बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका फाइदा

मंगलबार, साउन २९ २०८१
15 views
धार्मिक कार्यसँगै औषधीय गुण भएको ‘बेल’ खानुका  फाइदा

समाचार शेयर गर्नुहोस्

Share this news

बेललाई संस्कृतमा  श्री फल पनि  भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो। यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ। पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन्। फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन्। फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन्। फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ। फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्।

यो विरुवा भारतको मौलिक विरुवा मानिन्छ, म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिब ११०० मी. सम्मको उचाई भएका ठाउँहरूमा पाइन्छ। हाल यसको उन्नत जातको विरुवाहरूको खेती गर्ने प्रचलन पनि छ।यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेती प्रति रुचि बढेको छ।यसको जरा आयूर्वेदिक औषधिय पद्धतिमा तयार गरिने “दशमूल”मा प्रयोग गरिन्छ। नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ।

यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट शरवत बनाउने पनि गरिन्छ। बेलको महत्त्व हिन्दु धर्म अंर्तगत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रीको अवसरमा समेत प्रत्यक शिवालयमा प्रसस्त बेलपत्र चढाइन्छ ।

खेती प्रणाली :

हावापानी
समुन्द्र सतहबाट ७००–१००० मिटर उचाईसम्म राम्रोसँग खेती गर्न सकिन्छ । विशेष गरेर शुक्क जलवायु उपयुक्त हुन्छ । यसले तुसारो पनि सहन सक्छ ।

प्रयोग : 
बेलको फल विभिन्न प्रकारका रोगहरुको लागि औषधीको रुपमा उपयोग गरिन्छ । यसको फलमा विभिन्न प्रकारका फाइटोकेमिकल्सहरु पाइन्छ । बेलको फलको गुदो ९एगउि० मा अत्यधिक मात्रामा उर्जा, प्रोटिन, फाइबर विभिन्न प्रकारमा भिटामिन्स र खनिज पाइन्छ । जसले जिवन रक्षकको रुपमा काम गर्छ ।

माटो : 
राम्रो उत्पादन लिनको लागि दोमट माटो उपयुक्त हुन्छ । तर बंजर र खेर गएको जमिनमा पनि बेलको खेती गर्न सकिन्छ । उपयुक्त पि.एच. मा ६.५–७.५ हुन्छ ।

जातहरु : 
१. नरेन्द्र बेल : यो भारतमा विकसित गरिएको जात हो । यसको उचाई मध्यम हुन्छ । वेर्ना रोपेको ४–५ बर्षपछि फल फल्न शुरु हुन्छ । फलको आकार लगभग गोलो र औषत तौल १.५ देखि २ किलोसम्म हुन्छ । प्रति बोट ५०–६० किलो उत्पादन हुन्छ ।

२. नरेन्द्र बेल :  यो जात पनि मध्यम उचाई भएको हुन्छ । तर फलको आकार भने नास्पातिको जस्तो लामो गोलो औषत तौल १.५ देखि २ किलो प्रतिफल हुन्छ । प्रति बोट उत्पादन ४५–५० किलो हुन्छ ।

प्रसारण विधि : 
बेलको प्रसारण सामान्यतया बीउद्धारा गरिन्छ । तर बेललाई वानस्पतिक प्रसारणद्धारा पनि लगाउन सकिन्छ । जराबाट निस्केका जरालाई हाँगालाई काण्डबाट जरा सहित अलग गरेर पनि सार्न सकिन्छ । यस बाहेक Air-layers र Root cutting  बाट पनि प्रसारण गर्न सकिन्छ । 

मलखाद : 
यसको लागि मलखादको सिफारिस गरिएको छैन । तर राम्रो उत्पादन लिनको लागि १०–१५ किलो गोबरमल, ५० ग्राम नाइट्रोजन, २५ ग्राम फसफोरस र ५० ग्राम पोटास प्रति बोट प्रति बर्ष राख्नु पर्दछ । मलखाद बर्षमा २ पटक गरेर दिँदा राम्रो हुन्छ । एक पटक जेठ–असार र अर्को
पटक माघ–फागनमा दिनु पर्दछ ।

सिंचाई : 
बेललाई त्यति धेरै पानीको आवश्यकता पर्दैन । तर राम्रो वृद्धि र विकासको लागि र राम्रो उत्पादनको लागि समय समयमा सिंचाई गर्नु पर्छ । तर पानी जम्न चाँहि दिनु हुदैन ।

झारपात र रोगकिरा नियन्त्रण : 
राम्रो वाली र उत्पादनको लागि जराबाट निस्कने सकर र नचहिने हाँगालाई हटाउनु पर्दछ । झारपात वर्षको अन्तिमा २ पटक उखेल्नु पर्दछ ।
यो वालीमा रोग र किराको आक्रमण निकै कम हुन्छ । तर लेमन वटर फ्लाई, लिफ मईनर तना सड्न (गामोसिस) को अबक्रमण हुन्छ । 

उपयोगिता  : 

पेट दुख्ने रोगमा : बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।
आँउ रगत परेमा : जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।
पित्तको रोगमा : अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।
झाडा पखाला लागेमा : बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा  :  बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

दमको रोगमा :  बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान- बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा :  गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन /  चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्लागर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।बान्ता रोक्न   आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक/ दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा  :  बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ  ।

सन्दर्भ सामाग्री  : डब्लुडब्लुएफ नेपाल , Magazines and wikipedia 

सम्बन्धित विषय

थप समाचार