बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गुणकारी वनस्पती : गुर्जो

सोमबार, असार १८ २०८१
9 views
गुणकारी वनस्पती  : गुर्जो

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
गुर्जो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावमा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ । बोक्रामा सेता नबिलमक का थोप्ला थोप्लाले भरिएको हुन्छ । यसका पातहरु एक पछि अर्को हुँदै गएका भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७–९ वटा नशाहरु भएका करीब १० से.मि. लामा हुन्छन् । यसका फूलहरु आँख्लाबाट लामो लहरेदार भू– भागमा फैलियका  हाँगामा फुल्दछन् । भाले फुलहरु झुप्पामा रहन्छन् भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन् । यी अण्डाकारका र केराउका दाना जत्रा र पाकेपछि राता हुन्छन् ।

प्राकृतिक बासस्थानः
यो उत्तरी पूर्व भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड, भियतनाम, दक्षिण चीन, मलाया लयायत नेपालमा पाइन्छ । नेपालमा यो ३००–१५०० मि. सम्मको उचाईमा पूर्व देखि पश्चिम सम्म पाइन्छ ।

फूल  फुल्ने समयः चैत्र—वैशाख

उपयोगिताः
यसको उपयोगी भाग काण्ड र डाँठ हो । यसको प्रयोग कमलपित्त, पूरानो ज्वरो, दम खोकी तथा मधुमेह आदि रोगहरुमा हुन्छ । जडीबुटी चियामा गुर्जोको प्रयोग गरिन्छ ।

संकलन समय र विधिः
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो । मंसिर देखि माघ महिना सम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरु वाली लिन योग्य हुन्छन् । लहरालाई जमिन देखि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मि. लामा टुक्र्याइ बीचबाट ४ फ्याक हुने गरी काटेर सुकाइन्छ । अथवा मुंग्रोले थिचेर चेप्टो परिन्छ । अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ । भण्डार गर्दा ओस आउन दिन हुदैन । 

प्रसारण विधिः
डाँठको कलमीबाट नै यसका विरुवाहरु तयार गरिन्छन् । यसका आँख्ला सहीतका करीब एक फिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्याङमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । फागुन÷चैत्र तिर हाँगाहरु काटेर अलिकति भाग जमिन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । पानी जम्न हुँदैन  किनकि यसको काण्ड गुदीदार हुने भएकोले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरु असार÷

gurjooooo 2.jpg
Gurjo

श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरु सोझै जमीनमा गाडेपनि हुन्छ । यसरी सार्दाको समय असार÷श्रावण  उचित समय मानिन्छ । यसको फलहरु असोज मंसिरमा पाक्दछन् । पाकेको फलहरु टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरु नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ । संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ । अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन÷चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ ।

प्रमुख रसायनिक तत्वः
यसको लहरामा मुख्य रुपले टीनोकर्डोफोलिन ,टीनोकर्डोफोलीसाइड  भन्ने वानस्पतिक रसायन पाइन्छ । जैविक असर अध्ययनमा सूजन घटाउन  दुख्ने कम गर्ने  र जन्डिसका लागि उपयोगी हुने गुणहरु देखाइएको छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार