बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जंगली सयपत्री

सोमबार, असार १८ २०८१
12 views
जंगली सयपत्री

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
जंगली सयपत्री अत्याधिक सुगन्धित, १—२ मिटरसम्म अग्लो हुने एक वर्षे विरुवा हो । पातहरु ७—१५ से.मी. लामा चिरा–चिरा परेका हुन्छन् । प्रत्येक पातका किनारामा ११—१९ खण्ड हुन्छ । फुलको रंग पहेंलो, झुप्प परेर पल्हाएका हुन्छन् । यस वनस्पतिको उत्पति र प्रसारण दक्षिण अमेरिकाको मेक्सिकोको गर्मी प्रदेशबाट भएको हो । 

फूूल फुल्ने समयः श्रावण—भाद्र

प्राकृतिक बासस्थानः
अमेरिकाको गर्मी प्रदेशमा उत्पति भए पनि अन्य उष्ण प्रदेशहरुमा प्रसार भै प्राकृतिकरण भएको छ । जंगली सयपत्री उत्तर पश्चिम हिमालयको १२५०—२५०० मिटरसम्म उचाई भएका स्थानहरुमा खेर गएका फोहरमैला फालिएका स्थानहरु, बाटोको छेउछाउ, वस्तीको छेउछाउमा फैलिएको पाईन्छ । नेपालमा यो जंगली झारको रुपमा पश्चिम नेपालको हुम्ला, जुम्ला, डोल्पा, मुस्ताङ्गदेखि दाङ्ग, सल्यान, पाल्पासम्म  फैलिएकोे पाईन्छ ।

उपयोगिताः
यसको उपयोग हुने अङ्ग सम्पूर्ण विरुवा हो । व्यापारिक रुपमा यसबाट तेल उत्पादन गरिन्छ । तेल उच्च कोटिको अत्तर तयार गर्न प्रयोग गरिन्छ । तेलको प्रयोग झिङ्गा, फट्याङ्ग्रा भगाउने, किराको लार्भा मार्ने काममा पनि प्रयोग गरिन्छ । पूर्वकालमा औषधिमा प्रयोग गरिन्थ्यो तर यसमा भएको विषालुपनाको कारण औषधिका रुपमा उपयोग गर्न बन्द गरिएको छ ।

संकलन समय र विधिः
फूल फुल्ने अवस्थामा वा आश्विन—कार्तिकमा सम्पूर्ण विरुवा संकलन गरिन्छ । विरुवा संकलन गरि खुल्ला छाँयादार स्थानमा ओईलाई वाष्पिकरण  विधिबाट तेल निकालिन्छ ।

प्रसारण विधिः
जंगली सयपत्री कार्तिक—मंसीर महिनामा  फूल परिपक्व हुन्छ । फूल भित्र काला लाम्चो सयपत्रीको जस्तै वीउ हुन्छन् । उक्त वीउलाई फाल्गुण—चैत्र महिनामा नर्सरी व्याडमा छरिन्छ । १५—२० दिन भित्र वीउ उम्रन शुरु हुन्छ । नर्सरीमा उत्पादित विरुवा वैशाख—जेष्ठ महिनामा कम्पोष्ट मल प्रशस्त हाली (प्रति हेक्टर २०—२५ टन) जग्गा तैयार गरी विरुवा सार्नु पर्छ । सोझै  तयार गरिएको क्षेत्रमा वीउ छरेर पनि खेती गर्न सकिन्छ । खेर गएका बाटो छेउको क्षेत्रमा वीउ छरेर पनि राम्रोसँग सप्रने भएकाले त्यस्ता स्थानहरुबाट पनि संकलन गरी प्रशोधन गर्न सकिन्छ ।

प्रमुख रसायनिक तत्वः
यसको सम्पूर्ण विरुवामा सुगन्धित तेल पाइन्छ । जसमा लिमोनीन , ओसीमीन  र टेजेटोन भन्ने वानस्पतिक रसायन पाइन्छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार