बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मकै छोडाउने ट्रयाक्टर जडित मेशिन

मंगलबार, भदौ ४ २०८१
13 views
मकै छोडाउने ट्रयाक्टर जडित मेशिन

समाचार शेयर गर्नुहोस्

Share this news

यो ट्रयाक्टरको पावरलाई पिटिओ साफ्टद्वारा मेशिनको पुल्लीलाई घुमाएर मकैलाई छोडाउने ट्रयाक्टर जडित कृषियन्त्र हो । यो मेशिनद्वारा थोरै समय अवधिमा धेरै काम गर्ने मात्र नभई खर्च र मजदुरीलाई कम गराउँदछ ।

मेशिनका विशेषताहरु : 
-यो मेशिनले मकैको घोगाबाट दाना निकाल्दछ ।
- यसले मकैको घोगा र दानालाई अलग्गै निकाल्छ ।
- २५ देखि ३५ हर्ष पावरभन्दा बढी क्षमताको चारचक्के ट्रयाक्टरमा जोडेर चलाउन सकिने ।
- मेशिन सस्तो र छिटो हुन्छ ।
-  २ देखि ३ जनाले सजिलै गर्न सकिन्छ ।

क्षमता : 
-  १ घण्टामा सजिलै २० देखि २५ क्वीन्टलसम्म मकै छोडाउन सकिन्छ ।

तुलनात्मक आर्थिक विश्लेषण : 
-  यस मेशिनद्वारा प्रतिघण्टा रु. १५००÷– को दरमा २० देखि २५ क्वीन्टलसम्म मकै छोडाउन सकिन्छ, जुन सोही परिमाण हातले २ देखि ३ जनाले ४–५ दिनमा प्रतिदिन रु. ५००/ – को दरमा
रु. ६०००/ – मा सकिन्छ ।

आउन सक्ने समस्याहरु : 
-ट्रयाक्टरको गति धेरै भएमा पुल्लीको बेल्ट निस्कने, टुट्ने हुन्छ ।
- मकैको दाना टुक्र्याउने समस्या ।

गर्नुपर्ने कामहरु : 
-ट्रयाक्टर न्युट्रलमा हुनुपर्दछ ।
- ट्रयाक्टर धेरै गतिमा चलाउनु हुँदैन ।
- मकै सुकेको हुनुपर्दछ ।
-  मेशिन र ट्रयाक्टरको आरपिएम हेरेर मेशिनको पुल्ली परिवर्तन गर्नु आवश्यक पर्दछ ।
-  सिभिङ जाली र घोगा छान्ने जालीको नट राम्रोसँग टाइट गर्नुपर्दछ ।
-  सिभिङ जाली र घोगा छान्ने जालीको गतिमा परिवर्तन गर्न पुल्लीको छेउको एडजस्टलाई तल माथि गर्नुपर्दछ ।

Source : Pmamp , Booklet 

सम्बन्धित विषय

थप समाचार