बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जडिबुटिको संकलन र संचयका उपायहरु

बिहीबार , असार ७ २०८१
11 views
जडिबुटिको संकलन र संचयका उपायहरु

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
संस्कृतको जड र वटी शब्दबाट जडीबुटी शब्द बन्न गएको हो। संस्कृतमा जड र हिन्दीमा जडी शब्दहरूको अर्थ नेपालीमा जरा हुन्छ र यो औषधिमा प्रयोग गरिन्छ। बूटी भन्ने शब्दले झारपात तया बोटविरुवा बुझाउँदछ र संस्कृत बूटी  शब्दले गोली तथा मात्राको बोध गराउँदछ । यिनै शब्दहरूबाट नेपालीमा जडीबुटी अववा जरीबूटी शब्द बन्न गएको हो। तसर्व बोटविरुवा र झारपातका जरा जसवाट औषधिको मात्रा बन्दछन् र रोगलाई जरैदेखि निर्मूल गर्ने काम गर्दछ त्यसलाई जडीबुटी   भनिन्छ ।

पश्चिमेली सभ्यतामा जडीबुटीहरूले औषधि मूलोमा ठूलो स्थान ओगट्न लागिरहेका छन् भने हिन्दु सभ्यतामा आदिकालदेखि नै उपयोग गरिआएको आयुर्वेद, चरक संहिता र सुश्रुत संहितामा जडीबुटीहरूको लक्षण, गुण तथा महत्वको वृतान्त वर्णन गरेको पाइन्छ ।

हिमवत्खण्ड नेपालका जडीबुटीहरू गुण तथा प्रभावको दृष्टिमा अत्यन्त प्रसिद्ध मानिएका छन् ।यसको फलस्वरुप यहांका अनेक जडीबुटीहरू छिमेकी राष्ट्र भारत तथा अन्य मुलुकहरूमा धेरै मात्रामा निर्यात गरिन्छ जुर्नाक नेपालको लागि विदेशी मुद्रा आर्जन गर्ने एक ठूलो स्रोत भएको छ । तर हालसम्म यी बहुमूल्य जडीबुटीहरूको संकलनमा कुनै वैज्ञानिक पद्धति अपनाइएको पाइदैन । यिनीहरू प्रायः प्राक्तिक स्रोतबाट जयाभावी रुपले संकलन भई नियांत भइरह्यो भने स्वदेशको अनीषध ढुकुटीमा छिट्टै नै द्वास हुन गई प्रायः लोप हुने ठूलो सम्भावना हुन्छ र देशको आर्थिक स्थितिलाई अन्ततोगत्वा असर पार्न सक्तछ । तसर्थ संरक्षण, सम्बर्द्धनको एकमात्र उपाय बनौषधि तथा जडीबुटीलाई मास्न नदिई नियन्त्रित किसिमले संकलन गर्नु र तिनको व्यर्वास्थत रुपले क्रमशः खेतीको विस्तार गर्नु नै समयोचित उपाय देखिन आउँदछ ।

यस पुस्तिकामा नेपालबाट नियांत हुने केही बहुमूल्य जडीबुटीहरूको सकलन तथा सुकाउने र गोदाम घरमा सरक्षण गरिराख्ने केही आवश्यक उपाय तथा खेती गर्ने कायदाहरू छोटकरीमा उल्लेख गरिएका छन ।

संकलन :
जंगलमा पाइने वनौषधि तथा जडीबुटीहरू संकलन गर्दा निम्न किसिमका समस्याहरू आई पर्दछनः 

१) बर्षेनी बनको एकै क्षेत्रबाट जडीबुटी हरू लगातार संकलन भैरहेमा त्यस क्षेत्रमा पाइने जडीबुटीहरूले आफै बढ्ने पर्याप्त समय पाउँदैनन्, जसले गर्दा तिनीहरूको स्तर निम्न हुन जाने सम्भावना हुन्छ । अर्कोतर्फ चाहिने भन्दा वढी संकलन हुन गएमा ती जडीबुटीहरू लोप हुँदै जाने सम्भावना पनि हुन्छ । 

२) संकलन भैसकेका जडीबुटीहरूलाई समयमै राम्ररी सुकाई राख्न नसके जडीबुटीहरूमा कीरा तथा दुसी लाग्न गई संकलित सम्पूर्ण जडीबुटीहरूलाई नै नाश गरिदिन्छ। जसबाट संकलनमा लागेको श्रम, समय तथा खर्च आम्दानीको दाँजोमा बढी पर्न जान्छ । 

३) नेपाल एक पहाडी मुलुक भएको हुँदा यहांको बाटो घाटो तथा यातायातका आवश्यक साधनहरूको कमीले गदां सर्कालत जडीबुटीलाई देशको एक ठाउँबाट अर्को ठाउँमा लैजांदा कठिनाई आइपर्दछ । 

४)  सर्कालत जडीबुटीहरूमा अन्य विरुवाका अंश पनि मिसिएर आउन सक्तछ, जसले जडीबुटीहरू को शुद्धतामा असर पार्दछ । 

५) अनावश्यक अवस्थामा धेरैजसो जडीबुटी छरिएर उसिने हुँदा तिनको संकलनमा धेरै समय लाग्दछ ।

तसर्थ यी माथिका कठिनाई तथा समस्याहरू समाधान गर्न र देशलाई जडीबुटीको भण्डार बनाई राख्न वनमा पाइने जडीबुटीहरूको सामयिक संकलन तथा तिनको क्रमशः खेती गर्नु अत्यावश्यक देखिन्छ। जसबाट निम्न फाईदाहरू प्राप्त गर्न सकिन्छ । 
संकलन गरिएको वन क्षेत्र १,२ वर्ष अनिवार्य रुपले त्यसै छोडिदिनु पर्दछ। यसले गर्दा त्यस क्षेत्रवाट दोस्रो, तेस्रो वा चौथो वर्षमा फेरि उच्च स्तरका जडीबुटीहरू प्राक्तिक तवरले पुनः उम्रिएको पाउन सकिन्छ । यसले गर्दा सधै एकनासको उच्च गुणस्तरयुक्त जडीबुटीहरू संकलन गर्न सकिने हुन्छ । 

जलवायु सुहाउँदो माटोमा क्रमिक रुपवाट जडीवुटी खेती गरिएमा थोरै श्रम तथा खर्च लगाई सानो क्षेत्रवाट पनि उच्च गुणस्तर भएको जडीबुटी पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । २ माथि उल्लेखित तरीकाहरू अपनाईदा जडीबुटी व्यवसायमा लागेका किसानहरू तथा जडीवुटी व्यवसायसंग सम्बन्धित सघ सस्था तथा निर्यात कम्पनीहरूलाई पनि चीरकालसम्म पयांप्त जडीबुटी प्राप्त भई कार्य सुचारु रुपले संचालन गर्न सकिने हुन्छ ।

संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरू:

जडीबुटीको संकलनयोग्य अंगहरू कुन कुन हुन् यसको ज्ञान हुनु आवश्यक छ। अन्यथा योग्य अंग छुट भई अनावश्यक अंगहरू संकलन हुन सक्तछ । अर्कोतर्फ नचाहिंदा भागहरू पनि संकलन हुन गएमा जडीबुटीको उत्पादन तथा गुणमा ह्रास मात्र आउने नभई त्यस क्षेत्रमा तिनको फेरि सकलन गर्न नसकिने गरी नाश पनि हुन जान सक्छ ।

संकलन समय जान्नु नितान्त आवश्यक छ। कुसमयमा संकलन गरिदा विरुवा नदेखिने, विग्रिसकेको, सडेको, हराएको, अरुले संकलन गरिसकेको, राम्रो गुणस्तर नभएको इत्यादि हुन सक्छ । 

संलकन गदां जडीबुटीहरूको स्रोत नै लोप हुने गरी गर्नु हुँदैन। संकलित जडीबुटीहरूसंग अन्य अनावश्यक वोटविरुवाका अंग पनि मिसिएर आउन दिनु हुँदैन । संकलित जडीबुटीहरूलाई कुन प्रकारले सुकाउनु पर्ने हो, कसरी जम्मा गरी राख्नुपर्ने हो आदि कुराहरूमा ध्यान दिनु अति आवश्यक छ । 

विरुवाका संकलनयोग्य अंग, समय तया तरीकाहरूका साधारण नियमहरू :

जडीबुटीहरू को प्रयोग गरिने अग, सकलन समय तथा तरीकाहरूमा एक रुपता छैन। तर निम्नलिखित साधारण नियमहरू पालना गर्नु वान्छनिय देखिन्छ ;
१) जरा र काण्ड
संकलन गर्नुपर्ने जडीवुटीहरूको जरा र काण्ड आश्विनदेखि चैत्रको शुरुसम्ममा संकलन गरिसक्नु पर्दछ । यिनलाई खनेर झिकेपछि टाँसिएर रहेको माटो झारेर प्रायजसो पानीमा पखालेपछि मात्र सुकाउनु पर्दछ । यिनको संकलन गरिंदा पछि प्रजनन हुने कुरामा बढी ध्यान दिइनु पर्दछ । वीउको रुपमा रहने जरा तथा काण्ड (गानो) को केही भाग जमिन मुनि छोडिनु पर्दछ जसले गदां पछि नयाँ वोट पल्हाएर आउन सकोस् । त्यसकारण सकलन गरिदा काण्डको सबै भाग कदापि खनेर झिक्नु हुँदैन । अतिस, कुट्की, चांदमरुवा (सर्पगन्धा), जटामसी, पदमचाल, पाषाणभेद, सुगन्धवाल, गुजर्जी, पांचऔले, बोझो, भ्याकुर, सतुवा आदि जडीबुटीका जरा तथा काण्ड संकलन गरिन्छ ।
२) बोक्रा 
 चैत्र महिना अघि नै अर्थात बोटमा पातहरू पल्हाइ आउनु अघि नै बोक्रा खुर्की फिकी सक्नुपर्छ । चुत्रो, निम, पानीसाज, भोजपत्र र दालचीनीका वोक्राहरू यसरी संकलन गरिन्छ । 
३) पात
विरुवामा फूल फुल्नु अघि अथवा सानो विरुवा भए हांगै समेत काटी पातको संकलन गरिन्छ । धतुरो, डिजीटालिस, बेलाडोना, तेजपात इत्यादि विरुवाहरूवाट पात संकलन गरिन्छ । 

४) फूल
सुख्खा हावा भएको वेला फूल पुरा फक्रिनु अघि टिप्नु पर्दछ। पाईरेग्रम, सिमल, अमला, कन्टकारी, धतुरो आदिका फलहरू संकलन गरिन्छ । 

५) फल 
फलहरू पूर्ण विकसित भई पुरा पाकेको वेलामा टिप्नु पर्दछ। पिपला, वरों, हरों, अमला, कन्टकारी, धतुरो आदिका फलहरू संकलन गरिन्छ । 

६) बीज
बोट वा विरुवाहरूमा फल पाक्ने वित्तिकै अथवा फल पाकी फुटेर छरिनु अगावै टिपी सक्नु पर्दछ । धतुरो, कण्टकारी, सर्पगन्धा आदि विरुवाबाट बीज संकलन गरिन्छ ।

सुकाउने तरीका :
जडीबुटीहरूमा ५० देखि ८५५ सम्म पानीको मात्रा अर्थात जलांग हुन्छ। ती जलाशलाई बाफ बनाई बाहिर निकाल्नु अति जरुरी हुन्छ ।

यस मुकाउने प्रक्रियाले जडीबुटीहरूको कोपिकाभित्र हुने रसायनिक परिवर्तन रोकिनुका साथै कीरा, रोग तथा दुसी लाग्ने सम्भावना पनि कम गराई जडीवुटीलाई लामो अवधिसम्म संरक्षण गरी राख्न सक्ने हुन्छ । 

यो प्रक्रिया क्रमिक रुपमा छिट्टै सम्पन्न गरिसक्नु पर्दछ। अन्यथा जडीबुटीको ताजापना र विनमा रहने मुख्य तत्व उडेर जाने तथा परिवर्तन भएर नाश हुन जाने हुन्छ। सुकाउने तरीकाको निर्धारण जडीबुटीमा गोको तत्व तथा गुणको आधारमा गरिनु पर्दछ ।

जडीबुटीहरू मोटामोटी रूपमा निम्न तरीकाहरुबाट सुकाउन सकिन्छ :
१. घाममा 
२. छहारीमा 
३. घाम तथा छहारी दुवैमा 
४. नियन्त्रित तापक्रममा 

१)  घाममा सुकाउने
सकलित जडीबुटीहरूलाई सूर्यको प्रकाश लाग्ने ठाउंमा मान्द्रो, त्रिपाल, प्लाष्टिक वा कुनै चीज माचि पातलो गरी विस्कुन सुकाए भी फिजाएर सुकाइन्छ। यस प्रक्रियामा जडीबुटीहरू छिट्टै मुक्छन र कीरा लाग्ने तथा कुहिने डर कम हुन्छ। जरा काण्ड, वोक्राहरूलाई विशेष गरेर धाममा सुकाइन्छ ।
२) छहारीमा सुकाउने 
अधिकांश जडीबुटीहरूलाई घाममा सुकाउँदा यिनमा रहेको रासायनिक तत्व उडेर जाने सम्भावना रहन्छ । तसर्थ जडीबुटीहरूमा रहेको रसायनिक तत्व नाश हुन नदिन तया यसमा रहेको तौलिय तत्व उडेर जानवाट जोगाउन तिनीहरूलाई घाम नलाग्ने तथा सुख्खा हावा लाग्ने ठाउँको भूईमा वा मान्द्रोको मचान बनाई त्यसमा जडीवुटीलाई पातलो गरी फिंजाई सुकाइन्छ । हावाको भरमा मात्र जडीबुटी सुक्ने भएको हुँदा सुकाउने कार्य डिलो हुन्छ । तर जडीबुटीको रंग र रुप तथा गुणको भने संरक्षण हुन्छ । 

३) छहारी तथा घाम दुवैमा सुकाउने 
कुनै कुनै जडीबुटीहरूलाई बराबर छहारी तथा घाममा सुकाई राख्नु पर्दछ । यसवाट जडीवुटीमा रहेको रसायनिक तत्वको मात्रा नघट्‌ने हुन्छ। पाईरेयमको फूल यसै प्रक्रियाबाट सुकाइन्छ । 

४)नियन्त्रित तापक्रममा सुकाउने 
क) यस प्रक्रियामा एक विशेष प्रकारले बनाएको ताप र हावाको संचार दुवै निर्यान्त्रत भएको कोठाभित्र जडीवुटीलाई सुकाइन्छ । कोठा तताउन कोठाभित्र तातोहावा बग्ने नलीहरू मिलाएर राखिएको हुन्छ । यीनै नलीहरूबाट पठाइएको धुंवा तथा तातो हावाले कोठालाई तताउँदछ । जरा, वोक्रा, काण्ड र फल सुकाउँदा २५देखि ४० डिग्री सेल्सीयस  सम्मको तापक्रममा सुकाइन्छ ।

ख) अगेनोमाथि मचान बनाई जडीबुटीहरूलाई आगोको ज्वालाले नभेट्‌ने गरी राखि आगोको मधुरो रापले पनि सुकाउन सकिन्छ ।

जडीबुटीहरू सुकेको जाँच्ने तरीका :

१)जरा, काण्ड र बोक्राः यिनलाई टुक्रा पारेर हेर्दा भित्री भाग सुकेको हुनु पर्दछ । 
२) फूल र पातः सुकेको पात तथा फूललाई माडेर वा भांचेर हेर्दा झुरिएर धुलो हुन दिनु हुँदैन । 
३) फलः प्रायजसो सुकेको फल हल्लाउँदा त्यसको भित्री भागवाट आवाज निस्किनुपर्दछ ।

संचय : 
संचयको अर्थ जडीबुटीहरू कुहिन नदिनु र गुणयुक्त राखि लामो अवधिसम्म संरक्षण गरी राख्नु हो । संकलित जडीबुटीहरूको शुद्धतामा विशेष ध्यान दिनु जरुरी छ। यिनमा धुलो, नचाहिदा भागहरू र अरु मिसावट हुन दिनुहुँदैन । जडीबुटीहरूको प्रकृति हेरी यिनलाई विभिन्न प्रकारको भाँडोमा सुरक्षित राख्न सकिन्छ। साधारणतया यिनलाई बोरामा बन्द गरी राखिन्छ । 
यसरी जडीबुटीहरूलाई संचय गरी राख्दा तल लेखिएका मुख्य कुराहरूलाई ध्यान दिनु जरुरी छ । 
१. जडीबुटीहरूमा रहेको पानीको मात्रा न्यूनतम भई राम्ररी सुकेको हुनु पर्दछ । 
२. जडीबुटीहरू कीरा र ढुसीहरूवाट वंचित हुनु पर्दछ। रोग तथा कीरा लागेको अंश खुर्केर मिल्काएको हुनु पर्दछ । 
३. जडीबुटी बन्काई राख्ने भांडो हुनु पर्दछ । कैरा, थैला, ओवानो, सुख्खा र दुसी नलागेको र सफा 
४. जडीवुटी राख्ने गोदाम वा कोठाहरू ओवानो, सुख्खा हावालाग्ने तथा ओस नपर्ने हुनु पर्दछ । 
५. कुनै कुनै जडीबुटीहरूलाई हावा बन्द वाकसमा राख्नु पर्दछ । 
६. जडीबुटीहरू राखेको भाँडोमा केही मात्रामा किटनाशक औषधि छर्किएको हुनु पर्दछ ।
स्रोत :  वनस्पति विभाग, जडिबुटि परिचय माला भाग १ देखि ५

थप समाचार