बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

निलो रंगमा फूल्ने निलो गन्धे

बुधबार, साउन ३० २०८१
11 views
निलो रंगमा फूल्ने निलो गन्धे

समाचार शेयर गर्नुहोस्

Share this news

हामीले आफ्नै घर खेतबारी वरिपरी देखिरहने  निलो गन्धे  (वैज्ञानिक नाम आगेराटम हाउसटोनियानम )  एस्टरेसी परिवार अन्र्तगत पर्ने वनस्पति  हो  । यो एक मिटर सम्म अग्लो हुने एक वर्षीय झारपात वर्गमा पर्ने वनस्पति प्रजाति हो । यसका पात लाम्चो बेलनाकार आकृतिका करीब ७ सेन्टिमिटर सम्म  लामो र २ सेन्टिमिटर सम्म चौडाइ भएका हुन्छन् । फेदतिरको पातको आकृति पानको  पात आकारको हुन्छ र फूल  निलो रंगमा फुल्दछन् । प्राकृतिक वासस्थान यो प्रजाति घाम लाग्ने तर अलि अलि सेपिलो ठाउँमा पाइन्छ ।

भौगोलिक वितरण :  मेक्सिको र  मध्य अमेरिका  क्षेत्रवाट विश्वका अन्य क्षेत्रमा फैलिएको पाइन्छ । नेपालमा समुद्री सतहबाट १५० मिटर देखि १३०० मिटर सम्मको उचाइमा पाइन्छ ।

मुख्य विशेषताहरू: निलो गन्धे  ३०-७० से.मि. सम्म अग्लो हुन्छ। यसका फूलहरु  साना, नरम, डेजी जस्ता, प्राय: नीलो वा बैजनी रंगका हुन्छन्, तर कहिलेकाहीं गुलाबी वा सेतो रंगका पनि हुन्छन्।  रम, कपालयुक्त, र मुटुको आकारका हुन्छन्। यो विशेषगरी  गर्मी देखि शरद ऋतुसम्म फूल्छ।

उपयोगिता : 

यसलाई आलङ्कारिक प्रजातिको रुपमा प्रयोग गर्न सकिन्छ । पातको रस काटिएको ठाउँमा लगाउँदा घाउ सञ्चो हुन्छ ।

Source : वनस्पति विभाग, मिचाहा वनस्पतिहरुको जानकारी , Wikipedia  

सम्बन्धित विषय

थप समाचार