बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पाषणभेद

आइतबार, असार २४ २०८१
11 views
पाषणभेद

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
पाषणभेद ५ से.मी.देखि १५ से.मी. लामो र ५ देखि १० से.मी.सम्म चौडा पात हुने, १५ से.मी. जति अग्लो बाह्रमासे विरुवा हो । पातका आकार अण्डाकार अथवा गोलाकारका हुन्छन् । पातका किनारामा र तल्लो भागमा स–साना रौंहरु हुन्छन् । फूल हरु एउटै डाँठमा झुप्पामा फुलेका हुन्छन् । फूल  सेतो गुलाफी अथवा प्याजी रंगका हुन्छन् । एउटै पूmलमा भाले तथा पोथी दुबै अंग पाइन्छ । जराहरु मात्र जमीनमुनि हुन्छ । काण्डको रंग खैरो र ४५ से.मी.सम्म लामो ५—६ से.मी. मोटाई भएको हुन्छ ।

फूल  फुल्ने समयः चैत्र—वैशाख
प्राकृतिक बासस्थानः
पाषणभेद महाभारत पर्वत श्रृखलाको २१०० मिटरदेखि ३५०० मिटरसम्म उचाई भएका काश्मिरदेखि भुटानसम्म र अफगानिस्तान दक्षिण—पूर्वी तिब्बतका क्षेत्रहरुमा फैलिएको छ । नेपालमा महाभारत पर्वत श्रृंखलाको चट्टानी सेपिला पाखाहरुमा पाइन्छ । ऐंसेलु, काफल, लालीगुँरास, रानी सल्ला भएका क्षेत्रहरुमा यो पाइन्छ ।

उपयोगिताः
पाषणभेद उपयोगी अंग काण्ड हो । आयुर्वेदिक प्रणाली अनुसार यसको प्रयोग— ज्वरो, तागत, पखला, कफ, हृदय रोग, पेट दुखेको, आउँ आदिको औषधिमा प्रयोग हुन्छ ।

संकलन समय र विधिः
पाषणभेद काण्ड आश्विन—कार्तिक महिनामा वीउ झरी सकेको अवस्था हेरी संकलन गर्नु पर्दछ । दिगोरुपमा व्यवस्थापन गरी संकलन गर्नका लागि काण्डको टुप्पा तिरको केही भाग त्यही यथास्थानमा छोडी पछाडिको परिपक्व काण्ड काटेर संकलन गर्दा पुनः केही वर्षपछि फेरी संकलन गर्न सकिन्छ । संकलन गरिएका काण्ड मोटा र छिटो नसुक्ने भएकाले काटेर वा चिरेर घाममा सुकाउनु पर्दछ । सुकाउन लामो समय लाग्ने हुन्छ । पुरा
सुकिसकेपछि राम्रोसँग सुकेका र नकुहिएका काण्ड जुटको बोरामा हालि प्याकिङ्ग गरी बजार व्यवस्थापन गर्नु पर्दछ ।

प्रसारण विधिः
पाषणभेद वीउ र काण्ड कटिङ्गबाट विरुवा उत्पादन गर्न सकिन्छ । आश्विन—कार्तिक महिनामा वीउ परिपक्व हुन्छ र वीउ संकलन गरी फाल्गुन—चैत्र महिनामा नर्सरी राख्नु पर्दछ । वीउ धेरै मसिनो धुलो हुने भएकाले नर्सरी व्याड राम्ररी माटो धुलो पारी तयार पार्नु पर्दछ र बालुवा मिसाई वीउ छर्ने गर्नु पर्दछ । काण्डको ५— १५ से.मी. लामा कटिङ्ग नर्सरी व्याडमा साथै यथास्थानमा रोपेर पनि खेती गर्न सकिन्छ । कटिङ्गबाट प्रसारण समय (जेष्ठ—आषाढ महिना) मा गर्नु पर्दछ ।

प्रमुख रसायनिक तत्वः
यसको जरामा वर्गेनिया सि–ग्लाईकोसाइड  (Bergenia-c-glycoside)   भन्ने रसायन पाइन्छ । जैविक असर अध्ययनमा यसको जरा÷काण्डले एण्टीप्रोटोजोअल (anti protozoal),  अर्वुदरोग (anti cancer) निरोधक  तथा आन्द्राको ऐठन घटाउने गुणहरु देखाएको छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग थापाथली, काठमाडौं, 

 

थप समाचार