स्वदेशमा रोजगारी नपाएपछि धेरै मानिसको रोजाई विदेश हुने गरेको छ । तर, हाम्रो समाजमा कोही यस्ता मानिस पनि छन्, जो विदेश गएर पनि सोचेजस्तो काम नपाएपछि स्वदेशमा नै फर्किएर स्वरोजगारीमूलक कार्यमा सहभागी छन्। विदेश जानेको सङ्ख्या बढे पनि पछिल्लो समय वैदेशिक रोजगारीबाट नै फर्किएका र आफ्नै देशमा केहि गर्छु भन्ने धेरै मानिस कृषि व्यवसायमा संलग्न छन्। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
गर्न सके नेपालको कृषिमा ठूलो सम्भावना छ । यदि तपाई पनि आफ्नै देशमा थोरै लगानीमा सफल व्यवसायी बन्न चाहनु हुन्छ भने कृषि व्यवसाय सबैभन्दा उत्तम हुन सक्छ । नेपालको विकास र नेपालीको सम्मृद्धिको अत्यन्त महत्वपूर्ण आधार भनेको कृषिको विकास नै हो । कृषिबाट नै नेपाल र नेपालीको द्रुत र सहज रुपमा समृद्धि हुन सक्ने कुरामा कुनै शंका छैन । तर, कृषिमा पनि कुन व्यवसाय रोज्ने भन्ने महत्वपूर्ण कुरा हो । यदि तपाई कृषिमा पनि कुन व्यवसाय गर्ने भनेर सोचिरहनु भएको छ भने तपाईका लागि कालिज पालन व्यवसाय सबै भन्दा राम्रो व्यवसाय हुन सक्छ ।
किनकी कालिज, नेपालीहरूको जनजिब्रोमा झुण्डिएको तर मासु खाने प्रयोजनका लागि सहजै पाउन नसकिने पक्षी हो । ‘कालिजको मासु खाने ’ भन्नेबित्तिकै यसले गाउँदेखि सहरसम्मका धेरैको ध्यान खिच्ने गरेको छ । नेपालका वनजंगलमा मात्र पाइने कालिजको मासु कानूनअनुसार सहजै खान पाइने कि नपाइने भन्ने विषयमा पनि धेरैलाई जानकारी छैन । तर, वन मन्त्रालयको स्वीकृति, कृषि मन्त्रालय र साईटिस (संकटापन्न एवम् लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने ओसारपसार र व्यापारलाई नियमन गर्न बनेको संस्था) को अनुमतिमा व्यवसायिक रुपमा कालिज पालन गर्न सकिन्छ । नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० ले अनुज्ञापत्र (लाइसेन्स) वा अनुमति लिएर शिकार गर्न पाउने तथा व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गराउन पाउने व्यवस्था गरेकोले सोही बमोजिम सबै प्रकृयाहरु पुरागरी पालन गर्न सकिने व्यवस्था गरेको छ ।
कालिज जंगली चरा हो । यसलाई वन कुखुराको नामले पनि चिनिन्छ । यो नेपालको तराई देखि हिमालसम्म तथा समुद्र सतहदेखि २४५ मीटरदेखि ३०५० सम्मको उचाईमा पाईन्छ । नेपालको पहाडी क्षेत्रमा सबैभन्दा बढी कालिज पाईन्छन् । नेपालको हिमाल, पहाड र तराईमा चिलिमे, मुनाल, डाँफे, फोक्रास, चीर, मजुर, लुइचे, र कालिज गरी ८ प्रकारका कालिज पाईन्छन् ।
यदि तपाईले कालिज पालन व्यवसाय गर्नु भयो भने थोरै लगानीमा पनि धेरे आम्दानी गर्न सक्नुहुन्छ । किनकी कालिज पालन नयाँ व्यवसाय भएकोले थोरै व्यवसायीहरु यस पेशामा संलग्न छन् । जसले कालिज पालन गरिसकेपछि बिक्री नहोला भनेर चिन्ता लिनुपर्दैन । पछिल्लो साय बढीरहेको जनसख्या, शहरीकरण, जनचेतना र आयस्तरले कालिजको मासुको माग समेत बढ्दै गएको छ ।
साथै रेष्टुरेन्ट तथा होम स्टेको संख्या दिन प्रतिदिन बढ्दै जाँदा कालिजको माग पनि बढ्दै गएको छ । खेतीपाती गर्न नसकिने जमिनमा पनि कालिज पालन व्यवसाय सजिलै गर्न सकिन्छ । कालिज पालन व्यवसाय नयाँ व्यवसाय भएकोले यसको उत्पादनको बजारमा प्रतिस्पर्धा छैन । बजारमा माग अनुसारको आपूर्ति हुन नसकेकोले उच्च मूल्यमा अण्डा, चल्ला र मासु बिक्री भइरहेको छ । त्यसैले थोरै लगानीमा प्रशस्त आम्दानी गर्न चाहनुहुन्छ भने कालिज पाल न सुरु गरिहाल्नुहोन् ।
किन गर्ने कालिज पालन ? - कालिजमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकोले रोग कम लाग्छ ।
- कुखुरापालनभन्दा सजिलो हुन्छ ।
- पाखो जमिन र रुखहरु भएको भिरालो ठाउँमा पनि कालिज पालन गर्न सकिन्छ ।
- चिसो ठाउँमा पनि कालिज पाल्न सकिन्छ ।
- कालिजको चल्ला कोरल्ला पोथीभन्दा भालेको संख्या बढी हुने गर्दछ जस्तै भाले करिब ७० प्रतिशत र पोथी ३० प्रतिशत हुन्छ ।
- कालिजलाई ६० प्रतिशत घाँस र ४० प्रतिशत दाना खुवाएर पनि पाल्न सकिन्छ ।
- कालिजको मासु निकै पोषिलो, स्वादिलो, धेरै प्रोटिन, बोसोको मात्रा कम, युरिक एसिड र क्लोष्ट्रोलको बिरामीले पनि खान मिल्ने, सुत्केरी र बिरामीलाई राम्रो हुने र बच्चा र बुढाबुढीलाई यसको मासु खाँदा हड्डीलाई बलियो बनाउन सहयोग मिल्दछ । त्यसैले मानिसले कालिज खोजी खोजी खान्छन् । त्यसैले बजारको समस्या छैन ।
कस्तो हावापानीमा कालिज पालन गर्न सकिन्छ?
- चिसो हावापानी ।
- २८ डिग्री सेन्टिग्रेड तापक्रमभन्दा बढी हुनु हुँदैन ।
- ३२ डिग्री सेन्टिग्रेड तापक्रमसम्म पाल्न सकिन्छ ।
- माइनस तापक्रमसम्म पनि सजिलै कालिजलाई हुर्काउन सकिन्छ ।
कालिजका जातहरु
विश्वमा २९ प्रजातिका कालिज पाइन्छ । नेपालमा भने ८ प्रजातिका कालिज पाइन्छ । ती हुन्-
- Himalayan Monal
- Cheer Pheasant
- Satyr Tragopan
- Common Peafowl
- Red Jungle fowl
- Blood Pheasant
- Koklass Pheasant
- Kalij Pheasant
हाल व्यवसायिक रुपमा विदेशबाट आयात गरिएका कालिजको प्रमुख जातहरुको बारेमा तल उल्लेख गरिएको छ ।
१. रिङनेक कालिज (Ringneck Pheasant) : यसको उत्पत्ति एशियामा भएको मानिन्छ । यो एशियाको प्रसिद्ध गेमवर्ड को नामले चिनिन्छ । यसको वैज्ञानिक नाम Phasianuscolchianus हो । यसको बिभिन्न रंग हुन्छ । खासगरी चम्किलो तामा रातो चम्किलो सुनौलो रंग हुन्छ भने भालेको घाटीमा सेतो रिङ र आँखा रातो हुन्छ । भालेको पुच्छर लामो हुन्छ । पोथीको रंग खैरोमा बुट्टा हुन्छ तर भालेभन्दा सानो र पुच्छर छोटो हुन्छ । यसको भालेको तौल १.५ के.जी. र पोथीको तौल ९०० ग्रामसम्म हुन्छ ।
२. कालो कालिज(Black Pheasant) : यसको उत्पत्ति युरोपमा भएको मानिन्छ । यो इन्द्रधनुष तथा हरियो कालो रंगको हुन्छ । यसको भाले पोथीभन्दा ठुलो र लामो पुच्छरको हुन्छ । यसको भाले निकै सजावट देखिन्छ । यसको लोती निकै चम्किलो र सजावट हुन्छ । यिनीहरु बीउ, अन्न, किरा, फट्याङ्ग्रा लगायत सबै चिज खाने भएकोले Omnivous ।
कस्तो ठाउँमा कालिज पाल्ने ?
कालिजका लागि ठाउँको छनोट गर्दा सम्भव भएसम्म जङ्गलको नजिक र अलि भिरालो घाँस भएको ठाउँलाइ छान्नु पर्छ। कालिजले चिसो हावापानी मन पराउने भएकाले यसको लागि करिब उच्चतम तापक्रम ३०-३२ डिग्री सेल्सियस भन्दा माथी नजाने ठाउँ छान्नु पर्छ। धेरै गर्मी हुने ठाउँ छ भने गर्मी महिनामा यसलाई छहारीको व्यवस्था गर्नु पर्छ। यो काठमान्डौ, पोखरा जस्तो चिसो ठाउ बढि रुचाउने भएता पनि अहिले यसको पालन बुटवल, दाङ र सुर्खेत तिर पनि बिस्तार भएको छ।
कसरी गर्ने कालिज पालन ?
कालिज चरा वर्गमा पर्ने भएकाले ब्रोइलर र अन्य कुखुरा जसरी सामान्य तरिकाले पाल्न सकिँदैन। यसको व्यावसायिक पालनको लागि खर्च पनि धेरै नै लाग्ने गर्द्छ भने कुल रकमको ५० प्रतिशत जती यसको खोर निर्माण नै लाग्न सक्छ। तर, एकपटक राम्रो खोर बनाएपछि धेरै वर्षसम्म टिक्छ । तर, तपाइले कालिज निरन्तर खेलिरहने र लामो समय सम्म उड्न सक्ने चरा भएकाले खोर निर्माणमा बिशेष ध्यान पुर्याउन पर्दछ।
खोर तथा वासस्थान कसरी व्यवस्थापन गर्ने ?
कालिज जंगली स्वभावको पन्छी भएकोले धेरै उड्छ । यिनीहरु बिहान बेलुकी दिनमा २ पटक उड्ने गर्दछन । त्यसैले खोर बनाउँदा नै विशेष ध्यान दिनुपर्छ । कालिज रुखमा नै बास बस्न मान पराउँछ । आहारा खाने समय बाहेक अन्य समय रुखमा नै वा अग्लो ठाउँमा बस्न रुचाउँदछ । त्यसैले तपाईले कालिजका लागि खोर निर्माण गर्नु अगाडि नै साना रुखहरु भएको ठाउँमा खोज्नुपर्छ । खाली ठाउँमा बाँस वा काठको अग्लो खम्बा गाडेर बस्ने ठाउँ बनाउँनुपर्छ ।
कालिजलाई घरपालुवा बनाएपनि यसको बासस्थान जगंली वातावरणमा नै तयार गर्नुपर्दछ । यसको लागि प्रयाप्त ठाउँ चाहिन्छ जुन उड्नको लागि आवश्यक ठाउँ हुनुपर्दछ । कालिज पालन गर्ने ठाउँको पुरै कम्पाउण्डलाई जालीले घेर्नु पर्दछ । यसको माथि पनि जालीले नै छोप्नु÷ढाक्नु पर्दछ । खुल्ला छोड्नु हुादैन । नभए उडेर भाग्छ । यसको खोरको लागि समथर ठाउँ नभएपनि भिरालो ठाउँमा पनि बनाउन सकिन्छ । भएसम्म पुरै कम्पाउण्डमा ग्याविन जाली लगाउनु पर्दछ । दिनमा कम्तिमा पनि २०० मीटर दुरीसम्म उड्नु पर्दछ ।
कालिजले खेल्ने ठाउँमा मुसा वा सर्पको डर हुने भएकाले सुरुमा नै बिषादी छर्केर सुरक्षित पार्नु पर्छ। कालिज रातिमा पनि बाहिर नै बस्ने भएकाले जंगलको नजिक भएको फार्ममा चितुवा, स्याल जस्ता जंगली जनावरको आक्रमण हुन सक्ने भएकाले जाली बलियो हुनु पर्छ र रातिमा जालिमा झड्का दिने खालेको करेन्ट पनि जोड्न सकिन्छ।
चल्ला ल्याउनु पुर्ब नै हामिले खोरको निर्माण गरिसक्नु पर्ने हुन्छ। हामिलाइ मुख्यतः ३ प्रकारका खोरहरु आवश्यक पर्दछ्न,
१. ब्रुडिङ ( Brooding) खोर
ब्रुडिङ भन्नाले भर्खर जन्मिएका चल्लालाइ माउले जसरी तातो बनाएर राख्ने प्रक्रिया हो । यो एकदिन देखि करिब २-३ हप्ता सम्मका चल्लालाई आवश्यक पर्द्छ। ब्रुडिङ गर्ने ठाउँ गोलो हुनु पर्छ। जसमा बजारमा पाउने आधुनिक ब्रुडर वा इन्फ्रा रेड बल्ब प्रयोग गर्न सकिन्छ। ब्रुडिङमा चल्लालाइ ३० डिग्री सेल्सियस भन्दा कम तापक्रममा राख्नु हुदैन भने ३५-३७ डिग्री सम्ममा राख्न सकिन्छ।
ब्रुडर वा बल्बलाइ जमिन देखि चल्लाहरुले नपुग्ने उचाईमा (१५-२० इन्च) झुन्ड्याउनु पर्छ। तापक्रम चेक गर्न खोरमा एउटा थर्मोमिटर पनि झुन्ड्याउन सकिन्छ। ब्रुडिङमा चल्लाको लागि जुटको बोरा वा काठको धुलो जमिनमा बिछ्याइएको हुनु पर्छ जसले जमिनबाट आउने चिसोबाट बचाउछ। कालिजको चल्लाको लागि धानको भुसको प्रयोग गर्नुहुँदैन । धानको भुस चल्लाले खाएर घाटिमा अडकिने प्रबल संभावना हुन्छ।
२. चल्ला हुर्काउने खोर
यो करिब २ हप्ताको चल्लालाइ ब्रुडिङबाट निकाले पछि राख्ने खोर हो । यहाँ पनि हामिले खोरमा बल्बहरु झुन्ड्याउने गर्नु पर्छ । जसले चिसोबाट चल्लालाई बचाउछ। यहाँ करिब २ हप्ता देखि ३० दिन सम्म चल्लालार्इ राख्नुपर्छ । यो खोर प्राय ब्रुडिङ खोरको नजिकै हुनु पर्छ र यसको बाहिर तिर जालिले बारेको खुल्ला ठाउँ हुनु पर्छ। जसमा चल्लाहरु ३० दिन देखि ४५ दिन सम्म दिनमा बाहिर निस्कने र रातमा खोरमा गएर बस्न जान्छ्न।
३. प्रजनन खोर यो खोर भन्दा पनि हामिले चरा खेल्नलाई बनाएको जालिले घेरेको ठाउँ भित्र एउटा जालिले छुट्याइएको भागलाइ वनाउन सकिन्छ। जहाँ बयस्क भाले र पोथिलाइ छोडेर यिनिहरुको प्रजनन गराइन्छ। यसमा ८ पोथी र १ भालेको अनुपातमा चराहरु राख्न सकिन्छ।
कलिज कसरी हुर्काउने ?
- कालिज ओथारो बसेको अवस्थामा निकै स्याहार सुसार गर्ने ।
- चल्ला कोरली सकेपछि चल्लाको रेखदेख गर्ने ।
- चल्ला कोरलेको ० दिन देखि १.५ महिना सम्मलाई ब्रुडिङ्ग खोरमा राखेर हुर्काउने ।
- यस अवधिमा कुखुराको चल्ला हुर्काए जस्तै कोठाको तापक्रम मिलाउने र दानापानीको पनि यथोचित व्यवस्थापन गर्ने ।
कसरी गर्ने आहारा व्यवस्थापन ?
दाना: कालिजको लागि आज सम्म छुट्टै दाना भनेर बजारमा आइसकेको छैन । तर नेपालका केही ठुला कालिज फर्महरुले अब छिट्टै कालिजको दाना बजारमा ल्याउने कोसिस गरिरहेको बताएका छन् ।
- जंगली कालिजले किरा, फट्याङग्रा, अन्न लगायतका वस्तु खाने भए पनि यो त्यति राम्रो आहारा मानिदैंन । त्यसैले व्यवसायीक रुपमा कालिज पालन गर्दा सन्तुलित आहारा खुवाउने ।
- कालिज जंगली चरा भएकोले दानाभन्दा बढि घाँस दिने ।
- कालिजलाई नरम घाँसहरु खुवाएर पाल्दा उत्पादन लागत पनि कम हुन जान्छ ।
- यिनले नरम खालका सबै घाँस खान्छ ।
- दाना खुवाउँदा कुखुराभन्दा पनि बढी प्रोटिनयुक्त दाना खुवाउने ।
- कालिजलाई उम्रेको गहु जौं, जै, क्लोभर खुवाउनु भयो भने धेरै राम्रो हुन्छ ।
- कालिजको लागि उपयुक्त घाँसहरु कम्फ्रे घाँस, जै घाँस, वर्षिम, डेस्मोडियम, सेतो क्लोभर, राई घाँस, ज्वाइन्ट भेच, बदामे घाँस÷फरेज पिनट आदि नरम खालका घाँसहरु उपयुक्त हुन्छन् । यिनलाई घाँस दिँदा मसिनो गरी काटेर दिने ।
- कालिजलाई तोरी, गहुँ, कोदो, मकैको च्याख्ला खुवाएर पनि पाल्न सकिन्छ ।
- कुखुराको दानामा थप भटमास मिसाएर खुवाउदा अझ राम्रो हुन्छ ।
- दिनमा २ पटक दाना दिने ।
- कालिजलाई सफा स्वच्छ पानी दिनमा ३ पटक दिने ।
- दानापानी खाने भाँडा सधै सपा गर्नुपर्छ ।
- खोरमा दानापानी खाए नखाएको वा फोहर भएको नभएको ध्यान दिनको लागि दिनमा ४ पटक हेर्ने ।
- कालिजलाई कुखुराको जस्तो उमेर अनुसार दाना परिवर्तन गर्नु पर्दैन ।
- कालिजनलाई दानापानी खुवाउने भाँडाहरु कुखुरालाई खुवाउने ड्रिङ्कर र फिडर नै प्रयोग गर्न सकिन्छ ।
कालिजले कहिले अण्डा पार्छ ?
कालिज ओथारो बस्ने स्वभावको हुन्छ । यिनले फाल्गुन अन्त्यदेखि वा चैत्रदेखि असारसम्म अण्डा दिन्छन् । यिनलाई उचित आहारा उपलब्ध हुन सकेमा दिनै पिच्छे र नत्र दिन बिराएर एउटा अण्डा दिन्छ । यसरी वर्षमा एउटा पोथी कालिजले ६०–७० वटा अण्डा दिन्छ। यसको अण्डा २३–३६ ग्राम तौलको हुन्छ । पोथीले अण्डा पार्ने बित्तिकै टिपेर राख्नुपर्छ
कालिजले आफ्नो अण्डालाई माटो खनेर वा अलि खाल्डो परेको ठाउँमा पार्दछ। कालिजको अण्डा घाम परे पछि वा पानीले भिजे पछि बिग्रन्छ । त्यसैले जति सक्दो चाडो अण्डालाई सङकलन गरेर सुरक्षित राख्न पर्छ। कालिजको अण्डाको बजार मूल्य ठाउँ अनुसार ७०० देखि ८०० रुपैयाँ सम्म छ।
undefined
चल्लाको मूल्य कति ?
नेपालमा कालिजको चल्लाको मूल्य निर्धारण गर्ने कुनै निकाय हालसम्म छैन । यो नयाँ व्यवसाय भएकाले हालसम्म कालिज पालन व्यवसाय व्यवस्थित हुन सकेको छैन । यसको मुल्य ठाँउ अनुसार फरक(फरक र परिवर्तन भइरहन्छ। सरदर कालिजको एकदिने चल्लालाई १००० देखि सुरु हुन्छ भने एक हप्ता, एक महिना बढदै जादा चल्लाको मुल्य २५०० रुपैयाँ सम्म पर्न जान्छ ।
ओथारो दिने अण्डा कस्तो हुनुपर्छ ?
- अण्डाको बोक्रा नचर्केको ।
- अण्डा पारेको १० दिनभन्दा कम ।
- एकनासको साइज ।
- अण्डाको बोक्रा सफा ।
- अण्डाको तौल ३० ग्राम भन्दा बढी ।
ओथारो राख्ने गुड कस्तो हुनुपर्छ ?
- गुँड यू आकारको ।
- गुँडमा सोत्तर राख्ने ।
- गुँड जमिनभन्दा केही माथी हुनुपर्दछ ।
- गुँडलाई अरु पन्छीहरुबाट जोगाउन सकिने किसिमको हुनुपर्दछ ।
०–४ हप्ता उमेरका चल्ला हुर्काउँदा ध्यान दिनु पर्ने कुराहरु
ओथारो वा ह्याचिङ्ग मेसिनबाट चल्ला कोरलीसकेपछि ०–४ हप्ताको उमेरसम्म निकै ध्यान दिनुपर्दछ । यस अवधिमा राम्ररी ध्यान दिन सकिएन भने चल्लाको मृत्युदर बढी हुन्छ । यस अवस्थामा चल्लालाई चिसो तातो अन्य पन्छीहरुबाट बचाउनु पर्दछ । यस अवधिमा चल्लाहरु हुर्काउनको लागि माउ र चल्लाहरुको लागि दानापानी, खोर र चर्ने स्थानको उचित व्यवस्था मिलाउनु पर्दछ ।
चल्ला हुर्काउने खोरमा भँईको सतहबाट २–४ ईन्च उचाई सम्म ओभानो हुने गरी सोत्तर बिछ्याउनु पर्दछ । पहिलो दिनमा प्रतिदिन प्रति चल्ला १० ग्रामका दरले र ४ हप्ता उमेर पुगेपछि प्रति चल्ला प्रतिदिन २५ ग्रामका दरले दाना दिनु पर्दछ । प्रतिमाउलाई दैनिक कम्तिमा ७० ग्रामभन्दा कम नहुने गरी दाना दिनु पर्दछ ।
कहिले बिक्री गर्ने ?
कालिजलाई करिब ५-७ महिना सम्म पालेपछि बिक्री गर्न सकिन्छ । एउटा बयस्क कालिजको तौल करिब १ किलो देखि १.५ किलो सम्म हुन्छ । जसको अहिलेको बजार मुल्य रु २५०० देखि ३५०० रुपैयाँसम्म
के कस्ता चुनौति छन् ? जुनसुकै व्यवसायमा पनि चुनौति नहुने कुरै भएन । त्यसैले चुनौतिको सामना गरेर अघि बढ्न सक्नुपर्छ । कालिज पालन नेपालमा नयाँ व्यवसाय हो । त्यसैले समस्या पनि धेरै छन् । तपाईले कालिज पालन गर्ने सोच बनाइरहनु भएको छ भने एक पटक चुनौतिहरुलाई राम्ररी बुझेर मात्रै व्यवसाय सुरु गर्नुहोस् । कालिज पालन व्यवसाय नयाँ भएका कारण दक्ष श्रमिकको अभाव छ । कालिज पालनका लागि कृषकहरुका लागि माग अनुसार तालिम उपलब्ध हुन सकेको छैन । यस विधाको दक्ष प्राविधिक जनशक्तिको कमी छ । साथै यसको बीमा सजिलै र प्रभावकारी तवरले हुन सकिरहेको छैन । जसका कारण किसान यस व्यवसायप्रति ढुक्क हुन सकिरहेका छैनन् । साथै कालिजका लागि बजारमा छुट्टै दाना समेत उपलब्ध छैन ।
यस्तै, कालिजको मासुको बजार व्यवस्थित बनाउन कठिनाई भइरहेको छ । बर्षभरी गुणस्तरीय हरियो घाँस तथा पशु आहाराको अभावमा उत्पादन लागत बढी परिरहेको छ । अझैसम्म पनि कालिज पालन व्यवसायलाई दिगो राख्ने आधारहरु तय हुन सकिरहेको छैन । सरकारी नीति नियमहरु व्यवसाय मैत्री हुन सकेको छैन भने कानूनी प्रक्रिया झन्झटीलो छ । कालिजमा नयाँ नयाँ रोगहरु देखापर्दै गएकाले रोग रोकथाम तथा नियन्त्रण गर्न कठिनाई भइरहेको छ । सरकार पनि यी समस्याको समाधान गर्नतर्फ अग्रसर हुने हो भने कालिज पालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी तपाईले कालिज पालन सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका साथै तपाइले नजिकैको एग्रो भेटमा वा विज्ञसङ सम्पर्क गर्न सक्नु हुन्छ। तपाईले यी माथि उल्लेखित कार्यालयको फोन नम्बर आफ्नो जिल्ला र प्रदेश अनुसार गुगलमा गएर सर्च गर्नु भयो भने सबै कार्यालयले आफ्नो वइवसाइडमा राखेका हुन्छन् । तपाई केही जानकारी लिन चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुने छ ।
पशु सेवा तालिम केन्द्र,ललितपुर - फोन नं :०१-५५२००१०/०१-५५२१८११
केही नेपालका कालिज फर्मको सम्पर्क नम्बर
-तुल्सि कुञ्ज इको एन्ड वाइल्ड भिलेज, पोखरा १८ भकुण्डे ( ९८५६०३१६०७)