाः  यो एउटा पानीमा तैरिने झार हो। यो झार को तल्लो भागमा रहेको एनाविकाएजोलाई भन्ने एल्गीको सहयोगमा हावाबाट नाईट्रोजनतत्व शोपेर जम्मा गर्दछ ।

(७) पिनाः तोरीको पिना पनि मलको रुपमा प्रयोग गरिन्छ ।


एकीकृत खाद्यतत्व व्यवस्थापनः

एकीकृत खाद्यतत्व व्यवस्थापन भनेको स्थानीय स्तरमा उपलब्ध हुनसक्ने खाद्यतत्वका विभिन्न श्रोतहरुको उचित र एकीकृत रुपमा व्यवस्थापन गर्नु हो । सामाजिक, आर्थिक तथा वातावरणीय सम्भाव्यता भित्र रही स्थानीय स्तरमा उपलब्ध हुनसक्ने प्राङ्गारि एक मलहरु र रासायनिक मलखादको एकीकृत रुपमा उपयोगद्वारा वालीको उत्पादन बढाउनको साथै माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने काम नगर्दछ । वर्तमानमा र भविष्यका सन्ततीका लागि माटोको क्षमता घट्न नदिई वातावरणीय दृष्टिले अनुकूल र प्रभावकारी रुपमा बालीको उत्पादकत्व बढाउनु, सवै प्रकारका खाद्यतत्वका स्रोतहरुको एकीकृत उपयोग गर्नुनै एकीकृत खाद्यतत्व व्यवस्थापन हो । एकीकृत खाद्यतत्व व्यवस्थापनमा माटो, मल, पानी र वालीको उचित व्यवस्था मिलाई जमिनबाट बढी र भरपर्दो तरिकाले उब्जनी लिन सकिन्छ ।


एकीकृत खाद्यतत्व प्रयोग किन गर्ने ?

(क)  रासायनिक वा प्राङ्गारिक मलखाद मध्ये कुनै एक मात्रको प्रयोगले हुने कमजोरीबाट छुटकारा पाउन ।
(ख)  रासायनिक मलको अधिक उपयोगबाट पुग्ने वातावरणीय खतरालाई न्यून गर्न तथा प्राङ्गारिक मलको उचित प्रयोगद्वारा रासायनिक मलको उपयोगीता क्षमता बढाउने ।
(ग)  कृषि उत्पादन बढाउनुका साथै भविष्यका सन्ततीका लागि वातावरण संरक्षण गर्ने । 


एकीकृत खाद्यतत्व व्यवस्थापन गर्दा अपनाउनु पर्ने विधिः

- स्थानीय वाली प्रणालीमा उपलब्ध खाद्यतत्व र प्राङ्गारिक मलका स्रोतको लेखाजोखा गर्ने ।
- ती स्रोतबाट उपलब्धको सरदर खाद्यतत्वको अनुमान गर्ने ।
- कृषकले खेतवारीको माटोको परीक्षण गरी माटोको उर्वराशक्ति पहिचान गर्ने ।
- कृषकको स्रोत साधन जोखिमका आधारमा उत्पादकत्व अनुमान गर्ने ।
- लक्ष्य अनुसारको उत्पादन लिन प्राङ्गारिक मल र रासायनिक मल एकीकृत रुपमा प्रयोग गर्ने ।
- मलखाद उपयुक्त समयमा ठकि मात्रामा प्रयोग गर्ने ।

Source :  कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर 


सम्बन्धित विषय

थप समाचार