ट्रयाक्टर एउटा कृषि यन्त्र हो जसलाई विभिन्न प्रयोजनका लागि बहुउपयोगी साधनको रुपमा लिन्छ । यो कृषि क्षेत्रमा मात्र नभई व्यावसायिक ढङ्गले जस्तै सामानहरु ढुवानी लगायतको निम्ति पनि प्रयोगमा आउँछ । यो मूलत दुई किसिमका हुन्छन् : हाइड्रोलिक र नन हाइड्रोलिक ।
ट्रयाक्टर :
विशेषतः ढिलो गतिमा उच्च भार तान्ने क्षमता दिलाउने गरी निर्माण गरिएको हुन्छ । यसमा स्टिरीङ, पावर युनिट, ट्रान्समिसन युनिट, ड्राइभ युनिट, डिफरियन्सल युनिट आदि हुन्छन् ।
ट्रयाक्टरका विशेषताहरु :
- यो कृषि औजारमा विभिन्न अन्य औजारहरु जस्तैः कल्टिभेटर, डिक्स हेरो, रोटाभेटर, सिड ड्रिल, रिपर, थ्रेसर जस्ता मेशिनलाई जोडेर चलाइन्छ ।
- यो विभिन्न हर्ष पावरमा उपलब्ध हुन्छ ।
- यसमा ट्रलि जोडेर सामानहरु ढुवानी गर्न सकिन्छ ।
- यसबाट अन्य सानो ट्रयाक्टरभन्दा धेरै छिटो र कम मूल्यमा जोत्न, बाली छर्न, बाली काट्न, दाउन, सामानहरु ढुवानी गर्न सकिन्छ ।
ट्रयाक्टरलाई कसरी लामो समय सही कन्डिसनमा राख्ने ?
नयाँ ट्रयाक्टर लिएपछि त्यसलाई राम्रो अवस्थामा राख्न निम्न कुरामा ध्यान दिनुपर्छ :
- ट्रयाक्टरलाई सुरुमा ५० घन्टा चलाएपछि सर्भिसिङ गराउने । यसमा पहिले ट्रयाक्टरलाई राम्रोसँग धुने र इन्जिनमा लाग्ने मोविल फेर्ने । यसको एयर फिल्टर सफा गर्ने, त्यस्तै फ्युल फिल्टरबाट दुषित डिजेल निकाल्ने । हाइड्रोलिक आयल फिल्टर बदल्ने, ट्रान्समिसन आयल र कुलेन्ट जाँचेर कम भए थप्ने । यसको नट बोल्ट, टायर प्रेसर आदि चेक गर्ने ।
- ट्रयाक्टरको दोस्रो सर्भिसिङ २५० घन्टामा वा तीन महिनाभित्र जुन पहिले हुन्छ गर्ने । त्यसपछिका प्रत्येक २५० घन्टामा अन्य सर्भिसिङ गराउने ।
- प्रत्येक दिन : तेल, हावा, नटबोल्ट, कल्च, ब्रेक, ग्रीज, रेडियटरको पानी, मोबिल आदि जाँच गर्ने ।
- प्रत्येक हप्ता |: एयर फिल्टर सफा गर्ने, त्यसको तेल जाँच, एयर कुलिङ सिस्टम सफा गर्ने ।
- २–३ महिनामा : मोबिल फेर्ने, मोविल फिल्टर, फ्युल फिल्टर, हावा फिल्टर, साइलेन्सर पाइप सफा गर्ने ।
- १–२ वर्षमा : आवश्यक परे इन्जिन खोलेर जाँच, नोजल जाँच वा फेर्ने, मोविल र डिजल पम्प सफा गर्ने ।
Source : Pmamp