बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बहुमूल्य जडीबुटी - पाँचऔले

आइतबार, असार २४ २०८१
10 views
बहुमूल्य जडीबुटी  - पाँचऔले

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
पाँचऔंले करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त विरुव हो । यसको गाना पञ्जा जस्तो काराको पाँचवटा भागमा बाँडिएको हुन्छ । त्यसैले यसको नाम पाँचऔंले तथा सालम पञ्जा रहेको छ । यसका पातहरु पाँच देखि सातवटा सम्म हुन्छन र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूल को डाँठ सम्म निक्लेका हुन्छन् । तलतिरका पातहरु ठूला र माथितिरका पातहरु साना हुन्छन् । पात अण्डाकारका ३० से.मी.
लामा र २–५ से.मी. सम्म चौडा हुन्छन् । यसमा जेठ असारमा पूmलहरु लाग्दछन् । डाँठको उपल्लो १२ देखि २० से.मी. भागमा साना गुलाफी तथा प्याजी रंगका पूmलहरु वरीपरी फूल्दछन् ।

फूल  फुल्ने समयः चैत्र–वैशाख

प्राकृतिक वासस्थानः
यो पश्चीमी पाकिस्तान, हिमाल–गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बत (२५००–५००० मिटर) सम्म फैलिएको  छ । यो विरुवा नेपालको पूर्व देखि पश्चिम सम्म करीब २८०० देखि ४००० मिटर सम्मको उचाइमा पाइन्छ । यसको पैmलावाट प्राकृतिक अवस्थामा एक दमै कम छ । त्यसैले नेपाल सरकारले यसको संकलन, प्रयोग, विक्री, वितरण, ओसार पसार र निर्यातमा प्रतिबन्ध लगएको छ ।

उपयोगिताः
यो एक वलवर्धन जडीबुटी मानिन्छ । यसको सुकेको जराको धुलो दूध संग खाने गरीन्छ । यसको सुकेको जरा घोटेर काटेको र आगोले पोलेको घाउमा लेप लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ ।

संकलन समय र विधिः
आश्विन–कार्तिक महिनामा फूल  झरी सकेपछि संकलन गर्नु पर्दछ, फूल  नफुलेका विरुवा संकलन गर्नु हुँदैन । संकलन पश्चात राम्रो संग धोइ पखाली सुकाउनु पर्दछ ।

प्रसारण विधिः
पाँचऔंलेको वीउ धुलो हावामा उड्ने भएकोले प्रकृतिमा आफै प्रसाराण् हुने गर्दछ । फल परिपक्व हुन दिएमा र वासस्थान संरक्षण गरेमा आफै प्रसारण हुन्छ ।

प्रमुख रसायनिक तत्वःपाँचऔले 
पाँचऔंलेको जरामा पाइने रसायनिक तत्वमा ग्लुकोसाईड  हो ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग थापाथली, काठमाडौं, 

सम्बन्धित विषय

थप समाचार