हाल गण्डकी प्रदेशको विभिन्न जिल्लामा सेरेना जातको मौरीगोलाहरुमा महामारीको रुपमा मौरी मरी गोला नष्ट हुने समस्या देखा परेकोले मौरीपालक कृषकहरुमा निम्न अनुसार व्यवस्थापनका उपायहरु अपनाउन विशेष अनुरोध छ।
1. मौरी खर्कको मौसमी पूर्वानुमानको जानकारी लिई मौरी गोलाको नियमित निरीक्षण गर्नुहोस् ।
2. यदि लामो समयसम्म लगातार वर्षा र मौरी गोलामा सञ्चित आहार कमी भएमा कृत्रिम आहारको प्रबन्ध मिलाउनु होस्। साथै मौरी गोलामा मौरीको अवस्था निकै कमजोर देखिएमा कृत्रिम आहार सँगै भिटामिन बी र सी मिसाएर प्राविधिकको सल्लाह अनुसार खुवाउने व्यवस्था गर्नुहोस्।
3. कृत्रिम आहारमा चिनी चास्नी दिँदा दुई भाग चिनी र एक भाग उमालेर सेलाएको पानी मिसाई बेलुका चार बजे पछि फ्रेम फिडरमा दिने र बिहान बचेको चिनी चास्नी पानीमा बगाउने वा उचित व्यवस्थापन गरी लुटलडाईंबाट जोगाउनुहोस्।
4. गोला विभाजन र बिक्री वितरण गर्दा माउ गोलाको क्षमता अनुसार सिजनमा एक पटक मात्र विभाजन गर्नुहोस्। बिक्री वितरण गर्ने गोलामा छाउरा, मह र कुट भएको कम्तिमा ५ फ्रेम सहितको मौरी कायम राख्नुहोस्।
सूचना ! सूचना !! सूचना !!!