बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तालिशपत्र

बिहीबार , असार २८ २०८१
9 views
तालिशपत्र

समाचार शेयर गर्नुहोस्

Share this news

 परिचयः

तालिशपत्र ५० - ६० मी. सम्म अग्लो हुने ठुलो सदाबहार रुख हो। यो बिरुवाको बोक्रा गाडा खैरो रंगको हुन्छ । पात साधारण, सिधा, झण्डै पटेनो नभएको, काँडा झै, ४ से.मी. लामो भएको माथी पट्टि गाढा हरियो र तल सेतो, किनारमा दोब्रिएको र टुप्पो दुई शाखामा बाँडिएको हुन्छ । यसमा भाले र पोथी कोनहरू एउटै रुखमा पाइन्छ । पोथी कोन गाढा वैजनी, वेल्नाकार, १० - २० से. मी लामो र ४ ७५ से.मी. चौडा र भाले कोन ५ से.मी. लामो हुन्छ ।

 उपलब्धताः

यो वनस्पति नेपाल लगायत भारत, अफगानिस्तान र भुटानमा पनि पाइन्छ । नेपालमा तलिशपत्र पूर्व, मध्य तथा पश्चिम क्षेत्रका जिल्लाहरूमा १५२० - ४४०० मी. को उचाईमा प्राकृतिक अवस्थामा पाइन्छ । यो खुल्ला, ओसिलो र चिस्यान भएको ठाँउमा पाईन्छ । कर्णाली प्रदेशका निम्न स्थानमा तलिशपत्र पाइने उल्लेख रहेको छः जुम्ला- गोठिचौर (२७०० मी.), महारिगाउँ (२८०० मी.), साइलगढी (३२०० मी.), चौधविसे खोला (३३०० मी.), लेटि लंगा (३४०० मी.), डोरिलेख (३६०० मी.), धुपेनि (३६०० मी.), चिमरा लेक (३७०० मी.), देउलादेउली (३८५० मी.); जाजरकोट- घोतवास (१५२० मी.), टुन्टुपौवा (३००० मी.); हुम्ला-मरघोरे (३१०० मी.); दैलेख- माबु पास (२९०० मी.), डोल्पा- फोकसुन्डो (३५०० मी.); मुगु- पिना (२२५० मी.), छिठी (३७०० मी.)

संकलन समयः

बिरुवाको फूल फुल्नु अघि अर्थात यसको कोन लाग्नु अघि बहुउपयोगी पात संकलन गरिन्छ ।

व्यापारमा आउने भाग र यसवारे सामान्य जानकारीः

प्रयोगः

स्थानीयः स्थानीय रूपमा यसको पात को रस बच्चाहरूलाई ज्वरो आउँदा, चिसो लाग्दा र छाती दुख्दा प्रयोग गरिन्छ । जुम्ला, कालिकोट र मुगुमा यसको पात सल्ला र घोडामचर्चा संग मिसाई उमालेर प्रयोग गर्दा लहरे खोकि र श्वासनली सम्बन्धि सम्सया निको हुने मान्यता छ ।

 आयुर्वेदः

यसको पातको रस अस्थमा र श्वासनलि सम्बन्धि रोगमा प्रयोग गरिन्छ । यसको पातको लेप सामान्य टुटेको अथवा चर्किएको हड्डी जोड्न प्रयोग गरिन्छ ।

अन्य औषधिः

यसको पात बाट निकालिएको सुगन्धित तेलमा क्याम्फिन, लेमोनिन, पाईनिन जस्ता रसायन पाईन्छ जुन चिसो लागेमा, गठिया बाथ रोग र पिनास जस्ता रोग निर्मुल पार्न प्रयोग गर्ने गरिन्छ ।

औधोगिकः

यसको सुकेको लामो सियो जस्तो पात वास्नादार हुने हुँदा धुप बनाउन प्रयोग गरिन्छ ।

उत्पादन र बजारः

तालिसपत्रको व्यापार एकदमै कम परिमाणमा हुने गरेको छ । यसको व्यापारिक परिमाण र प्रति एकाई मूल्यपनि यकिन हुन सकेको छैन । संरक्षणको अवस्थाः नेपाल सरकारले तलिशपत्र को कच्चा निर्यातमा प्रतिवन्ध लगाएको छ । विश्व संरक्षण संघ (IUCN) ले यस प्रजातिलाई Near Threatened वनस्पतिको सूचीमा सूचीकृत गरेको छ ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार