बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बर्रो

आइतबार, असार ३१ २०८१
10 views
बर्रो

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

बर्रो  पतझड वर्गको ४० ५० मिटरसम्म अग्लो हुने रुख प्रजातिको विरुवा हो। यसको बोक्रा गाढा फयो र काठ पहेलो हुन्छ । यसको पातहरू हांगाको टुप्पोमा झुप्पा भएर पलाएको, १० २५ से मी लामो, ७ - १५ सेमी सम्म चौडा र अण्डकार हुन्छ। यसका फूलहरू हाँगाका टुप्पामा पातहरूको बीच-बीचमा लामा लामा डाँठको वरीपरी फेददेखि टुप्पा सम्म मिलेर रहेको हुन्छ। फूलहरू सानो, हल्का पहेंला अथवा हरियो रगका र नमिठो गन्ध आउने हुन्छ। यसको फल २४ से मी सम्म लामो र खैरो मसिनो रौहरूले ढाकिएको हुन्छ । प्रत्येक फलभित्र एउटा मात्र बीउ हुन्छ। यसको फूल फुल्ने समय वैशाख देखि जेठसम्म र फल लाग्ने समय असार देखि श्रावण सम्म हो।

उपलब्धताः

दक्षिण पूर्वी एसियामा उदगम स्थल भएको बर्रो  नेपाल, भारत, भुटान, श्रीलंका, इन्डोनेसिया, वाइल्याण्ड, म्यानमार, चीन आदि देशहरूमा प्राक्तिक रूपमा पाइन्छ। यो समुन्द्री सतहबाट ३०० - ११०० मी सम्मको उचाइमा पूर्व देखि पश्चिमसम्म मुख्यतः नेपालको उष्ण प्रदेशीय (tropical region) जगलहरूमा पाइन्छ। यो प्राय सालको बनमा धेरै सुख्खा ठाउँभन्दा चिस्यान भएको ठाउंमा पाइन्छ । कणांनी प्रदेशका निम्न म्यानहरूमा बर्गे पाइने अभिलेख रहेको छ सुर्खेत, जाजरकोट, दैलेख ।

संकलन समयः

करिव ७ वर्षपछि विरुवामा फल लाग्न थाल्छ तापनि १० वर्ष पछि प्राना रुखहरू बाट मंसिर देखि फागुनसम्म यमको फल टिपिन्छ । फल संकलन गर्दा हांगाहरू हल्लाएर फन्नूकमाई भुइमा झार्नुपर्छ अचया हातले ने टिपेर संकलन गर्नुपर्छ ।


व्यापारमा आउने भागबारे जानकारीः

बर्रोको फल प्रयोगमा आउँछ । यसको फल गोलाकार, १.३ - २ से.मी. व्यास भऐको, पाँचवटा कोण (चिरा) मा अस्पष्ट रूपमा विभाजित भऐको र खैरो रंगको हुन्छ । फलको बाहिर हल्का पहेंलो झुस भऐको हुन्छ । फल फुटाऐर हेर्दा फलको बोक्रा हल्का पहेंलो र भित्र मसिनो बीउ भएको हुन्छ । फलको स्वाद टर्रो, हल्क अमिलो र गुलियो किसिमको हुन्छ । यसको सुकेको बोक्रा हातले सजिलै टुक्रिने र टुक्रा हेर्दा स-साना हल्का पहेंलो ढिक्काहरू देखिन्छ । यसको बोक्रा हर्रोको भन्दा अलि फुस्रो हुन्छ ।

प्रयोगः

स्थानीयः बर्रोको बोक्रा, फल र बीउहरू विभिन्न परम्परागत तथा स्थानीय उपचार पद्दतीमा उपयोग गरिन्छ । कर्णालीका स्थानीयहरूले यसलाई पिसाब सम्बन्धि विभिन्न रोगहरूमा प्रयोग गर्छन् । फलको धुलो अमलासँग मिसाएर कब्जियत, अपच, अल्सर, ग्यास्ट्रिक, वान्ता, झाडापखाला र अन्य पेट सम्बन्धि प्रयोग गरिन्छ (सुर्खेत) । वर्सेको फलको बोक्रा घाममा सुकाई बनाएको चुर्ण तातोपानी सँग खानाले खोकी, दम, जुलाफ, अल्काई र टाउको दुखेमा यसको प्रयोग हुन्छ र फलको गुदीदार भाग दांत बलियो बनाउन तथा गिजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ । आयुर्वेद आयुर्वेद औषधि त्रिफला बनाउन बर्रोको प्रयोग गरिन्छ । वरों त्रिफलाको एक प्रमुख घटक हो। बीउबाट निकालिएको तेल कपालको सुन्दरता बढाउन उत्तम मानिन्छ ।

अन्य औषधिः

यसको फलले आंखाको संक्रमण आदि विकारमा फाईदा गर्छ। राउटे जातिले कमलो बर्रोको रस ज्वरो घटाउनका लागि उपयोग गर्छन् । तिब्बती प्रणालीमा बर्रोको बोका कलेजो र फियोको संक्रमणमा प्रयोग भएको पाइन्छ । राउटे जातिले कमलो बर्रोको रस ज्वरो हटाउन प्रयोग गर्छन् ।

औधोगिकः

यसको फल र बीउ व्यापारिक प्रयोजनमा आउने गर्दछ। यसमा टेनिन नामक रसायन पाइन्छ । टेनिन छाला उद्योगहरूमा छाला चम्काउन तथा छालालाई लामो समयसम्म चम्किलो बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग विभिन्न रंगहरू तथा मसी बनाउन प्रयोग हुने गर्दछ। हालसालै यसलाई क्यान्सर रोगको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धान भएको छ।

उत्पादन र बजारः

कणांली बरौंको निकै कम परिमाणमा व्यापार हुने गरेको छ। २९७८ सालमा बर्गेको प्रचलित बजार मूल्य रु ६० - ८० प्रति किलो संकलकले पाउने मूल्य र रु ११० १३० प्रति किलो जिल्लाका व्यापारीले पाउने मूल्य रहेको छ।

Source : 

सम्बन्धित विषय

थप समाचार