बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चिउरी

बिहीबार , असार २८ २०८१
9 views
चिउरी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

चिउरी २० मी सम्म अग्लो हुने पतझड रुख हो। यसको पात ठुलो, भेट्नु भएको, १४ ३० से. मी लामो, ७-१६ से मी चौडा, हांगाको टुप्पोबाट झुप्पामा पलाएको, पातको माथि चिल्लो र तल्लो भाग हल्का रौ जस्तो झुस भएको हुन्छ । फूल पहेलो, भेट्‌नो भएको, हांगाको टुप्पोबाट झुप्पामा फुलेको र तलतिर फर्केको हुन्छ । यो विरुवाको फूल कार्तिक देखि माघसम्ममा फुल्ने गर्छ। यसको फल फागुनदेखि असारसम्ममा लाग्छ। फल गुलियो स्वादको हुन्छ र प्रत्यक फलभित्र १३ वटा बीउ हुन्छ ।

उपलब्धताः

नेपालमा यो वनस्पति प्राकृक्तिक अवस्थामा २०० १५०० मी. सम्मको उचाईमा छरिएर रहेको अवस्थामा मात्र पाइन्छ । कणर्णाली प्रदेशका निम्न स्थानमा चिउरी पाइने अभिलेख रहेको छ सुर्खेत लगाम, बेताङ, लेकफसां, गुमि, विद्यापुर, गुरु, लेकगांउ, दहचौर, रजेना, कमिचौर, बवियाचौर, छापे, सताखानी, मालानि, पोखरिडांडा, हुम्ला- जैरे, माइला, कालिका, जाजरकोट खलंगा, काक्रिगांउ, रिम्ना, स्याला, कुड़, छाप्रागांउ, दाज्या, दुमेरा, कल्पात, डांडागांउ, गोइरी, जुङ्गाथापा, पालि, मैया, चिउरीगांउ, दैलेख कसापानी, मालिका, मेरि, पगनाथ, विन्देवासिनि, लरि, त्रिवेनि, सल्लेरि, चमुन्डा, भैरिकालिका, सल्यान वैरागांउ, सुईकोट, कलागांउ, चिसापानी, मलखोला, लेखपोखरी, खरखोला, तिरवेनि, फलाई । संकलन समयः चिउरीको फल अथवा बीउको मालन असार देखि साउन भित्र गरिन्छ ।

व्यापारमा आउने भाग र यसबारे सामान्य जानकारीः

व्यापारमा चिउरीको बीउ र घिउ आउँछ । यसको बीउ विचमा फुकेको र दुइतिर हल्का चुच्चो परेको, बोक्रा फिक्का पहेंलो, खैरो रंगको केही फुटेका र फुटेको भागबाट भित्री सेतो भाग वा घिउ देखिएको हुन्छ । यसको घिउ सेतो रंगको हुन्छ ।

प्रयोगः

स्थानीयः स्थानीय रूपमा चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी जिस्न प्रयोग गरिन्छ । यसको घ्यू औषधिको रूपमा खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन प्रयोगमा आउँछ । 

सम्बन्धित विषय

थप समाचार