एकैसाथ सुकेको मकैको घोगालाई नङ्ग्याएर अनि छोडाउने ट्रयाक्टर जडित कृषि यन्त्रलाई ठूलो मकै नङ्ग्याएर छोडाउने मेशिन भनिन्छ । यो मेशिनद्वारा एकै पटकमा नङ्ग्याउने र छोडाउने हुँदा कम समयमा नै धेरै काम गर्ने हुदाँ किसानहरुले मन पराएका छन् ।
मेशिनका मुख्य भागहरु : होपर, ड्रम, ड्रमभित्र बिटर, घोगा छान्ने जाली, सिभिङ् जाली, खोसेला निकाल्ने प्यान वा ब्लोवर, पुल्ली, बेल्ट, खोसेला घोगा फाल्ने आउटलेट आदि ।
मेशिनका विशेषताहरु :
- एकैसाथ सुकेको मकैको घोगाालाई नङ्ग्याएर अनि छोडाउने ।
- ३५ हर्ष पावर भन्दा बढी क्षमताको चारचक्के ट्रयाक्टरमा जोडेर चलाउन सकिने ।
- कम मजदुर भए पुग्ने ।
- मेशिन सस्तो र छिटो हुन्छ ।
- ट्रयाक्टरमा जोडेर चलाउन सकिने ।
- मकैको लागि धेरै नै उपयोगी छ भने मकैको दानामा कुनै असर हुन्न ।
- यस मेसिनले राम्रो दाना, नराम्रो दाना, घोगा, खोसेला अलग्गै निकाल्छ ।
क्षमता :
- प्रति घण्टा ४५ देखि ५० क्विन्टल (दाना मात्र) सम्म मकै छोडाउन सकिन्छ ।
तलनात्मक आर्थिक विश्लेषण
- यस मेशिनद्वारा प्रतिघण्टा रु. १४००÷– को दरमा ४५ देखि ५० क्वीन्टलसम्म मकैको घोगालाई छोडाउन सकिन्छ जुन सोही परिमाण हातले २ देखि ३ जनाले ७ दिनमा प्रतिदिन रु. ५००÷– को
दरमा रु. १०,५००÷– मा सकिन्छ ।
आउन सक्ने समस्याहरु
- दिएको जालीबाट तल छिरेर राम्रोसँग दाना विनाको घोगा छान्दैन वा मेशिनमै अड्किन्छ ।
- सिभिङ् जाली र घोगा छान्ने जालीको नट राम्रोसँग टाइट नभएर राम्रोसँग दाना निस्केको घोगा (खोइला) छान्दैन ।
- ट्रयाक्टरमा जोड्ने साफ्टको दाँती दुवैतिर एकै साइजको हुनुपर्दछ नभए मेशिन चल्न सक्दैन ।
- राम्रोसँग नसुकेको मकैलाई राम्रोसँग छोडाउन सक्दैन ।
गर्नुपर्ने कामहरु
- ट्रयाक्टर न्युट्रलमा हुनुपर्दछ ।
- ट्रयाक्टर धेरै गतिमा चलाउनु हुँदैन ।
- मकै सुकेको हुनुपर्दछ ।
- मेशिन र ट्रयाक्टरको आर.पि.एम. हेरेर मेशिनको पुल्ली परिवर्तन गर्नु आवश्यक पर्दछ ।
- सिभिङ जाली र घोगा छान्ने जालीको नट राम्रो सँग टाइट गर्नुपर्दछ ।
- सिभिङ जाली र घोगा छान्ने जालीको गतिमा परिवर्तन गर्न पुल्लीको छेउको एडजस्टलाई तल–माथि गर्नुपर्दछ ।
- मेसिन किनेको सुरुमा फलाम दानासँगै आउने हुँदा धेरै पटक केलाउनुपर्दछ ।
Source : Pmamp, Khumaltar