बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चितु

सोमबार, कात्तिक १९ २०८१
11 views
चितु

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

चितु  धेरै हागा हुने २ मी सम्म उचाई हुने सदाबहार झाडी प्रजातिको बनस्पति हो। यसको डाँठ कडा, फैलिएको, गोलो र गैरहित हुन्छ। पात ३८ ७५ से.मी लामो र २.२३८ से मी चौडा हुन्छ। सेता देखि हल्का निलो फूलहरूमा स-साना काडा भएको हुन्छ। फलमा एक प्रकारको गम जस्तै पदार्थ हुन्छ, जसले गर्दा तिनीहरू कहींपनि अडिने खालको हुन्छ ।

उपलब्धताः

चितु  उष्ण र उपोष्ण हावापानीमा हुने बिरुवा हो। तराई तथा तल्लो पहाडी क्षेत्रमा समुन्द्र सतहबाट ६० - १३०० मी सम्मको उचाईमा प्राक्तिक रूपमा पाइन्छ। कणांनी प्रदेशका निम्न स्थानहरूमा चित् पाइने अभिलेख रहेको छ सुर्खेत, सल्यान ।

संकलन समयः

यस विरुवा को जरा वर्ष भरि सकलन गर्न सकिन्द्र।

व्यापारमा आउने माग र यसबारे सामान्य जानकारीः

यसको जरा र सुकेको डाँठको व्यापार हुन्छ। यसको सुकेको डांठ ०३-०७ से.मी मोटो, हरियो-सीरो रगको, बीच बीचमा गांठो भएको, गांठीको बीचमा बेलनाकार तल देखि माथि सम्म लामा देखा परेको हुन्छ। गांठीमा पातका फेद कल्लाजस्तो भाएर रहेको हुन्छ। डांठ टुकाउँदा भित्र कपास जस्तो सेतो कमलो गुदि भएको हुन्छ ।

प्रयोगः

स्थानीयः यसको जराको धुलो पाचन सुधार, दात दुखाइ, पाइल्स र पखाला को उपचार गर्न पनि प्रयोग गरिन्छ । नाकबाट रगत आउने समस्या रोक्नका लागि २ ग्रामजति चित्‌को जरालाई महमा मिसाएर खाने गरिन्छ।

आयुर्वेदः  जरा र पात को चिया पाचन, पेट दुखाई र ग्यास्ट्रिक समस्या उपचार गर्न प्रयोग गरिन्छ । सम्पूर्ण बिरुवाको आधा चम्चा धुलो दिनको दुई पटक पखला, आँउ, ज्वरो तथा पेट दुखाईको लागि एक कप दुधको साथ लिदा फाईदाजनक हुन्छ ।

उत्पादन र बजारः

चितुको औषत व्यापारिक परिमाणको यकिन छैन तर २०७७ सालमा कर्णालीबाट चितु प्रति किलो अनुमानित रु ६० - ८० (संकलनले पाउने मुल्य) मा विक्री भएको थियो ।

संरक्षणको अवस्थाः

चित् हाल नेपालमा कुनै पनि संरक्षण सूचीमा परेको छैन ।

Source : कर्णाली प्रदेशमा रहेका  व्यापारीक मह्त्वका जडिबुटिहरुको पहिचान पुस्तिका 

सम्बन्धित विषय

थप समाचार