वैज्ञानिक नाम : MAgeratinaadenophora (Spreng) R.M. King and H Rob
अङ्ग्रेजी नाम : Crofton weed
वनस्पतिको उद्गम स्थान : Mexico
फैलावट :
नेपालको पूर्वदेखि पश्चिमसम्म २००-३२०० मिटरको उचाईमा जङ्गल छेउछाउ, सडक किनार नदीनालाको किनार, बौको र खुलाजमिन भूषय क्षेत्र, बाढी पहिरो प्रभावित क्षेत्र आदि ।
विवरण:
यो बहुवर्षीय झाडी वर्गको करिव २ मिटरसम्म अग्लो हुने वनस्पति हो । यो वस्पतिको जरादेखि धेरै सङ्ख्यामा काण्डहरू पलाएर निस्किन्छन् । यसका पातहरू काण्डबाट एक अर्काबाट विपरित दिशाबाट निस्केका हुन्छन र ती पातहरू करिब ५-१८ से.मि. लम्बाई र ३-९ से.मि. चौडाईका त्रिकोणीय आकारका र कराँते किनारा भएका हुन्छन् । फूल सेता र मसिना गुच्चामा फुल्छन् । बिउ मसिना, हलुका, लाम्चो आकारका काला खैरा रङ्गका हुन्छन् । यसका बिउहरू हावा, पानी जनावरहरूको माध्यमबाट अर्को ठाउँमा पुग्दछन् र प्रसारण हुन्छ ।
प्रसारण : बिउ, काण्ड, हाँगाबाट हुन्छ ।
फल फल्ने : फागुन चैत्र ।
फल लाग्ने : चैत्र - आश्विन ।
असर वन जङ्गल, खाली जमिन र सडक छेउछाउमा अधिक मात्रामा फोलाएर अन्य वनस्पति प्रजातिहरूलाई उम्रन र हुर्कनमा अवरोध गर्दछ । यो वनस्पतिले ढाकेको वन क्षेत्रमा अन्य वनस्पतिका बिउहरूको अपने दरलाई घटाउँछ ।
व्यवस्थापन :
फूल फुल्नुभन्दा अगाडि नै उखेलेर माटोमुनी गाइने वा बायोचार बायो ब्रिकेट कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिन्छ वा उखेलेर एकै ठाएँमा राखी नियन्त्रित तवरले डढाउने वा आगो लगाउने ।