बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जटामसी

बिहीबार , जेठ ३१ २०८१
55 views
जटामसी

समाचार शेयर गर्नुहोस्

Share this news


बैज्ञानिक नाम (ल्याटिन नाम) : नार्डास्टाकिस ग्रान्डीप्लोरा  (Nardostachys grandiflora DC.)
संस्कृत नाम :  तपस्विनी, जटिला, लोमशा, जटामशी (जटामाँसी)
नेवारीमा : नस्वाँ
वनस्पति परिवार : भ्यालेरियानेसी   (Valerianaceae)

परिचय
तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।  हिमाली भेगका ३,००० देखि ४,५००  मीटरसम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसिलो ठाउँमा यो विरुवा बाह्रैमास पाइन्छ । जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ । काण्डको लम्बाई ७ से.मि. र चौडाई ३ से.मि.को हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तितो र पिरो हुन्छ । यसको पातहरू तलैबाट पल्हाई आएको हुन्छ । यिनको नाप २ से.मि.सम्म चौडा र २० से.मि.सम्म लामो हुन्छ । पातहरू घाँसका पातका आधार तथा भालाका आकार र रौं नभएका हुन्छन् । पातका टुप्पा तिखा हुन्छन् । फूलको एउटै झुप्पा हुन्छ । यो गुलाफीसेतो रंगको हुन्छ । फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।

खेती
जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवा उमारिन्छ । बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ । यसरी उमारिएका विरुवाहरूलाई मल जल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ । एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से.मि. दूरीमा राखिन्छन् र एक ड्याङ्गबाट अर्काेड्याङ्ग ६० से.मि.को फरकमा हुनु पर्दछ । हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ ।

नेपालको निम्नलिखित जिल्लाहरू मा जटामसीको खेती गर्न सकिन्छः

ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु (खुम्जुङ्ग, दूधकुण्ड, थ्यांगबोचे), गोरखा (खरीबिरे, प्रोक, गम्दा, सिर्दिवास), लमजुङ्ग (बाहुन डाँडा, चौधखोला, डुलिबेसी), कास्की (गोरुजुरे,  हिमालफेदी), पर्वत (धानढुङ्ग, जलजल, नागी), वाग्लुङ्ग (तारा खोला, मैकोट), गुल्मी (झुले, खुँजो), मुस्ताङ्ग, म्याग्दी, रोल्पा,
दैलेख, जुम्ला, जाजरकोट आदि स्थान ।

संकलन
हिउँ हटेपछि श्रावणदेखि कार्तिक सम्म मा जमिन विस्तारै खनी विरुवा पल्हाउने  केही भाग   त्यही
छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ । यसले गर्दा विरुवा मासिने डर  रहन्न र प्रत्येक दुई वर्षमा
यसको काण्ड प्राप्त  गर्न सकिन्छ ।

सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली  सकेपछि यसमा रहेका गुण, तत्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनु पर्दछ ।    त्यसपछि यसलाई
बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ ।

उपयोगिता
आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ । 

यो तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे, हृदय, कम्पा, अजीर्ण तथा वाल सम्बन्धी आन्द्राको बातशुल वा वात विष्फोटक, पेट दुखेको शमन गर्न, वायु शमन गर्न ,  पिशाव गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधिहरूमा प्रयोग गरिन्छ ।

सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ । जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।
३.३ देखि ४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३ देखि ४ ग्राम जटामसीको धुलोमा थोरी बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।

स्रोत  : हाम्रो घरको डाक्टर र  जडिबुटि संकलन , संरक्षण , सम्वद्र्धृन विधिबाट 

थप समाचार