बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पावर टिलर : जानकारी र सञ्चालन विधि

मंगलबार, भदौ ४ २०८१
13 views
पावर टिलर : जानकारी र  सञ्चालन विधि

समाचार शेयर गर्नुहोस्

Share this news

पावर टिलर भन्नाले दुई पाङ्ग्रे हाते सानो ट्रयाक्टर हो । पावर टिलर एउटा यस्तो कृषियन्त्र हो जसद्वारा जमिन जोत्न, माटोलाई मसिनो बनाउन, बीउ छर्न, गोड्न साथसाथै पानी तान्ने, धान गहुँ काट्ने आदि जस्ता काम छिटो, कम लागतमा र कम जनशतिmबाट गर्न सकिन्छ । यसमा चढेर÷बसेर नि चलाउन सकिन्छ ।

पावर टिलरका भागहरु :  डिजल ट्याङ्की, पानी ट्याङ्की, इन्जिन, चेसिस फ्रेम, कन्डेन्सर, साइलेन्सर, एयर फिल्टर, अगाडिको चक्का, गियर बक्स, क्लच लिभर, चेन कभर, एक्सिलेरेटर, पछाडिको चक्का,  सिट, आदि ।

मेशिनका विशेषताहरु : 
- १२ हर्ष पावर देखि २२ हर्ष पावर क्षमता भएको बजारमा उपलब्ध छ ।
- यसमा हाइ र लो गियरहरु साथै ब्याक गियर पनि छ । यसलाई मोड्नलाई दुवै चक्कामा अलग अलग दिइएको क्लच दबाउनुपर्छ र चालक बस्ने सिटमुनिको चक्का पनि घुमाउनुपर्छ ।
- यसबाट जोताइका साथै पानी तान्ने, गोडाइ गर्ने, धान गहुँ काट्ने आदि जस्ता काम गर्न सकिन्छ ।
- यसको तौल ३५० के.जी. देखि ५०० के.जी.सम्म हुन्छ ।
- यसको प्रयोग ठूला र मध्यम फाँटमा गर्न सकिने हुँदा नेपालको तराई भागमा यो उपयुक्त मानिन्छ ।
- यसमा ट्रली जोडेर पनि वस्तु ढुवानी गर्न सकिन्छ ।

कार्य क्षमता : 
- पावर टिलर जडित मकै छर्ने सिड ड्रिल मेशिनद्वारा प्रतिबिघा २ देखि ३ घण्टासम्म समय लाग्दछ ।
- पावर टिलरद्वारा जमिन जोत्न प्रतिबिघा २ घण्टामा सजिलै सकिन्छ ।
- ट्रली जडित पावर टिलरले एक पटकमा २० देखि ३० क्वीन्टलसम्म सामान ढुवानी गर्न सकिन्छ ।
- रिपर जडित पावर टिलरले ५ देखि ८ कठ्ठा ४५ मिनेटदेखि १ घण्टामा सजिलै गहुँ धान काट्न सकिन्छ ।

तुलनात्मक आर्थिक विश्लेषण : 
- पावर टिलर जडित मकै छर्ने सिड ड्रिल मेशिनद्धारा प्रतिबिघा २ देखि ३ घण्टासम्म गर्न रु. १४०० देखि रु. १६०० लाग्छ भने गोरुद्वारा प्रतिबिघा २ देखि ३ दिनसम्म लाग्छ जुन दोब्बर खर्च लाग्छ ।
-  प्रतिघण्टा रु. ८०० रिपर जडित पावर टिलरले ५ देखि ८ कठ्ठा ४५ मिनेट देखि १ घण्टामा सजिलै गहुँ काट्न सकिन्छ भने हातले काट्न १ बिघालाई २ देखि ३ दिनसम्म लाग्छ जुन दोब्बर खर्च लाग्छ ।
- प्रति बिघा जमिन जोत्न प्रतिघण्टा रु. ७००–८०० को दरले २ घण्टामा रु. १४००–१६०० मा सजिलै सकिन्छ । सोही जग्गामा हलोले जोत्न २ दिनसम्म लाग्न सक्छ ।

पावर टिलर सञ्चालन गर्नु भन्दा पूर्वको तयारी : 

-  मोबिल जाँच गर्ने ।
-  डिजल वा पेट्रोल जाँच गर्ने ।
-  पानी ट्याङ्कीमा पानी भर्ने, फलाम तत्व बढी हुने हुनाले सकभर ट्युववेलको पानी नहाल्ने र पोखरी, खोला आदिको सफा पानी प्रयोग गर्ने ।
-  गियर आयल जाँच गर्ने ।
- भी बेल्टको अवस्था हेर्ने (एक इन्च भन्दा धेरै दब्नु हँुदैन) ।
- टायरमा हावाको प्रेसर जाँच गर्ने (१२.५ देखि १५.५) ।
- क्लच, बे्रक र एक्सिलेरेटर जाँच गर्ने ।
- खुकुलो हुन सक्ने नट बोल्ट, पुल्ली, चेन, फाली, पिन आदि जाँच गर्ने ।

पावर टिलर स्टार्ट गरिसकेपछि चलाउँदा ध्यान दिनुपर्ने कुराहरु र सुरक्षाका उपायहरु  : 
-  इन्जिन चलेको अवस्थामा पानी ट्याङ्कीमा पानी नहाल्ने ।
- इन्जिन प्रत्येक ८ घन्टा चलाएपछि डिजेल जाँच गर्ने र फिल्टर प्रयोग गर्ने ।
-  प्रत्येक ३० घन्टा चलाएपछि पुरानो मोविल फालेर नयाँ मोविल लगाउने । (एस.ए.इ.४० ग्रेडको मोविल लगाउने)
- प्रत्येक २०० घन्टा चलाएपछि एयर र फ्युल फिल्टर फेर्ने ।
-  प्रत्येक १५०० घन्टा चलाएपछि इन्जिन पुरै खोलेर चलाउने ।

पावर टिलरलाई थन्क्याएर राख्दा ध्यान दिनुपर्ने कुराहरु : 
- मेसिनमा लागेको फोहर सफा गरेर राख्नुपर्दछ ।
- ट्याङ्कीको तेल बग्ने स्वीचलाई बन्द गरी राख्नुपर्छ ।
- मेसिनलाई सधै न्युट्रलमा राख्ने ।
-  मेसिनलाई सधै छाप्रोमुनि घाम, पानी, धुँवा, धुलो, शित आदिबाट जोगाएर सुख्खा ठाउँमा राख्नुपर्दछ ।

लामो समयसम्म भण्डारण गर्ने भए निम्न कुराहरुमा ध्यान दिनुपर्दछ : 
-  पावर टिलरलाई राम्ररी सफा गरी खिया लाग्न सक्ने पार्टपुर्जाहरुमा तेल, ग्रीज वा मोविल आदिको प्रयोग गरी राख्नुपर्दछ ।
- यसका चक्काहरुमा पूरा हावा भरेर राख्ने जसले गर्दा टायर र ट्युबको नोक्सानी हुनबाट जोगाउँछ ।
-  ट्याङ्कीको तेल पूर्णरुपमा खाली गरेर राख्नु हुँदैन र तेल बन्द गरी राख्नुपर्छ ।
-  प्रत्येक १०–१५ दिनको फरकमा १०–१५ मिनेटसम्म इन्जिनलाई मात्र चलाइराखेमा पावर टिलरको कन्डिसन राम्रो हुन्छ । 

Source : Pmamp 

सम्बन्धित विषय

थप समाचार