बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मकै लगाउने चाइनिज सिड ड्रिल मेशिन

मंगलबार, भदौ ४ २०८१
10 views
मकै लगाउने चाइनिज सिड ड्रिल मेशिन

समाचार शेयर गर्नुहोस्

Share this news

यो मेशिन चीनबाट नेपालमा भित्रायाइएको हो । यसलाई चारपाङ्ग्रे ट्रयाक्टरमा जोडेर चलाउन  सकिन्छ । यसका पार्टपुर्जाहरु धातु एवम् प्लाष्टिकबाट बनाइएका छन् । मलखाद राख्ने बाकसको भित्री भाग स्टेनलेस स्टीलले बनेको हुनाले खिया लाग्दैन । साथै बीउ बोक्ने बाकस होचो भागमा हुनाले मकै एकनासले खस्दछ । नेपालमा उपलब्ध यस मेशिनले एक पटकमा तीन लाइन मकै र मलखाद छर्दछ ।

मेशिनका विशेषताहरु : 
- मकै लगायत बोटदेखि बोटको दूरी टाढा हुने अन्य बाली छर्न मिल्ने मेशिन ।
- बीउ र मल (डिएपी) एकैपटक लाइनमा छर्न सकिने ।
- खनजोत गरिएको खेतमा वा विना खनजोत झार नभएको जमिनमा समेत मकै लगाउन सकिने ।
- बीउ र मल (डिएपी) लाई जमिनमा चिस्यानको अवस्थालाई विचार गरी गहिराइ मिलाएर छर्न सकिने ।
- यस मेशिनले बीउ मल छरेको लाइनमा सानो कुलेसो बनाउने हुनाले हिउँदे तथा बसन्ते मकैमा चिस्यान कायम रहन्छ ।
क्षमता :  १ घण्टामा करिव १५ कठ्ठा देखि १ बिघा छर्ने ।

आर्थिक फाइदा : 
- यही काम हल गोरुबाट गराउँदा रु. ५५००–६००० (३ हलगोरु र २ बीउ हाल्ने ज्यामी) लाग्छ र मान्छेले लाइनमा लगाउँदा १० जना लाग्छ ।
- मेशिनबाट सस्तो र छिटो हुन्छ । जसले गर्दा खेती लागत घट्न जान्छ ।

Source : Pmamp , Khumaltar 

सम्बन्धित विषय

थप समाचार