बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कालो वनमारा

बिहीबार , साउन ३१ २०८१
8 views
कालो वनमारा

समाचार शेयर गर्नुहोस्

Share this news

वैज्ञानिक नाम  : Ageratina adenophora (Spreng)R.M. King  and H Rob
वानस्पतिक परिवार  : Asteraceae
अंग्रेजी नाम  : Crofton weed
वनस्पतिको उदगम स्थान :  mexico 

फैलावट : नेपालको पूर्व देखि पश्चिम सम्म २००–३२०० मिटरको उचाईमा जंगल छेउछाउ, सडक किनार, नदीनालाको किनार, बाँझो र खुला जमिन, भूक्षय क्षेत्र, बाढी पहिरो प्रभावित  क्षेत्र आदि । 

विवरण : 

यो बहुवर्षीय झाडी वर्गको करिब २ मिटरसम्म अग्लो हुने वनस्पति हो । यो वनस्पति को जरा देखि धेरै संख्यामा काण्डहरु पलाएर निस्किन्छन् । यसका पातहरु काण्डवाट एक अर्काबाट विपरित दिशाबाट निस्केका हुन्छन् र ती पातहरु करिब ५–१८ से.मि. लम्बाई र ३–९ से.मि. चौडाईका, त्रिकोणीय आकारका र करौंते किनारा भएका हुन्छन् । फूल सेता र मसिना गुच्चामा फुल्छन् । वीउ मसिना, हलुका, लाम्चो आकारका काला खैरा रङ्गका हुन्छन् । यसका बीउहरु हावा, पानी, जनावरहरुको माध्यमबाट अर्को ठाउँमा पुग्दछन् र प्रसारण हुन्छ ।

प्रसारण :  बीउ, काण्ड, हाँगाबाट हुन्छ ।
फूल फुल्ने :  फागुन – चैत्र ।
फल लाग्ने :  चैत्र – आश्विन ।

असर :  वन जंगल, खाली जमिन र सडक छेउछाउमा अधिक मात्रामा फैलिएर अन्य
वनस्पति प्रजातिहरुलाई उम्रन र हुर्कनमा अवरोध गर्दछ । यो वनस्पतिले ढाकेको वन क्षेत्रमा  अन्य वनस्पतिका बिउहरुको उम्रने दरलाई घटाउँछ ।

व्यवस्थापन : 

फूल फुल्नु भन्दा अगाडि नै उखेलेर माटोमुनी गाड्ने वा बायोचार, बायोब्रिकेट,
कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिन्छ वा उखेलेर एकै ठाउँमा राखी नियन्त्रित तवरले  डढाउने, आगो लगाउने ।

सम्बन्धित विषय

थप समाचार