वैज्ञानिक नाम : Ageratum conyzoides L
वानस्पतिक परिवार : Asteraceae
अंग्रेजी नाम : Billygoat
वनस्पतिको उद्गम स्थान : Central & South America
फैलावट
विशेषगरी यो नेपालको पूर्व देखि पश्चिम ७५–२४०० मिटरको उचाई सम्म सडकको आसपास, गाउँ र शहरका बस्ती क्षेत्र, धार्मिक स्थल, संरक्षण क्षेत्र, वन जंगल ऐतिहासिक सम्पदा क्षेत्र, बाँझो र खुला जमिन, खेतबारी, चौर, पार्क क्षेत्र एवम् ताल तलैया, पोखरी छेउछाउ, दलदल क्षेत्र र खोला किनार आदि श्रेत्रमा फैलिएको पाइन्छ ।
विवरणः
सेतो गन्धे १.२ मि.सम्म अग्लो हुने एक वर्षीय प्रजातिको बिरुवा हो । यसको जरा झुप्प परेको हुन्छ र सजिलै उखेल्न सकिन्छ । काण्ड बेलनाकारको कलिलो अवस्था मा मसिना रौंले ढाकेको हुन्छ । पात काण्डमा विपरिततिरबाट पलाएका, २०–१०० मि.मि. सम्म लामा, ५–५० मि.मि. सम्म चौडाई भएका अण्डाकार र किनारा दाँते एवं टुप्पो चुच्चो परेका हुन्छन् । फूल सेतो रङका हलुका र अधिक मात्रामा झुप्पामा फुल्दछन् । माटोमा चिस्यानको मात्रा उपयुक्त भएको अवस्थामा बाह्रै महिना फुल्ने गर्दछ र अत्याधिक मात्रामा बीउ उत्पादन गर्दछ ।
प्रसारण : वीउ र काण्डबाट हुन्छ ।
फूल फुल्ने : वर्षभरि ।
फल लाग्ने : वर्षभरि ।
असरः
कृषि बालीसंगै अनावश्यक रुपमा बढी संख्यामा उम्रने हुँदा कृषि उत्पादन र उत्पादकत्वमा ह्रास ल्याउँछ । यसले माटोमा छोड्ने भएकाले माटोको प्राकृतिक गुणमा परिवर्तन गरी अन्य प्रजातिका बिरुवाहरु उम्रन सक्दैनन् जसले गर्दा रैथाने प्रजातिको वासस्थानमा प्रतिकूल प्रभाव पार्छ र लोप हुने अवस्थामा पु¥याउँछ ।
व्यवस्थापनः
फूल फुल्नु भन्दा अगाडी नै उखेलेर माटो मुनी गाड्ने, जैविक मल बनाउने वा घाँसको रुपमा सिमित मात्रामा वस्तुभाउलाई खुवाउन सकिन्छ । यसका साथै उखेलेर एकै ठाउँमा जम्मा गरी नियन्त्रित तवरले जलाउन सकिन्छ ।